मृतक महेन्द्रको परिवारलाई १० लाख दिने सरकारको निर्णय भएको दाबी


छिमेकीको कुटपिटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।
मंसिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि सरकारले १० लाख रुपैंया दिने निर्णय गरेको भन्ने मौखिक जानकारी आएको बताए । ‘मृतक महेन्द्र रामको परिवारलाई १० लाख दिने निर्णय भएको मौखिक जानकारी आएको छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘लिखित जानकारी भने आईसकेको छैन ।’
गत असोज २१ गते छिमेकीहरुसँग विवादका क्रममा कुटपिटबाट घाईते महेन्द्रको वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाईबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबी सहित मृतकलाई शहिद घोषणा तथा क्षतिपूर्ति स्वरुप मृतकका परिवारलाई १० लाख रुपैंया उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो । उज्यालो अभियानबाट…