११ बर्षिय बालीकालाई जबरजस्ति गरि भागेका यादव ४ बर्षपछि पक्राउ

338
Friendship Mobile

रौतहटमा करणी मुद्दामा फरार प्रतिवादी ४ बर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन ।

रौतहटको बृन्दावन नगरपालिकाकोे वडा नम्बर ४ का ३२ बर्षिय नागेश्वर राय यादव फरार भएको ४ बर्षपछि पक्राउ परेका हुन । यादवले सोेही वडाकी ११ बर्षिय बालिकालाई २०७३ साल फाल्गुन ९ गते दिउसो जबरजस्ति करणी गरेका थिए ।

बिशेष सुचनाका आधारमा यादवलाई ईलाका प्रहरी कार्यालय समनपुर रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादवलाई रौतहटको गढीमाई न.पा.वडा नं.१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना६४प ४५०३ नं.को १५० सि.सि.को पल्सर मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

पक्राउ परेका राय यादवलाई सोमबार रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।