‘धन कमाउन हिँडे म लाहुर’ युट्युब ट्रेन्डिङको १ नम्बरमा

342
Friendship Mobile

धन कमाउन हिँडे म लाहुर, रुँदै बाटो नछेक मयाले…
हिनेउ मुटु पारेर आधा, मै कसरि बिदा दिउँ मयालाई …

यी मुटु छुने शब्दहरु हुन हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘धन कमाउन हिँडे म लाहुर’ बोलको गीतको । यो गीत अहिले युट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ । मुटु छुने शब्द संगीत सँगै मनै रुवाउने म्युजिक भिडियो सहित सार्वजनिक गीतलाई अहिले दर्शक श्रोताले अत्यधिक रुचाएका छन ।

गीत संगीत मार्फत दर्शक श्रोताको मुटुसँग खेल्न सफल सर्जक हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीका लागी चर्चित गीतहरुका सर्जक राजकुमार बगरले शब्द सिर्जना गर्नुभएको हो ।

हेमन्त कान्छा रसाईली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियोमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने विनोद भण्डारीले गरेका हुन ।

म्युजिक भिडियो मार्फत आफ्नी मयालुलाई छोडेर पल्टन जान लागेका बेला बाख्रा चराईरहेकी मयाले देखेपछिको कारुणिक दृश्य प्रस्तु गरिएको छ ।