कुनै पनि हालतमा लोडसेडिङ हुँदैन : विद्युत प्राधिकरण

229
Friendship Mobile

नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।

पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।

विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र अन्य संरचना मर्मतको कारणले पनि केहि समय विद्युत कटौती गर्नुपर्ने अवस्था रहेको भन्दै प्राधिकरणले यस्ता समस्या बुझिदिन पनि अनुरोध गरेको छ । नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेकाले अब लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।