अलकायदाका प्रमुख जवाहिरीको मृत्यु भएको दाबी

222
Friendship Mobile

विश्वकै सबैभन्दा खतरनाक संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ ।

अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ ।

पाकिस्तान र अफगानिस्तानका श्रोतहरुलाई उदृत गर्दै नेता जवाहिरीको मृत्यु भएको समाचार अरब न्युजले प्रकाशित गरेको छ । अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए ।

अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २५० मिलियनको पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सो संगठनको प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए ।

उनी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए ।