२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो । २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता किसानलाई दिइसक्नु पर्ने मन्त्रालय र सघर्ष समितिबीच सहमति भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।

उहाले तोकिएको समयभित्र किसानलाई बक्यौता नदिने चिनी उद्योगलाई कानुनी कारबाही गरिने सहमति भएको जानकारी दिनुभयो । सहमति भएको बुँदामा उखु किसान र चीनी उद्योगसंग सम्बन्धीत समस्याका बारेमा अध्ययन गरी १ सय २० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति सरकार र संघर्ष समितिबीच भएको हो ।

समितिले उखु किसानले भोगिरहेका विभिन्न समस्याहरुबारे अध्ययन गरी सुझाव पेस गर्ने जनाइएको छ ।

विगत लामो समय देखि आन्दोलन गर्दै आएका उखु किसानहरुले २१ दिनभित्र बक्यौता रकम नपाए पुनःआन्दोलन गर्ने संघर्ष समितिका संरक्षक मिश्रले बताउनुभयो ।

संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमवार देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले ठुलो जनमासको सहभागीतामा प्रदर्शन गरेको छ ।

पार्टिको केन्द्रिय परिपत्र अनुसार तथा क्षेत्रीय भेलाहरुको निर्णय अनुसार रौतहटमा पनी हजारौँ कांग्रेस नेता कार्यकर्ताको उपस्थितीमा बिरोध प्रदर्शन भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सर्बसत्तावाद चरित्र, संसद बिघटन जस्तो असंबैधानिक कदम र नेकपाको अकर्मण्यताको बिरोधमा हजारौँको जनसहभागीतामा जिल्लाको ४ ओटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरिएको कांग्रेस रौतहटले जनाएको छ ।

कार्यक्रमलाई पार्टिका बिभिन्न नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए ।

यसैबिच निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको कटहरिया नगरपालीका ५ को कटहरिया बजारमा भएको बिरोध जनसभालाई संबिधानसभा सदस्य एवं पुर्व सांसद सुनिल कुमार यादव ‘जितेन्द्र’ले सम्बोधन गर्नुभएको छ । हजारौँको जनसभागीता रहेको बिरोधसभालाई सम्बोधन गर्दै सांसद जितेन्द्रले तत्कालीन एमाले, माओवादी लगाएतका दलले पटक पटक प्रयास गर्दा पनी निर्माण गर्न नसकेको संबिधानलाई कांग्रेस नेतृत्वको सरकारले सफलतापुर्वक निर्माण गरेको तर नेकपाले सोहि संबिधानको मर्म बिपरित संसद बिघटन गर्नु अत्यधिक दुःखद भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षि दल भएपनी संसदिय ब्यबस्थाको आचरण अनुरुप अघि बढिरहेकोले नेपाली कांग्रेसले कहिले पनी बिरोध तथा आन्दोलनका कार्यक्रम गरेन तर जनताको हितमा काम गर्छु, जनताले रोजेको पार्टि भन्नेले नै जनभावना बिपरित काम गरेको पुर्व सांसद जितेन्द्रको भनाई थियो । जनताले संबिधानमा भएको त्रुटिलाई सच्याउनका निम्ति दुई तिहाईको मत दिएको भएपनी सरकारले जनताको मतलाई बुझ्न नसकेको, भ्रष्टाचार गरेको, बिश्वब्यापी कोरोना कहरका बिच पनी भ्रष्टाचारमा लिप्त रहनु लज्जास्पद भएको उहाँको भनाई थियो ।

हालका प्रधानमन्त्री ओलीले संबिधानमा कहिँ कतै नलेखिको तानासाहि प्रबृत्ति देखाएर संसद बिघटन गरेर तानासाहि प्रबृत्ति देखाएको उल्लेख गर्दै पुर्वमन्त्री जितेन्द्रले ओलीले हिट्लरको जस्तो अधिनायकवाद देखाएको र उनको पनि बिश्वमा कसरि तानासाहिहरु समाप्त भए त्यस्तै हाल हुने बताउनुभयो । उहाँले अब केपि शर्मा ओलीको अन्त्य निश्चित भएको भन्दै उहाँले नेपाली कांग्रेसले जहिले पनी नेपाली जनताको पक्षमा आन्दोलन गर्दै आएको र अव पनी कांग्रेस जनताको साथमा रहेको बताउनु भयो ।

बिरोध कार्यक्रममा पुर्व सांसद जितेन्द्र सँगै जिल्ला उपसभापती सुनिल कुमार यादव, शिक्षक संघका जिल्ला अध्यक्ष राम कृपाल यादव, जिल्ला सचिव हृदयनारायण यादव, ३ नं. क्षेत्रका क्षेत्रिय सभापती रामभरोस यादव, ने.बि.संघका पुर्व केन्द्रिय सदस्य राजाबावु साह, जिल्ला सदस्य वाल्मिकी यादव, फतुवा बिजयपुरका मेयर गोपाल यादव सहित कांग्रेसका नेताहरु सम्भुकान्त यादव, मेयर प्रत्यासि अजय प्रकाश जयसवाल, जिल्ला समन्यवय सभापती राम एकवाल प्रसाद यादव, कटहरिया नगरसभापती सर्फलाल प्रसाद गुप्ता, क्षेत्रिय सचिव भैरोलाल महतो, गनिलाल यादव लगाएत हजारौँ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रदेश १ का मुख्‍यमन्त्री शेरधन राईविरुध्‍द अविश्‍वास प्रस्ताव दर्ता भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल- माधवकुमार समूहका सांसद्‍हरुले अविश्‍वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावमा ३७ सांसद्‍ले हस्ताक्षर गरेका छन् । भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

अविश्वासको प्रस्तावमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहनुभएको छ भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहनुभएको छ । ९३ सांसद रहेको १ नम्बर प्रदेशमा दाहाल–नेपाल पक्षसँग ४० बढी सांसद्‍ छन् ।

अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

सर्लाहीको परवानीपुरमा आईतवार १८ जना बिपन्न बालाबालीकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

लालबन्दी नगरपालीका १६ परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयमा अध्यनरत वालबिकास देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । दिवंगत शिक्षिका अनिता गीरिको नाममा बिद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक ध्रुब भण्डारिले जानकारि दिनुभयो ।

दिवंगत शिक्षिका गीरिको नामबाट उनको आमाले बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । गीरिको आठौँ स्मृती दिवश पारेर आईतवार बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष भरत गौतम, वडा नम्बर १६ का सचिव बिष्णु गौतम सहित ब्यबस्थापन समितीका पदाधिकारिहरु, शिक्षक, कर्मचारि तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

२०६९ साल पौष १२ गत्ते सो बिद्यालयकी शिक्षिका अनिता गीरिको बिद्यालय जाने क्रममा रानीगञ्जमा भएको दुर्घटनामा परि ज्यान गएको थियो ।

रौतहटबाट काठमाडौं गएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलिले रौतहटबाट काठमाडौं जाँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रुवाहक बसमा चेक गरेको थियो ।

बसबाट प्रहरीले रौतहट कटहरिया १ का २२ वर्षीय गोविन्दप्रसाद यादव र भारत विहार मोतीहारीका २३ वर्षीय साहेबलाल यादवलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्तका अनुसार उनीहरू बसेको सिटमुनि लुकाइराखेको तीन वटा झोलामा लागुऔषध बरामद गरेको हो ।

उनीहरूबाट प्रहरी १२ सय डाइजेपाम, १२ सय फेनेर्गन र १२ सय नुफिन गरी सम्म ३६ सय एम्पुल बरामद गरेको हो ।

उनीहरूमाथि प्रहरीले लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ ।

सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए ।

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए ।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो ।

रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

बाराको निजगढमा शनिवार खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । स्मार्ट सिटि बाग्देव तेक्वान्दो दोजाङको डेमोस्ट्रेसन तथा ग्रेडिङ कार्यक्रम निजगढ स्थित वडा नम्बर ४ को सार्वजनिक मा.बि.को प्राङ्गणमा आयोजना गरिएको हो ।

डोजाङ प्रमुख यान कुमारी चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछाने खनाल प्रमुख अतिथि रहेकी थिईन । त्यस्तै विशिष्ठ अतिथिद्वय निजगढ नगर पालिका वडा नं ५ का वडा अध्यक्ष थल प्रसाद गौतम र वडा न ४ का वडा अध्यक्ष जयराम कुमार सङ्गै कार्यपालिका सदस्य लक्ष्मी गौतम, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतम, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष नन्दु लामा, अन्तराष्ट्रिय रेफ्री जितसिङ लामा, राष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघका जिल्ला उपाध्यक्ष गणेश पाण्डे, नेपाल तेक्वान्दो संघ बाराका सचिव लोक बहादुर खुलाल, सा.मा.वि. का व्यवस्थापन समिति अध्यक्ष दुर्गा गौतम लगायत अभिभावकहरू र खेलाडीहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ४४ जना खेलाडिको ग्रेडिङ गरिएको थियो । ग्रेडिङमा सबैजना पास भएका र १० जनाले उत्कृष्ट गरी डबल बेल्ट समेत पाएका सम्बद्ध श्रोतले जानकारी दियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपमेयर खनालले हातले पटा फुटायर गरेकी थिइन भने कार्यक्रममा बोल्दै उपमेयर खनालले एउटा बारा जिल्लाकी एक महिला ´यान कुमारी’ प्रति गर्व हुने बताईन । यान कुमारी साफ गेमको पदक विजेता भएको हुँदा उनको हरेक गतिविधिमा निजगढ नगरको चासो रहने समेत बताईन । उपप्रमुख खनालले खेल क्षेत्रको बिकास र खेलाडीहरुको हितमा नगरपालिका सधैं लागिरहने प्रतिबद्धता समेत जनाएकी छिन ।

कार्यक्रमलाई गुरु गौतम, लोक बहादुर खुलाल, दुर्गा गौतम,
थल प्रसाद गौतम लगाएतले सम्बोधन गरेका थिए भने खेलाडी भुमिका लोप्चनले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन ।

कार्यक्रमको संचालन राष्ट्रिय प्रजातन्त्र पार्टीका निजगढ नगरसभापती खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।

दीपेन्द्र जयसवाल, बारा । जिल्ला समन्वय समिति बाराले क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएपछि निजगढका सबै क्रसर उद्योग बन्द भएका छन्।

जिल्ला समन्वय समिति बाराको पुस २ गते बसेको बैठकले सो निर्देशन दिएसँगै क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकाले पुस ७ गते क्रसर उद्योगहरूमा पत्राचार गरेको थियो र अहिले यहाँका सबैजसो क्रसर बन्द भएका छन्। जिल्ला समन्वय समिति बाराले अनुगमनको क्रममा चुरे भएर निजगढ हुँदै कोल्हवीतर्फ बग्ने बकैया र धन्सार खोलामा मानिसहरूले जथाभावी ढङ्गले खोलाबाट नदीजन्य पदार्थ ग्रेभल, बालुवा उत्खनन, सङ्कलन गरेको पाएपछि उत्खनन र क्रसर बन्द गर्न निर्देशन दिएको हो।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ११ (६) बमोजिम उद्योगको वार्षिक क्षमता, सङ्कलन, तथा उत्खनन गर्ने कच्चा पदार्थको स्रोतसहितको विवरण जिल्ला समन्वय समितिमा पेश गर्न निर्देशन दिएको छ। उद्योगहरूबाट सो विवरण प्राप्त भएपछि जिल्ला समन्वय समितिको बैठकबाट क्रसर खोल्ने वा नखोल्ने निर्णय गरिने बताइएको छ। देशभरका स्थानीय तहले ठेक्काका नाममा जथाभावी नदीजन्य पदार्थको ठेक्का लगाइ चुरे पहाड र आसपासका बस्ती र जमीन कटानको समस्या उत्पन्न हुन सक्ने सम्भावना नजीकिंदै गएको छ।

यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि दुई किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक सङ्घ, संस्थादेखि एक किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुगमन समितिले मापदण्ड निर्धारण गरेको थियो। म्याद सकिए पनि करीब तीन वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहे पनि पछिल्लोपटक म्याद थप नभएको अवस्थामा पनि क्रसर उद्योग सञ्चालनमा थिए।

यता क्रसर सञ्चालकहरूले उद्योग सञ्चालनका लागि व्यवस्थित स्थानको छनोट गरी सडक, विद्युत्, पानीलगायतका आवश्यक कार्य गर्न निजगढ नगरपालिकालाई लिखित आग्रह गरेका छन् ।

कमरेड
तपाईलाई पनि स्वागत छ !

म माईतीघर
स्वयम् बोलिरहेछु
केही प्रश्नहरु छन् म संग सोधौ?

मेरो काखमा बसेर
सोधीएका अनेकन्
प्रश्नहरु जो अनुत्तरित छन
तपाईसंग तिनिहरुको जवाफ छ?

अलि अस्ति
महिलाहरु आउनुभो
अधिकार खोज्नुभो।
अस्ति मात्रै केही मान्छेहरु आउनुभो
राजा खोज्दै,
हिजो मात्रै त हो किसानहरु
मेरै काखमा रोएका
अहिले तपाईं बसेको ठाउँमा
जुन चिसो सतह छ नि
हो त्यो उनिहरुको आँसुले भिजेको हो
रातभर उनिहरु आकाश हेरेर रोइरहेथे,
हजुरको नाम पुकार्दै थिए।

केहिदिन अगाडि केही
अपाङ्ग ब्यक्तिहरु आउनुभएको थियो
भन्दैहुनुहुन्थ्यो रगत पिउनेहरुले
प्यासिलाई पानी पिलाउँदैनन् रछ।
सायद ती जनयुद्दका घाईते योद्दाहरु थिए होला।

अहिले मेरो छातिमा बुर्कुसी मार्दै
नाँचिरहेछन केही मान्छेहरु
तपाईले देख्नुभो?
ए साँची तपाईंलाई त्यो देख्ने छुट कहाँ छ र?
उहाँहरु पक्कै सहिद हुनुपर्छ।
एक लट सम्झिनुस है सहिदहरुलाई..

उहाँहरु सबै एकै आवाजमा
चिच्याईरहनुभएको छ
सुन्नुस त

उत्तर दिन नबोल्ने आवाजहरुलाई प्रश्न सोध्ने अधिकार कस्ले दियो..?
जहाँ हुँदा तपाईले हाम्रो आवाज सुन्नुभएन,त्येहा हुनेले तपाईको आवाज कसरी सुन्छ्न् ?
त्यो ठाउँ जहा सरकार बस्छ
त्येहा त अन्धकार छ रे हैन ?
आवाज पुग्दैनरे हैन ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।