परवानीपुरका नयाँ असई भारतीले गरे परिचयात्मक कार्यक्रम

1,397
Friendship Mobile

सर्लाहीको परवानीपुरमा रहेको अस्थाई प्रहरि पोस्टको प्रांगणमा सोमवार बिहान परिचयात्मक कार्यक्रम भएकोे छ । अस्थाई प्रहरि पोस्टमा आएका नयाँ प्रहरि सहायक निरिक्षक (असई) बाबुराम भारतीले स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि तथा सञ्चारकर्मिसँग परिचयात्मक तथा चियापान कार्यक्रम गरेका हुन ।

कार्यक्रममा लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु गोरख बल, गणेश थापा सँगै स्थानिय नेकपा नेताहरु गोबिन्द अधिकारि, प्रकाश थापा, चन्द्र बहादुर वाईबा, हेम बहादुर गौतम सहित स्वास्थ्य चौकी परवानीपुरका अहेव हृदेश त्रिपाठि, प्रधानाध्यापक बलराम बानीयाँ, वडा सदस्य हेम बहादुर कार्कि, नानीमाया बिश्वकर्मा, ध्रुव भण्डारि, भरत प्रसाद गौतम, अर्थ बहादुर थिङ, कृष्णराज थोकर, नारायण ब., अम्बर ब., राजु बुडाथोकी, प्रेम बहादुर केसि, ललित ब. बोगटि, अर्जुन चौलागाईं, तिलक ब. घलान, ईन्द्र ब. बस्नेत, कृष्ण गौतम, सिताराम कार्कि, शुभलाल जिम्बा, राजन केसि, जम गोले, लिड मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार क्षितिज बिश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।

अस्थायी प्रहरि पोष्ट परवानीपुरकोे कार्यालय प्रांगणमा गरिएको कार्यक्रम

कार्यक्रमका बक्ताहरुले भौगोलीक अवस्था तथा प्रहरिले खेल्नुपर्ने भुमिका लगाएतका बिषयहरुमा बोलेका थिए । कार्यक्रममा आफ्नो बिचार राख्दै वडा नम्बर १५ का वडाध्यक्ष बलले वडाले प्रहरिका लागी सक्दो सहयोग गरेको र आगामि दिनमा पनी आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । त्यस्तै १६ नम्बर वडाका वडाध्यक्ष थापाले अस्थाई प्रहरि चौकीका लागी ईन्धनको ब्यवस्थापन लगाएतका कुराहरुमा सहयोग गरिरहेको बताएका थिए ।

फरक प्रसंगमा बोल्दै वडाध्यक्ष थापाले दुईवटा वडा कार्यालयले मासिक रुपमा २० लिटर ईन्धन सहयोग गरिरहेको तथा त्यो पर्याप्त नभएको स्विकार्दै कहिले काहिँ प्रहरि कर्मचारिहरु पनी आर्थीक प्रलोभनमा पर्ने गरेको तथा गलत बाटो प्रयोग गर्न खोजिरहेको देखिएको भन्दै त्यस्तो कार्य दुःखद भएको बताउनुभएको थियो । त्यसैगरि अस्थाई प्रहरि पोष्टका लागी स्थानिय सरकारको सक्रियतामा निर्मित भवन पनी प्रयोगका लागी तयारी अवस्थामा रहेकोले वडाध्यक्ष थापाले त्यसको प्रयोगमा जोड दिनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै भर्खरै मात्र परवानीपुर अस्थायी प्रहरि पोष्टको प्रमुखका रुपमा आउनुभएका असई भारतीले स्थानियसँग सहकार्य गर्दै प्रहरिले काम गर्ने र यहाँको अवस्था हेरेर आवश्यक कदम चाल्ने बताउनुभएको थियो । प्रहरि पोष्टमा असई भारतीसँगै हवल्दार उत्तम न्यौपाने पनी नयाँ अनुहार थपिएका छन ।

अस्थाई प्रहरि पोष्टका नयाँ असई भारती सहितको टोलीले पहिलो पटक आईतवार बिहान परवानीपुर चोकमा बिना हेलमेट चलाईएको मोटरसाईकल रोकी हेलमेट लिएर आएपछ मात्र गन्तब्यमा जान दिएका थिए । सवारि चेकिङमा वडाध्यक्ष समेत परेपछी स्थानियले नयाँ असईले रवाफ देखाउन खोजेको समेत भन्न भ्याएका थिए ।

अस्थायी प्रहरि पोष्टको नवनिर्मित भवन

हाल लालबन्दी नगरपालीकाले भाडा तिर्नेगरि परवानीपुर चोकमा स्थानियको घर भाडामा लिएर अस्थाई प्रहरि पोष्टको कार्यालय सञ्चालन गरिएको छ भने परवानीपुरकै कृषि बजार लाग्ने ठाउँ नजिकै तिनघरे जाने बाटोमा कम्पाउण्ड सहितको १ तले ६ कोठाको भवन निर्माण सम्पन्न गरिएको छ ।

तयारि कम्पाउण्ड वालमा ग्रील गेटमात्रै हाल्न बाँकी भवनमा प्रहरि कहिले सर्छ भन्ने यकिन नभएको श्रोतले बताएको छ । नगरको पैसा खर्च गरेर अरुको घरमा कार्यालय सञ्चालन गर्नु भन्दा बनिसकेको आफ्नै भवनमा आवश्यक प्रकृया मिलाएर प्रहरि पोष्ट सर्नुपर्ने स्थानियको भनाई छ ।