थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

202
Friendship Mobile

नेपालमा आइतबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ भने हालसम्म २ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २६० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा २ लाख ६८ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल १८ सय १५ जना आइशोलेशनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २० लाख ९३ हजार ४१७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।