लाखौं दाइजो लिने प्रथालाई चुनौती : लेखाअधिकृतले गरे आदर्श विवाह

2,386
Friendship Mobile
  • राधेश्याम कुशवाह, सर्लाही ।

तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथाको भाईरसलाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन।

सुनसरीको ईनर्वा नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत अशोक मेहताले सर्लाहीको गोडैता नगरापलिका ३ निवासी पूजा कुमारी कुशवाह सँग आदर्श विवाह गरेका हुन । सदरमुकाम मंलगवामा एक समारोहका बिच दुलहा मेहता र दुलही कुशवाह हिन्दू परम्पराअनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन।

सर्लाही गोडैता नगरपालिका वार्ड नं. ३ (हाल मलंगवा नगरपालिका वार्ड नं ९) निवासी राजिनन्द महतो र इन्द्रा कुशवाहा को दोस्रो सन्तानको रूपमा जन्मिएकी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वार्ड नं. २ देवानगंज निवासी विन्दा देवी मेहता र हरिलाल मेहताको चौथो सन्तानको रूपमा जन्मिएका अशोक मेहता बैवाहिक बन्धनमा बाँधिएका हुन । मधेसमा जकडिएर रहेको दाइजो प्रथालाई निर्मुल पार्न र समाजलाई आदर्श समाजको रुपमा रुपान्तरण गर्न दाईजो प्रथा जस्तो विकृतिलाई निरुत्साहित गर्नु आवश्यकता रहेको कारण आफूले विना दाईजो बिहे गरेको लेखाअधिकृत मेहताले बताए। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसमा दाईजो प्रथा मौलाउँदै जानु र शिक्षित, पढेलेखेका यूवाले नै दाईजो प्रथालाई प्रोत्साहित गर्नु दुर्भाग्य रहेको बताउँदै यस्ता समाजि विकृति र विसंगतिलाई निमूल पार्नका लागि यूवाहरुले नै भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

मधेसमा विपन्न देखि सम्पन्न परिवारिक पृष्ठभूमि भएका युवाले नै विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको मोटो दहेज मागले समाज अक्रान्त बनिरहेको बेला निजामती सेवा राजपत्रांकित तृतीय श्रेणी इनर्वा नगरपालिकाका लेखा अधिकृत पदमा कार्यरत ज्वाई अशोक मेहताले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश गएको दुलहीका मामा सुनिल कुमार कुशवाहाले बताए। यो आदर्श विवाहसँगै मेरो परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्न हामीले आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका छौं भन्दै यसलाई निकट भविष्यमा पनि निरन्तरता दिने प्रयासमा रहने उनको भनाई छ ।

सरकारले दाईजो प्रथा अन्त्यका लागि विभिन्न कानुन ल्याएपनि मधेसमा दाईजो प्रथामा थोरै पनि कमि हुन सकेको छैन। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसी समाजमा पढेलेखेका र जागिरे भएका यूवाहरुबाट नै मोटो दाईजो लिएर बिहे गर्ने काॠ भईरहेको छ। मोटो दाईजो दिनुपर्ने डरले अभिभावकहरुले छोरिलाई राम्रो शिक्षा दीक्षा दिन बाट बन्चित गराई कलिलै उमेरमा विवाह गरिदिने गरेका छन ।