‘मेरो शरिर मेरो अधिकार, बलात्कार बन्द गर’ भन्दै कटकरियामा सोमबार गरियो ¥याली तथा दिप प्रज्वलन

361
Friendship Mobile

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार रौतहटको कटहरिया नगरपालीकामा ¥याली तथा दिप प्रज्वलन गरिएको छ ।

ईस्लामिक रिलिफ युएसएको आर्थीक सहयोग, ईस्लामिक रिलिफ नेपालको प्राबिधिक सहयोग तथा ग्रामिण बिकास केन्द्र आरडिसि नेपालको आयोजना र कटहरिया नगरपालीकाको संयोजनमा लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार दिउँसो कटहरिया नगरपालीकामा कार्यक्रम गरिएको हो ।

नगरपालीकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा गठित बाल संरक्षण समितीका पदाधिकारिहरु, कटहरिया मा.बि.र त्रिशक्ति बोर्डिङ स्कुलका बिद्यार्थी, नगरपालीकाका मेयर शियाराम कुसवाह, उपमेयर नुरजहाँ खातुन तथा कार्यपालीका सदस्यहरु सँगै नेपाल पुलीस, शसस्त्र तथा जिल्लामा रहेको महिलासेल समेतको सहभागीतामा सोमबार दिउँसो ¥याली गरिएको हो । सो ¥याली कटहरिया नगरपालीकाबाट सुरु भई, बहादुरपुर, बलिरामपुर समेतको परिक्रमा पश्चात तराई मधेस प्रतिष्ठानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमको उपमेयर खातुनले अध्यक्षता गर्नुभएको थियो भने मेयर कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि सशस्त्र प्रहरि बल दुधियाभारका ईन्स्पेक्टर चामन नारायण महतो, ईलाका प्रहरि कार्यालय कटहरियाका सई लतिफ अन्सारि, महिला तथा बालबालीका सेलकी फुलमाया, आरडिसि प्रमुख पारस हुसेन, ममता झा, फिरोज लगाएतको आतिथ्यता रहेको थियो ।

त्यसैगरि साँझ कटहरिया बजारस्थित बिवाहमण्डप अगाडि दिप प्रज्वलन गरिएको छ । नगरपालीकाकी उप–प्रमुख नुरजहाँ खातुनले पहिलो मैन बत्ति बालेर दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवशरमा समाज सेवी यूवा नेता नसरूदिन अन्सारी, वडा अध्यक्षहरु हरिभजन साह, ननदलाल हजरा, सुखल राय, समाज सेवी रविरञ्जन यादव लगाएत स्थानिय भद्रभलाद्मी तथा सचेत बर्गले मैनबत्ति बालेर सहभागीता जनाएका थिए ।