कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

298
Friendship Mobile

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । सङ्क्रमितमध्ये दुई लाख १२ हजार ५९० सङ्क्रमणमुक्त भएका छन् । आज १४०४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ हजार ९०९ सक्रिय सङ्क्रमित रहेका छन् ।