बर्दिवास घटनामा ज्यान गुमाएकी बालीका खातुन र न्यौपानेको आत्माको चिर शान्तीको कामना गर्दै बरहथवामा दिप प्रज्वलन

619
Friendship Mobile

मंसिर ८ गत्ते बलात्कार पछि हत्या गरिएकी बालीका तथा उनको हत्याको निश्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रीएका ब्यक्तिको ज्यान गएपछि उनिहरुको आत्माको चिर शान्तीको कामना गर्दै बिहिवार साँझ सर्लाहीको बरहथवामा दिप प्रज्वलन गरिएको छ ।

बलात्कार पछि हत्या गरिएकी ६ बर्षिय बालीका गुलाव साह खातुन र उनको हत्याको निश्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा सहभागी हुने क्रममा प्रहरिको गोली लागी ज्यान गुमाएका बुद्धिराज न्यौपाने ‘सञ्जय’को आत्माको चिरशान्तिको कामना गर्दै दुःखको घडिमा शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै सर्लाही युवा सञ्जालले बरहथवामा साँझ दिप प्रज्वलन गरेको हो ।

साथै सञ्जालले दोषिलाई कडा कारवाहीको समेत माग गरेको छ ।


दिप प्रज्वलनस्थलमा ‘भागनारायण गुप्ता’ले कैद गर्नुभएको तश्विर (फोटोफिचर)