चन्द्रपुर गरपालिका भित्रका अपाङगता भएका ब्यक्तिहरुलाई राहत बितरण

286
Friendship Mobile

रौतहटको चन्द्रपुर नगरपालिकाभित्रका अपाङगता भएका ब्यक्तिहरुलाई मङ्गलबार राहत बितरण गरिएको छ ।

चन्द्रपुर नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत सामग्री बितरण गरिएको हो । रौतहटको चन्द्रपुर नगरपालिका भित्रका अपाङ्ग तथा दृष्टिविहिन ५० जनालाई प्रति ब्यक्ति २० किलो चामलका साथमा दाल, सावुन, नुन, तेल लगायतका खाद्यान्न सामग्री बितरण गरिएको लाइन्स क्लव इन्टरनेशनलले जनाएको छ ।

कोरोना संकटले आम नागरिकहरुको जीवनमा समेत संकट पैदा भएको समयमा चन्द्रपुर नगर क्षेत्रभित्रका अपाङगता भएका नागरिकहरुमा सहजता पुग्ने उद्देश्यका साथ सो राहत बितरण गरिएको जनाइएको छ ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी , उपप्रमुख रामरति चौधरी लगायत कर्मचारी तथा जनप्रतिनिधिहरुका साथै नगरका अपाङ्ग तथा दृष्टिविहित नागरिकहरुको सहभागीता रहेको थियो ।