कठ्यांग्रीँदो चिसोमा सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटका बिपन्न परिवारलाई दियो न्यानो कपडा

302
Friendship Mobile

रौतहटको चन्द्रपुरमा बिहिवार सशस्त्र प्रहरी परिवार महिला संघले बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

चन्द्रपुर १ स्थित जुडिबेलाका दलित, बिपन्न परिवारलाई संघले कम्बल, झुल, सल लगाएतको न्यानो कपडा वितरण गरेको हो । २ सय २३ परिवारलाई संघकी अध्यक्ष सरिता कँडेल खनालको उपस्थितीमा न्यानो बितरण गरिएको हो ।

तराईमा दलित तथा बिपन्न परिवारलाई जाडो र शितलहरले अत्यधिक प्रभावित पार्ने गरेको छ ।