गजल – जिन्दगीलाई तार्नु पनि छ

355
Friendship Mobile

कोरोनाको भेलमा जिन्दगीलाई तार्नु पनि छ
खातैखातका ति समस्याहरुलाइ टार्नु पनि छ ।

हरेक दिन आउने साँझ, बिहानलाइ फकाउँदै
संयमता, धैर्यता र समझदारीले नै सार्नु पनि छ ।

बुझ्दैछु म जीवन र कुमालेको चक्र रहेछ उस्तै
जितैजित होइन जिवन जितेपछि हार्नु पनि छ ।

होइन रहेछ जीत र हारको खेल अस्वाभाविक
छरिएर बिग्रीएका पाटाहरुलाइ सपार्नु पनि छ ।

अधैर्यतालाइ काबुमा राखेर हतोत्साही नभई
चुनौतीपूर्ण बिश्वासका ताराहरु झार्नु पनि छ ।

गङ्गा दाहाल
महालक्ष्मी नगर पालिका – २, ललितपुर नेपाल ।