२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

काठमाण्डौँ स्थित Society for each other (आपसको निम्ति समाज) नामक संस्थाले बुधवार जिल्ला बिपद ब्यबस्थापन समिती रौतहटलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्ला प्रसासन कार्यालय रौतहटको प्रांगणमा एक औपचारिक कार्यक्रमका बिच विपद व्यवस्थापन समिति रौतहटका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई करिव ६० हजार बराबरको सामाग्री बितरण गरिएको हो ।

जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका प्रकाश श्रेष्ठ र ओम प्रकाश यादव मार्फत संस्थाले खाद्य तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो । बिश्वमा माहामारिको रुपमा फैलीएको कोरोनाबाट प्रभावित अति गरिव परिवारहरुलाई खाद्यानको अभावमा भोकै बस्नु नपरोस र कोरोनाबाट सुरक्षित रहनका लागी सहयोग सामाग्री उपलब्ध गराईएको संस्थाकी अध्यक्ष जयाराज भण्डारीले जनाएकी छिन ।

प्रजिअ यादवलाई सहयोग सामाग्री प्रदान गर्दै बाँयाबाट क्रमशः पत्रकार प्रकाश श्रेष्ठ र ओम प्रकाश यादव ।

कार्यक्रम मार्फत ८ बोरा चामल, एक बोरा चिउरा, १० किलो चना, २ जर्कीन तेल, दाल, नुन, ४ कार्टुन अण्डा, चियापत्ती, बिस्कुट, १० थान कम्बल, केहि थान पिपिइ सेट, माक्स, स्यानिटाइजर, लुगा धुने साबुन, सरफ, शौचालय सफागर्ने हारपिक लगाएतका सामग्रिहरु प्रजिअ यादवलाई हस्तान्तरण गरिएको हो । आइसोलेसनमा बस्नेहरुका लागि उक्त सामग्रिहरु वितरण गरिने योजना भएपनि रौतहटको आइसोलेसनमा हाल एकजना पनि संक्रमित नरहेकोले तत्कालको लागि विपद व्यवस्थापन समितिलाई नै उक्त सामग्रिहरु प्रदान गरिएको संस्थाका कार्यक्रम अधिकृत कान्तिराज भण्डारीले जानकारी दिए ।

संस्थाले प्रदान गरेको सामग्रिहरु आवश्यक्ताको आधारमा आइसोलेसनमा बस्ने कोरोना संक्रमित अथवा समुदायस्तरमा कोरोनाबाट प्रभावित अति गरिव परिवारलाई वितरण गरिने प्रजिअ यादवले बताए ।

रौतहट सहित देशका अन्य जिल्लाहरुमा पनि कोरोनाबाट प्रभावित गरिव परिवारहरुलाई संस्थाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सँगै न्यानो कपडाहरु सहयोग गर्दै आएको संस्थाकी उपाध्यक्ष सविना प्रधानले जानकारी दिएकी छिन ।

नेपालमा पछिल्लो २४ घन्टामा थप सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय ५५ पिसिआर परीक्षण गर्दा सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म दुई लाख ५० हजार नौ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।हालसम्म पिसिआर परीक्षणको संख्या १८ लाख ४९ हजार एक सय ३६ छ । 

देशभर सक्रिय संक्रमितको संख्या नौ हजार सात सय ५७ छ । क्वारेन्टिनमा रहनेको संख्या चार सय ५२ रहेको छ । २४ घन्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भई दुई लाख ३९ हजार चार सय सय १६ जना घर फर्किसकेका छन् ।

नेपालमा यो अवधिमा थप १३ जनाको निधन भएको छ । हालसम्म कोरोना संंक्रमणबाट निधन हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ । नयाँ पत्रीकाबाट…

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री फरमुल्ला मन्सुरले नेपालको संविधान कांग्रेसले नै बनाएकोले अब देश बनाउने जिम्मा पनि नेपाली कांग्रेसको नै भएको बताउनुभएको छ । कांग्रेसले यहि मंसिर २९ गते देशब्यापी गरेको नेकपा सरकार बिरोधि कार्यक्रमलाई सोमबार कलैयामा सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मन्सुरले सो कुरा बताउनुभएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले पनि हिजो बाराको सदरमुकाम कलैयामा बृहत र्‍यालिको आयोजना गर्दै सरकारको रबैया विरुद्धमा प्रदर्शन गरेको छ । कलैयास्थित पार्टी कार्यालयबाट निस्केको र्‍याली भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाको जिला उपसभापति सुरेन्द्र प्रसाद जयसवालले अध्यक्षता गर्नुभएको थियो भने केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मन्सुर प्रमुख अतिथि रहनुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेता मन्सुरले २००७ साल देखि नै कांग्रेसले देश बचाएर राखेकोले अबको परिस्थितिमा पनि कांग्रेस चुप लागेर नबस्ने बताउनुभयो । कार्यक्रममा जिल्लाभरका कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।

नेपाली कांग्रेसले सोमबार रौतहट सहित देशभर प्रदर्शन गरेको छ । लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि नबढेको, अधिनायकबादी एवं जनविरोधी कृयाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकासिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको लगायतका सरकारको क्रियाकलापको बिरोधमा कांग्रेसले बृहत रुपमा बिरोध गरेको हो ।

नेकपा सरकारको विरोधमा नेपाली काँग्रेस रौतहटले पनि सदरमुकाम गौरमा बृहत विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस रौतहटका अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल क्षेत्रबाट प्ले कार्ड, झण्डा सहित निस्किएका सयौं कांग्रेस नेता कार्यकर्ताले केपी शर्मा ओलीको कम्युनिष्ट सरकारले मुलुकमा पुन: अधिनायकवाद ल्याउने षड्यन्त्र गरेको भन्दै चर्को नाराबाजी गरेका थिए ।

बिरोध र्‍याली गौर नगर परिक्रमा पश्चात पुन: राइस मिलको ऐतिहासिक मैदानमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेकपाको सरकारले जनताको इच्छा आकांक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाई संरक्षण दिएको, मुलुकमा पुन: अधिनायकबादलाई बढावा दिने कार्य मात्रै गरेको भन्दै त्यस्तो भ्रष्ट एवं अधिनायकवादको नियती भएको सरकारलाई हटाउनु बाहेकको बिकल्प नभएको जिकिर गर्नुभयो ।

विरोध सभालाई सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर ४ का संघिय सांसद एवं नेपाली काग्रेसका युवा नेता देव प्रसाद तिमल्सिनाले कोभिडको नाममा नेकपा सरकारले अर्बौं रकम भ्रष्टाचार गरेको आरोप लगाउनु भयो । बेरोजगारीको बोझबाट आक्रान्त रहेका नेपाली जनताले ओली सरकारबाट मुक्ति चाहिरहेको बेला नेपाली कांग्रेस जनताको पक्षमा उभिएको र जनविरोधी निकम्मा सरकारलाई ढाली जनताको शासन व्यवस्था चलाउने तर्फ अग्रसर रहेको कांग्रेसका अर्का लोकप्रिय युवा नेता एवं संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को भनाई थियो ।

विरोध र्‍यालीमा नेपाली कांग्रेस जिन्दावाद, केपी ओली मुर्दावाद, केपी तेरो पाराले दुख पायो साराले लगाएतका चर्को नारा लगाईएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधन भएको छ ।

लालबन्दी नगरपालिका–१७ रानीगञ्ज निवासी नेकपा जिल्ला कमिटी सदस्य गौतमको सोमवार दिउँसो आफ्नै निवासमा निधन भएको हो । अन्दाजी ६४ वर्षीय गौतम लामो समयदेखि ब्रेन ट्यूमर रोगबाट ग्रसित थिए । परिवारले उनलाई दुई वर्षदेखि निरन्तर उपचार गराईरहेका थिए ।

तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष गौतम सर्लाहीको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी समेत हुन् । उज्यालो अभियानबाट …

बर्तमान सरकारको रबैया प्रती असन्तुष्टि जनाउँदै रौतहटमा शिक्षकहरुले कांग्रेसको आन्दोलनमा ऐक्यबद्धता जनाउने भएका छ्न ।

आईतवार जिल्लाको फतुवा बिजयपुरस्थित मा.बि.बिजयपुरको प्राङ्गणमा भेला भएका शिक्षकहरुले भोलि (मंसिर २९ गते) सदरमुकाम गौरमा हुने कांग्रेसको सरकार बिरोधि आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन । संबिधानसभा सदस्य एवं कांग्रेसका जुझारु युवा नेता सुनिल कुमार यादव ‘जितेन्द्र’को विशेष उपस्थितिमा भेला भएका शिक्षकहरुले भोलि गौरमा गएर आन्दोलनमा सरिक हुने निर्णय गरेका छन ।

बैंठकमा शिक्षक संघ प्रदेश २ का बरिस्ठ उपाध्यक्ष राम मंगल प्रसाद यादव, जिल्ला अध्यक्ष राम कृपाल प्रसाद यादव, मा.बि.बिजयपुरका बरिस्ठ शिक्षक सुदामा राय यादव, बिजय कुशवाह, रन्जन खरेल, बुनिलाल प्रसाद यादव, चन्द्रावती न्यौपाने सहितका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित ब्यक्तिहरुले हालको नेकपा सरकारले कुनै रचनात्मक तथा देश र जनताको हितमा काम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको भन्दै निकम्मा सरकार प्रती देशका बुद्धिजीवी बर्ग नै आजित भएको उल्लेख गरेका छन ।

कांग्रेसले आफ्नो पार्टीको बरिस्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ स्थित एक पुल उद्घाटन गर्न गएको बेला प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा तथा नेकपा सरकारको काम कर्तव्य प्रती व्यग्र असन्तुष्टि जनाउँदै यहि मंसिर २९ गते सोमबार देशै भरी बिरोध प्रदर्शन गर्दै छ । गौरमा पनि सरकारको बिरोधमा ठुलो संख्यामा नेता कार्यकर्ता उतार्ने कांग्रेस रौतहटको तयारी छ ।

बाराको निजगढमा लायन्स क्लव अफ निजगढ सिटीको आयोजना तथा निजगढ नगरपालीकाको सहकार्यमा सञ्चालीत २ दिने निशुल्क प्रजनन् स्वास्थ्य शिबिर शनिवार सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच निजगढ नगरपालीकाका मेयर सुरेश खनाल र उप–मेयर लिलादेवी लामिछाने खनालले संयुक्त रुपमा गमलामा पानी हालेर उद्घाटन गरेको २ दिने शिबिरको शनिवार समापन गरिएको हो । शिबिरमा नगरपालीकाकी उप–प्रमुख लिलादेवी लामिछाने खनाल सहित ३ सय ६७ जनाले स्वास्थ्य परिक्षण गराएका क्लवको पास्ट प्रेसिडेन्ट एवं कार्यक्रमका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए ।

२ दिन सम्म वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा भएको शिबिरमा स्वास्थ्य परिक्षण गराएका मध्ये ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको काठमाण्डौँमा निशुल्क शल्यक्रिया गरिने श्रोतले बतायो । लायन्स क्लब अफ निजगढ सिटीको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र निजगढ नगरपालिकाको सहकार्यमा सञ्चालीत शिबिरको समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाकी उप–प्रमुख लिलादेवी लामिछाने खनालले शल्यक्रिया गर्नु पर्ने समस्या देखिएका महिलाहरुको उपचारको क्रममा काठमाण्डौं जाने आउने खर्च नगरपालिकाकाले सहयोग गर्ने बताईन ।

ग्रामिण भेगका महिलाहरु प्रजनन् स्वास्थ्य सम्बन्धि समस्याहरुमा खुलेर कुरा नगर्ने तथा प्रजनन् स्वास्थ्य सम्बन्धीत रोग तथा स्वास्थ्य समस्याका बारेमा खासै जानकार नरहेकै कारण बिभिन्न स्वास्थ्य समस्या भोगीरहेका छन । त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले क्लवले महिला प्रजनन् स्वास्य शिबिरको आयोजना गरेको क्लवका प्रेसिडेन्ट मनोज रेग्मिले बताए ।

२ दिने निशुल्क स्वास्थ्य शिबिरकको मिडिया पार्टनर लिड मिडिया नेटवर्कले गरेको थियो भने स्थानिय २ ओटा रेडियो निजगढ र मध्यतराई पनी मिडिया पार्टनरको रुपमा रहेका थिए ।

वनका कर्मचारीहरुको गस्ती टोलीले सर्लाहीको बेग्लाबेग्लै स्थानबाट तस्करीको काठसहित दुई जनालाई पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रबाट सालको काँचो गोलिया तस्करी गरिरहेका दुई जना पक्राउ परेका हुन्।

सागरनाथ वन विकास परियोजनाबाट खटिएको गस्ती टोलीले बिहीबार २७ दशमलव ७० क्यूविक फिट बराबरको ८ वटा सालको गोलियासहित दुई जना तस्करलाई पक्राउ गर्न सफल भएको हो।

सागरनाथ वन विकास परियोजनाबाट सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरीले जानकारी दिए।      

अनुसन्धान जारी रहेकाले तस्करको नाम भने खुलाइएको छैन। उनीहरूलाई लालबन्दीस्थित डिभिजन वन कार्यालयको हिरासतमा ल्याएर राखिएको छ। वन गस्ती टोलीले ५ थान साइकल, १ थान आरा र १ थान बन्चरोसमेत बरामद गरेको छ। तस्करीमा संलग्न केही व्‍यक्तसहरू भने भागेका छन्।

यस्तै, डिभिजन वन कार्यालय र सव-डिभिजन वन कार्यालय जानकीनगरबाट खटिएको वन कर्मचारीहरूको संयुक्त गस्ती टोलीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रबाट ४६ क्यूविक फिट बराबरको ८ थान नै सालको गोलिया बरामद गरेको छ। बुधबार राति १० बजेतिर सुराकी पाएर गएको वन गस्ती टोलीले घेरा हालेर पक्राउ गर्न खोजे पनि तस्कर काठ र साइकल छाडेर भाग्न सफल भएका छन्। काठ ओसार्न प्रयोग भएको ५ थान साइकल बरामद भएको छ। थाहा खबरबाट…

बाराको निजगढमा लायन्स क्लव अफ निजगढले निजगढ नगरपालीकासँगको सहकार्यमा आयोजना गरेको २ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच निजगढ नगरपालीकाका मेयर र उपमेयर सुरेश खनाल र लिलादेवी लामिछाने खनालले गमलामा पानी हालेर २६ र २७ गत्ते हुने निशुल्क महिला प्रजनन् स्वास्थ्य शिबिरको उद्घाटन गरेका हुन ।

वडा नम्बर ९ को प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा भएको शिविर उद्घाटन कार्यक्रममा लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज कुमार रेग्मीको सभापतीत्व रहेको थियो । नगरपालीकाका मेयर र उपमेयर प्रमुख तथा बिशिष्ठ अतिथी सँगै विशिष्ठ अतिथि डा.आशिष बस्नेत तथा अतिथीहरुमा सामुदायीक सेवा प्रतिष्ठानका महादेव बानियाँ, जोन चियर पर्सन लायन बिनोद खरेल, नेपाली कांग्रेस निजगढ नगर सभापति महेशी कुमार, राप्रपाकी नेत्री सावित्री देवि भारती, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, समाजसेवीहरु माला लामा, रवि दंगाल, बाग्देब दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, मेची महाकाली बुहारी आवाजको बारा संयोजक सावित्री बराल लगायतका ब्यक्तित्वहरु रहेका थिए ।

शिबिर उद्घाटन समारोहमा बोल्दै मेयर खनालले महिलाहरूमा प्रजनन् सम्बन्धी रोग लुकाकाउने परिपाटी रहेको र परिवार भित्रै खुलेर भन्न नसक्ने कारणले गर्दा समस्या हुने गरेको बताउँदै आँगनमै सुरु प्रविधि सहितको स्वास्थ्य शिविरमा आई स्वास्थ्य लाभ लिनका निम्ति सबै नगरवासिलाई अनुरोध समेत गर्नुभयो । त्यस्तै उपमेयर लिलादेवी खनालले लायन्स क्लव अफ निजगढ सिटीले स्वास्थ्य शिबिर आयोजना गरेकोमा धन्यवाद दिँदै निजगढ नगरमा महिलाहरुको लागि यस्ता शिबिरको आवश्यक रहेको र नगरपालिका मार्फत नै यसरी महिनाको एक पल्ट जाँच्न सकिने गरी तयारी थालीएको समेत जानकारी गराउनुभयो ।

क्लवले आयोजना गरेको पहिलो दिनको शिबिरमा १५३ जनाले सेवा लिएका छन । ति मध्ये अप्रेशन गर्नुपर्ने बिरामीहरूलाई काठमाडौं मेडिकल कलेजमा निशुल्क अप्रेशन गर्ने ब्यबस्था समेत मिलाईएको क्लवले बताएको छ । शिबिर शनिवार पनी बिहानैबाट सुरु हुने छ । शिबिरमा पहिचान भएका बिरामिहरुलाई औषधि पनि निशुल्क वितरण गरिने क्लवका पास्ट प्रेसिडेन्ट एवं कार्यक्रम संयोजक खड्ग प्रसाद उप्रतीले बताउनुभयो ।

२ दिने निशुल्क स्वास्थ्य शिबिरको मिडिया पार्टनरको रुपमा ‘लिड मिडिया नेटवर्क’ रहेको छ भने स्थानिय एफ.एम. ‘रेडियो निजगढ र मध्यतराइ’ पनी मिडिया पार्टनरको भुमिकामा रहेका छन ।

यहि मङ्सिर १६ गते बैवाहिक बन्धनमा बाँधिएका सर्लाहीको लालबन्दीका एक नवदम्पतीले शुक्रवार बालबालीकाका लागी शैक्षिक सामाग्री बितरण गरेका छन । नव दम्पती मनोज बख्रेल र सिर्जना बस्नेत बख्रेलले करिव ६५ जना बालबालीकाका लागी शैक्षिक सामाग्री बितरण गरेका हुन ।

बर्षेनी ‘सिर्जनात्मकताका लागि शैक्षिक सामाग्री’ अभियान सञ्चालन गर्ने योजना सहित नव दम्पतीले हरिवनमा रहेको ‘द्वन्द पिडित बालगृह घुर्कौलि’का ४५ जना र ‘सर्भिस फर पिस सुकेपोखरी’का २० जना स्कुल उमेरका बालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेका नव दुलाहा मनोज बख्रेलले लिड न्युज नेपाललाई बताए ।

शैक्षिक सामाग्री बितरण पश्चात बालबालीकासँग सामुहिक तस्विर खिचाउँदै बख्रेल दम्पती

बालबालीकाको शैक्षिक विकास र सिर्जनासिलता विकासका लागि शैक्षिक सामाग्री जस्तैः कापी, कलम, सिसाकलम लगाएतका शैक्षिक सामाग्री बितरण गरिएको नव दुलही सिर्जनाको भनाई छ ।

कुशल रेडियोकर्मी तथा लेखा ब्यबस्थापक समेत रहेका बख्रेल र लेखक तथा रचनाकार एवं परामर्श कर्ता बस्नेतले आगामी प्रत्येक बैवाहिक बर्ष गाँठबाट ब्यवस्थित रुपमा ‘सिर्जनात्मकताका लागि शैक्षिक सामाग्री’ कार्यक्रम र लेखन तथा सिर्जनात्मकता विकासका लागि ‘महिला सिर्जनात्मक सिर्जना बर्ष साहित्य पुरस्कार’ को घोषणा समेत गरेका छन । सो कार्यक्रम ‘सर्लाही साहित्य समाज’सँगको साझेदारीमा गरिने दुलाहा बख्रेलले जनाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।