ब्रम्हस्थान सामुदायिक बन उपभोक्ता समुह चिसापानीको अध्यक्षमा ‘दिलिप’


लामो समयदेखि आन्तरिक बिवादमा रुमल्लिएको ब्रम्हस्थान सामुदायिक बन उपभोक्ता समुह माथील्लो चिसापानीको अध्यक्षमा भिम बहादुर थोकर ‘दिलिप’ चुनिएका छन ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा रहेको उक्त बन समुहको शनिवार नयाँ कार्यसमिती चयन गरिएको हो । लालबन्दी सव डिभिजन कार्यालयका प्राबिधिकहरु अमृत कुमार सापकोटा र राजदेव यादवको बिशेष उपस्थितीमा बसेको भेलाले ११ सदसिय नयाँ कार्य समिती चयन गरेको हो ।
नवगठित समितीको उपाध्यक्षमा गणेश थापा रहेका छन भने सचिवमा जनक थापा ‘उमेश’ र कोषाध्यक्षमा मञ्जु थिङ सहित अन्य सदस्य रहेका छन ।
नयाँ चयन भएका अध्यक्ष दिलीपलाई पुर्व अध्यक्ष अर्थ बहादुर थिङले सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सौहार्दपुर्ण वातावरणमा नयाँ समिती चयन भएको बताउनुभएको छ ।