पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।
पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।
जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।
बुधवार बिहानै देखि पारिलो घाम लागेको तराईका जिल्लाहरुमा बिहिवार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सु लागेपछ चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ ।
हुस्सुका कारण रौतहट सहित तराईवासि बिहानैदेखि आगो बालेर तापीरहेका छन भने बिद्यालय उमेरका बालबालीकाहरुलाई समेत मर्का परेको छ । सवारि साधन चलाउन समेत समस्या भएको छ । चिसोका कारण तराईका बिपन्न परिवारलाई समस्या हुने गरेको छ ।
यस बर्ष पहिलेको जस्तो अत्यधिक चिसो र शितलहर नपरेको जानकारहरु बताउँछन । शितलहर परेको खण्डमा तराईको जनजिवन अन्यधिक कष्टकर हुने गरेको छ । तराईमा बसोवास गर्ने डुम, चमार, लगाएतका बिपन्न दलीत समुदाय चिसोका कारण बढि प्रभावित हुने गरेको छन ।
चिसोबाट बच्न चिकित्सकले समेत सुझाव दिएका छन । तराईको चिसोबाट साना केटाकेटी र बृद्धबृद्धालाई बचाउन चिकित्सको जोड छ ।
बिभिन्न मितिमा बरामद अवैध घरेलु तयारि मदिरा प्रहरिले हिजो बुधवार नस्ट गरेको छ ।
ईलाका प्रहरि कार्यालय गरुडा रौतहटको टोलीले बिभिन्न मितीमा सवारि चेकजाँचको क्रममा फेला पारेको १८० लिटर तयारि अवस्थाका घरेलु मदिरा नष्ट गरेको हो ।
प्रहरिका अनुसार गौर चपुर सडक खण्ड नजिकै ईलाका प्रसासन कार्यालय र गरुडा नगरपालीका गरुडाका प्रतिनिधिहरुको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।
चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टक्कर परिररहेकै बेला उनले चिनियाँ सेना युद्धका लागि तम्तयार रहेको जानकारी दिएका हुन् ।
राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
यस्तै सीले सेनालाई जसरी पनि युद्ध जित्ने तरिकाले तालिम गर्न पनि निर्देशन छन् । गत जुन १५ मा भारतसँगको सीमाना लद्दाखमा भारतीय सेना र चिनियाँ सेना झडप भएको थियो । त्यस क्रममा भारततर्फ २० सैनिकको मृत्यु भएको थियो भने चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन ।
त्यसयता पनि दुई देशका सैनिकबीच बेलाबेला झगडा भइरहेको छ । शान्ति स्थापनाका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।
यसबीच सीमामा भारत–चीन दुवैले सैन्य शक्ति बढाई आफूलाई युद्धका लागि तम्तयार बनाएका खबर आइरहेका छन् ।
कपिलवस्तुको कृष्णनगरमा रहेको मुस्लिम बिद्यालय जामिया सिराजुलवलुम अलसल्फिया मदरसा झण्डानगरमा बुधवारबाट अर्धवार्षिक परीक्षा शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर परिक्षामा करिव ८०० जना विद्यार्थी सहभागी भएका छन ।
परिक्षा बिहान र दिउँसो गरि २ चरणमा सञ्चालन गरिएको र बिद्यार्थी तथा शिक्षकहरुलाई अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग पछि मात्र परिक्षामा सामेल गराईएको मदरसाका प्रवक्ता मौलाना मसहुद खाँ नेपालीले बताए । सामाजिक दुरि कायम गरि बिहान ८ः३० बाट १०ः३० बजेसम्म र दिउँसो १ः३० बाट ३ः३० बजेसम्म परिक्षा सञ्चालन गरिने प्रवक्ता खाँले जनाए ।
मदरसाका अध्यक्ष समिम अहमद नदवीका अनुसार कोभिड १९ का कारण नेपाल सरकारले गरेको लामो लकडाउनको समयमा पनी शिक्षकहरुले गरेको मेहनतका कारण परिक्षा गराउन सम्भव भएको हो । भाईरसको संक्रमण फैलीन नदिनका लागी बन्द रहेको मदरसा मंसिर ६ गत्तेबाट संचालनमा आएको थियो ।
साथै मदरसा बन्द भएपनी निरन्तर रुपमा अनलाईन कक्षा संचालन गरिएका कारण पनी परिक्षाको लागी केहि सहज भएको अध्यक्ष नदवीको भनाई छ ।
साथै बिहानको परिक्षामा कृष्णनगर नगरपालीकाका शिक्षा शाखा प्रमुख बलराम पन्थीले बिद्यालयका कर्मचारि तथा पत्रकार सहितको टोलीका साथ परिक्षा हलमा पुगेर परिक्षा अवलोकन गर्नुभएको छ ।
गृह मन्त्रालयले प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका एक दम्पतीलाई निष्काशन गरेको छ । उनीहरूले ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका थिए । मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले उनीहरु अर्काे साता (पुस २६) मा फर्किन लागेको जानकारी दिए । स्भेन र इभेलियन दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् ।
धर्म प्रचार गरेको पुष्टि भएपछि निष्काशन गर्न प्रक्रिया अघि बढाउन लाग्दा उनीहरूले अध्यागमनका कर्मचारीलाई अदालत जाने धम्की दिएका थिए । धर्म प्रचार र परिवर्तन गराउँदै हिँड्नु नेपालको संविधानविपरित भएकाले निष्काशन गर्नुको विकल्प नरहेको भनेपछि उनीहरू विभागले तोकेको जरिवाना तिर्न तयार भएका थिए । त्यसपछि विभागले निष्काशन प्रक्रिया अघि बढाउन उनीहरुको विस्तृत विवरण मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले विभागको प्रस्ताव सदर गरेको हो । अन्नपुर्ण पोष्टबाट…
पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बुधबार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ। आजै थप ४९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। यो निको हुने दर ९७.३ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ। यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । सुरुदेखि नै ओली पक्षको समर्थन गर्दैका आएका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् ।
नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघ पहिलो साता हुने तय भएको छ । उच्च कुटनीतिक स्रोतका अनुसार उक्त बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुनेछ ।
त्यसका लागि कामचलाउ सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली जाने छन् । ‘थप केहि घटना नभए, तोकिएकै मितिमा बैठक हुने लगभग पक्का छ,’ कुटनीतिक स्रोतले भन्यो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर नेपालको आन्तरिक राजनीतिमा उथलपुथल भएपछि परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा अन्योल देखिएको थियो ।
नेपालको प्रस्ताव अनुसार नयाँ दिल्लीले पनि माघको पहिलो साता परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक गर्न तयार भएको हो । यसअघि मंसिर र त्यसपछि पुसमा उक्त बैठक गर्ने भनिए पनि दुवै पक्षबीच एउटै मितिलाई लिएर सहमति नहुँदा पनि बैठक बस्न नसकेको हो ।
यस पटक संयुक्त आयोगको मुख्य एजेन्डा नेपालले यसवर्ष जारी गरेको नयाँ चुच्चे नक्सा रहेको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा गरी गरे पनि त्यहाँको भू-भागमा भारतीयहरु नै रहेका छन् । भारतसँग भू-भाग फिर्ता ल्याउने विषय बैठकको मुख्य एजेन्डा हुने एक अधिकारीले बताए । कान्तिपुरबाट…
कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।
बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटना भएकै दिनबाट उनलाई नियन्त्रणमा राखी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।
निकुञ्जमा कार्यरत रेञ्जर दीपक तिवारीलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिइएको छ । उनले मिश्रसँग बयान लिने लगायतका कार्य गरिरहेका छन् । निकुञ्जले घटनाबारे अनुसन्धानपछि प्रतिवेदन तयार गरेर मिश्रलाई अदालतमा पेस गर्ने छ ।
गत शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठक्कर दिएको थियो । टाउकोमा ठक्कर लागेपछि बाघको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै कार चालक मिश्र स्वयंले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जभित्रै भएर पथलैयादेखि हेटौंडा जाने सडकमार्ग छ । जसले गर्दा वर्षेनी जंगली जनावरहरु गाडीको ठक्करबाट मर्ने गरेका छन् ।
नेपालमा बाघ, गैंडा, जंगली हात्ती, सालक, ब्वाँसो, हाब्रे, अर्ना लगायत २६ जातका स्तनधारी, डाँफे मुनाल लगायत ९ जातका चरा, घर्सने प्रजातिमा अजिङ्गर, घडियाल गोही र सुन गोहरीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा संरक्षित वन्यजन्तु मार्ने विरुद्ध कारबाहीको व्यवस्था छ । ऐनमा गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद–बिक्री गर्न वा हस्तान्तरण गरी लिनदिन प्रतिबन्ध लगाइएको छ ।
गैंडाको खाग वा कस्तुरीको बिना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने वा ओसारपसार गर्न नपाइने उल्लेख छ । त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । अनलाईनखबरबाट