फेसबुक, टिकटक र पब्जीबाट अब सर्जकलाइ रोयल्टी, १५० भन्दा बढी च्यानलमा गीत राख्ने सुविधा

541
Friendship Mobile

नेपाली कलाकार, सर्जक तथा निर्माताले आफ्ना गीत संगीत अब १५० भन्दा बढी स्टोरमा राख्न सक्ने भएका छन् । यसका लागि मनाेरञ्जन क्षेत्रमा काम गरिरहेकाे नेप्सिने कम्पनीले विश्वका लाेकप्रिय डिजिटल च्यालनहरूमा म्युजिक राख्ने सुविधा ल्याएको छ ।

कम्पनीले हालै फ्ल्यागशिप डिजिटल म्युजिक डिस्ट्रब्युसन प्लेटफर्म ‘नेप्सिने रिभोलुसन’ सार्वजनिक गरेकाे छ । याेसँगै नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेशी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएकाे कम्पनीले जनाएकाे छ ।

‘नेप्सिने रिभोलुसन’ ले स्पोटिफाई, अमेजन म्युजिक, एप्पल म्युजिक, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढी म्युजिक स्ट्रिमिङ र म्युजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने सुविधा दिएकाे छ । यो कार्यले नेपाली कलाकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीकाे छ ।

साथै यस प्लेटफर्मकाे राइट्स म्यानेजमेन्ट फिचर प्रयाेग गरी सर्जक तथा निर्माताले फेसबुक, इन्स्टाग्राम, टिकटक, पब्जी जस्ता साेसल मिडिया र गेभ स्ट्रिमिङ सर्भिसमा प्रयाेग हुने सिर्जनाबाट सिधै रोयल्टी संकलन गर्न सक्नेछन् ।

यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।