निलगाईले बाली नालीमा क्षति पु¥याउन थालेपछि रौतहटका किसान मर्कामा

495
Friendship Mobile

निलगाईको कारण रौतहटका सैयौं किशान कठिनाईमा परेका छन । बर्षभरी मिहिनेत गरी खेतमा लगाईएको बाली नाली निलगाईले सखाप पारीरहेकाले जिल्लाका हजारौं किशान समस्यामा परेका हुन ।

जिल्लाको फतुुआ बिजयपुर, कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिका अन्तरगतका किशानहरु निलगाईको बढदो बथानको कारण ठुुलो मारमा परेका छन । निलगाईले जिल्लाको उतरीभेग भसेढवा, झौआ, कटहरिया, बुनियाद, लक्षमिनिया, फतुुआ, हर्षाहा, गमहरिया, मयार्दपुर, कर्कच कर्मैया लगायतका गाँउका किशानहरुले खेतमा लगाएको अनेकौ बालीमा ठुलो क्षती पु¥याईरहेको पिडित किशानहरुले बताएका छन ।

उतरतर्फ बनक्षेत्र र दक्षिणमा भारतिय सिमाना सम्म लालबकैया नदीको दुुबै किनारमा रहेका काँसघारीमा दिनभरी ठुलो संख्यामा निलगाईहरु लुुकेर बस्ने गर्दछन । साँझ पर्ना साथ किशानले लगाएको धान, मकै, उँखु, केरा, रहर लगायतका बालीमा पस्ने निलगाईले किसानलाई दुःख दिएको किसानहरुले बताएका छन ।

निलगाईको क्षती बाट आफनो बाली जोगान नदी किनारका दर्जनौ किशानहरु खेतमै बसेर रातभरी टिन बजाएर बस्ने गरेका छन । कतिपय किशानले निलगाईलाई धपाउन राती राती पटका समेत पडकाउने गरेका छन ।

निलगाईको हत्या कानुुनी अपराध भएको जिल्ला बन कार्यालय रौतहटले बताएको छ । निल गाइ नियन्त्रणको लागि नगरपालिका सहित सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको किसानहरुले बताएका छन ।