तातोपानी पिउनुको फाईदै फाईदा, निर्मुल पार्न सक्छन यस्ता बिभिन्न स्वास्थ्य समस्या

248
Friendship Mobile

आयुर्वेदका अनुसार बिहान तातो पानी पिउनाले अधिक भन्दा अधिक फाईदा हुन्छ । त्यसो त स्वस्थ्य रहनको लागि दिनहुँ ७–८ ग्लास पानी पिउनु जरुरी हुन्छ । तर जाडो मौसममा १–२ ग्लास तातो पनि पिए पनि कयौं स्वास्थ्य सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

यदी तपाईलाई छाला सम्बन्धी समस्याले हैरान पारेको छ भने विभिन्न किसिमका औषधिहरु प्रयोग गर्दा समेत ठीक हुन सकेको छैन भने पनि दिनहुँ एक गिलास तातो पानी पिउन शुरु गर्नुहोस् । तपाईलाई छालासम्बन्धी समस्या कम हुँदै जानेछ । महिलाहरूको लागि महिनावारीमा हुने पेट दुख्ने गर्दछ भने पनि यसरी दुखेको बेलामा तातोपानी पिउने गर्नाले आनन्दको अनुभूति हुन्छ । तातो पिउनाले शरीरका विषालु तत्वहरू बाहिर निस्कन्छ ।

खाना पछि र रातको अन्त अर्थात बिहान सबेरै तातो पानी पिउने गर्नाले पेट सम्बन्धी धेरै समस्या, कब्जीयत, ग्याष्ट्रिक सम्बन्धी समस्या निर्मूल भएर जानेछ । भोक नलाग्ने समस्या बढेमा दिनमा एक ग्लास पानी औषधि समान हुन्छ । एक गिलास तातो पानीमा एउटा कागतीको रस र कालो मरिच र नुन मिसाएर पिउनाले पेट भारी हुने र भोक नलाग्ने समस्या निर्मूल हुनेछ र शरीरलाई आराम मिल्नेछ ।

खाली पेटमा तातो पानी पिउनाले पनि पिसाब सम्बन्धि रोग निर्मूल हुँदै जान्छ । मुटु दुख्नेहरुका लागि पनि यो लाभदायक हुन्छ । बाथबाट हने रोगका लागि पनि तातोपानी अमृत समान नै हुन्छ । तातो पानी नियमित पिउनाले रगत संचालनमा तिब्र हुन्छ । खासगरी तातोपानी पिउनाले शरीरको तापक्रम पनि बढ्दै जान्छ । पसिनाको माध्यमले शरीरको सबै विषालु तत्वहरु बाहिरिन्छन । शरीर तन्दरुस्त हुन्छ ।

चरक संहिताका अनुसार ज्वरोमा प्यास लाग्दा बिरामीले चिसो पानी पिउनु हुँदैन । तातो पानी नै पिउनु लाभदायक हुन्छ । यदी ग्याष्टिकको कारण शरीरको कुनै भागमा दुःखी रहेको छ भने एक ग्लास पानी पिउनलाले ग्यास बाहिरिन्छ त्यसपछि शरीरलाई आराम मिल्छ । अधिकांश पेटका समस्या दूषित पानीकै कारण हुन्छन् ।

यदी पानीलाई उमालेर मन तातो बनाई खायो भने पेट सम्बन्धी अधिकांश रोग हट्दै जानेछन् । यसले शक्ति संचार हुन्छ । कफ र सर्दी सम्बन्धि रोगहरु बिस्तारै हट्दै जान्छ । दम, खोकी आदि जस्ता रोग एवम् तारेका खानेकुरा खाएपछि तातोपानी पिउनाले पनि फाइदा हुन्छ । बिहान खाली पेटमा एक गिलास तातो पानीमा एक कागती मिलाएर पिउनाले शरीरलाई भिटामिन प्राप्त हुन्छ । तातो पानी र कागतीको मिसावटले शरीरको प्रतिरक्षा तन्त्रलाई बलियो बनाउँछ ।

साथै अन्य विभिन्न प्रकारका फाइदा हुन्छ । दिनहुँ एक ग्लास तातोपानी पिउनाले टाउकोको लागि राम्रो टनिकको रुपमा काम गर्छ । टाउकोलाई स्केल्पको हाईड्रेट गरिदिन्छ । जसले गर्दा स्केल्प सुख्खा हुने समस्या समाधान हुन्छ । तौल घटाउनु परेमा पनि तातो पानीले एकदम मद्दत गर्दछ । खाना खानु एकघण्टा पछि तातो पानी पिउनाले शरीरमा मेटाब्लिजम बढ्दै जान्छ । यदी तातो पानीमा थोरै कागती र महको रस मिलाएर खानु भयो भने शरीरको तौल पनि कम हुँदै जान्छ ।

हर समय जबान देखिन होस् या शरीरलाई तन्दुरुस्त बनाई राख्न होस मानिसको लागि तातोपानीले औषधिको भूमिका निर्वाह गर्दछ ।