कोरोनाबाट २४ घण्टामा १७ जनाको मृत्यु

282
Friendship Mobile

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्‍न जिल्लामा गरी कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा संक्रमित भने २ हजार १०३ जना थपिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७६७ जना क्‍वारेन्टाइनमा रहेका छन् ।