पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मृत्यु

503
Friendship Mobile

पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार, १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म १ हजार ५ सय ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै १ हजार ७ सय ५२ जना संक्रमितले कोरोना भाइरससँगको लडाईं जितेका छन् । हालसम्म कोरोना जित्नेहरूको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ ।