अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

341
Friendship Mobile

अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको बिबिसीले जनाएको छ।

अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्। उनी एक महिला अधिकारकर्मीसमेत थिइन्। यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो।

प्रान्तीय गभर्नरका प्रवक्ता अट्टाओल्लाह खोगियानीले स्थानिय मिडियालाई बताए अनुसार पत्रकार माइवन्डमाथि गोली हान्नेहरू त्यस क्षेत्रबाट फरार भइसकेका छन्। अधिकारकर्मी समेत रहेकी माइवन्डले केही समय अघि अफगानिस्तानमा महिला पत्रकार हुँदा आउने चुनौतीहरूका बारेमा बोलेकी थिइन्।

अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा विशेषगरी अभियान्ता, पत्रकार र राजनितिक व्यक्तित्वहरूमाथि लक्षित छन्। अफगानिस्तानकै पहिलो महिला निर्देशक सबा शहारमाथि काबुलमा गोली प्रहार भएको थियो। तर उनी त्यस आक्रमणबाट जोगिन सफल भइन्।