चोरिमा संलग्न भएको आरोपमा दुई भारतीयलाई रौतहट प्रहरीले पक्रीयो

222
Friendship Mobile

प्रहरीले दुई जना भारतिय चोरलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको विर्ता बजारमा रहेको एक सपलमा चोरी गरी भाग्ने क्रममा भारत विहारको सितामढी जिल्लाको पोष्ट गम्हरिया भटा बढहवी थाना सुपी ग्राम रामनगरा वडा नं.६ का पवन साहको १९ वर्षिय छोरा मुन्ना साह सोनी र अर्को १४ वर्षको एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले दुवै चोरलाई रु ५ लाख नगद सहित पक्राउ गरेको हो ।

गत मंसिर १९ गते साँझ ५ बजेको समयमा जिल्लाको गरुडा नगरपालिका वडा नं.८ बहुअरी घर भई हाल बिर्ता चोक बस्ने २६ वर्षिय पप्पु साहले बिर्ता चोक स्थित सञ्चालन गरेको कुन्ती हार्डवेयर पसलमा रु ५ लाखको सामान चोरी गरी भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाले लखेटेर दुवै जना चोरलाई पक्राउ गर्न सफल भएको छ । उक्त पसलमा सामान खरिद गर्न गएको बेला दुवै जनाले ५ लाख बरावरको सामान चोरी गरी भारतिय हिरोहोण्डा मोटरसाइकलमा चढेर दक्षिणतरि भाग्न लागेको अवस्थामा प्राप्त भएको सुचना अनुसार इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नयाव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा तत्कालै खटेको प्रहरी टोलीले लखेटेर दुवै जना चोरलाई पक्राउ गरेको हो ।

मोटरसाइकल सहित पक्राउ परेका दुवै जनाको शरीर खानतलासी गर्दा निजहरुको साथबाट रु पचास हजार रुपैया नगद बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ । चोरीमा संलग्न एक जना अझै फरार रहेकोमा उनको खोज तलास भईरहेको र पक्राउ परेका दुवै जनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको डिएसपी रावलले जानकारी दिनुभयो ।

पछिलो समय गरुडा प्रहरीका डिएसपी रवि रावलको सक्रियातामा गलत क्रियाकलाप गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन । डिएसपी रवि रावल गरुडा प्रहरीको कमाण्ड सम्हालेदेखी नै लगातार चोरी पैठारी, हत्या, हिंसा, बलात्कार, चोरी तस्करी लगाएत अपराधिक गतिविधि गर्नेहरुलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन सफल भएका छन ।

डिएसपी रावलले गरुडामा आएदेखी अहिलेसम्मद गलत क्रियाकलाप गर्ने दर्जनौ व्यक्तिलाई पक्राउ गरी कार्यवाहीको दायरमा ल्याई एक सफल प्रहरी अधिकृतको कर्तव्य र जिम्मेवारी निर्वाह गर्न सफल हुनुभएको छ ।