सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै

312
Friendship Mobile

सर्वोच्च अदालतकाे बार एशोसिएसनमा नयाँ कार्यसमिति चयन  गर्न आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अविधक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य चुनावी मैदानमा उत्रिएका छन् ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गर्दै छन् भने बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरिरहेका छन् ।

निर्वाचनमा मतदान बिहान ८ बजे सुरू भएर दिउँसाे २ बजेसम्म जारी रहने जनाइएकाे छ । सर्वोच्चकाे बारका सदस्यहरू कुल ६०५ जना कानुनी व्यवसायीले नेतृत्वका लागि मतदान गर्नेछन् । मतदानका क्रममा कुनै मतदाता काेराेना संक्रमित भएमा लाइन नबसीकन सीधै मतदान गर्ने व्यवस्था गरिएकाे छ ।