छठको तेश्रो दिन रौतहटको पुरानो बजार कटहरिया बजारमा किनमेल गर्नेको घुइँचो

353
Friendship Mobile

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको आज बिशेष दिन रहेको छ । आज अस्ताउँदो सुर्यलाई अघ्र्य दिइँदै छ ।

यसै शिलशिलामा रौतहटको सबैभन्दा पुरानो बजार कटहरिया बजारमा किनमेल गर्नेको बिहानै देखि भिडभाड बढेको छ । ब्रतालुहरु बिहानै देखि छठ पुजाको समान खरिद गर्नका लागी कटहरिया बजारमा पुगेका हुन । जिल्लाका अन्य ठाउँमा पनी बजार लाग्ने गरेको भएता पनी सस्तोमा समान पाईने भएका कारण यहाँ ग्राहकको भिड लाग्ने गरेको जानकारहरु बताउँछन ।

यहाँ छिमेकी जिल्लाबाट समेत किनमेलका लागी ग्राहकहरु आउने गरेका छन । जिल्लाकै पुरानो बजारमा ग्राहकको रुचि अनुसारको समान र दाम सस्तो रहेकै कारण ग्राहकको यहाँ भिड लाग्ने गरेको हो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बिहिवार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।