वीरगञ्जको ब्रिटानिया नेपालमा कार्यरत मजदुर आन्दोलीत, मजदुर माथी प्रहरिको लाठि चार्ज

477
Friendship Mobile

वीरगंजको एक उद्योगमा कार्यरत मजदुरको आन्दोलनमा प्रहरीले मजदुरमाथि लाठीचार्ज गरेको छ ।

पर्साको बिरगंज लिपनी बिर्तामा रहेको ब्रीटानिया नेपाल प्रा.लि.मा कार्यरत मजदुर आन्दोलित भएपछि प्रहरिले लाठिचार्ज गरेको हो । मजदुरले ज्यादत्ती गरेको भन्दै उद्योगले स्थायी मजदुर निस्कासन गरेपछि मजदुरले केहीबेर बिरगंज पथलैया सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरेका थिए ।

बिरगंज बिर्ता वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश राजपुरीको कमाण्डमा गएको टोलीले मजदुरले बन्द गरेको बाटो खोलीएको र बाटो बन्द गर्ने ३ जना मजदुर पक्राउ गरिएको प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

यता उद्योगीको निर्देशन तथा मिलेमतोमा प्रहरिले पिडित मजदुर माथी लाठि प्रहार गरेको सम्बद्ध श्रोतको बुझाई छ ।

घटनाको सम्बन्धमा बिरगंज महानगरपालिका वडा २३ का वडा अध्यक्ष हविव मिँयाले मजदुरमाथि निर्मम लाठीचार्ज हुनु दुःखद भएको भन्दै घटनाको भत्र्सना गरेका छन ।

यस सम्बन्धमा उद्योगका ब्यवस्थापन बिनोद शाहसँग बुझ्न खोज्दा उनी बोल्न नचाहेको मनोज शाहले बाराको जितपुरबाट लेखेका छन ।