हरिवन नगरपालिकामा ३५ दिनभित्र निवेदन दिन सुकुमबासीलाई आग्रह

468
Friendship Mobile

भूमि सम्बन्धी समस्या समाधान आयोगले १४ वटा पालिकामा ३५ दिनभित्र निवेदन आह्वान गरेको छ ।

आयोगले कन्काई नगरपालिका, बेलका नगरपालिका, धनगढीमाई नगरपालिका, हरिवन नगरपालिका, बागमती गाउँपािलका, रत्ननगर नगरपालिका, रुपा गाउँपालिका, कावासोती नगरपालिका, कञ्चन गाउँपालिका, बबई गाउँपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र कृष्णपुर नगरपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अन्य व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जानकारी दिए ।

आयोगले माथिका १४ सहित ४९ पालिकामा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । ७५३ मध्ये १९२ वटा पालिकासँग लगत संकलन सम्झौता भएको प्रवक्ता कार्कीले बताए । अनलाइनखबरबाट…