२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

एशियाली फुटबल महासंघ (एफसी)ले विश्वकप फुटबल छनौटको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग खेल्नेछ।

यस्तै, अस्ट्रेलियासँग चैत १७ गते र जोर्डनसँग जेठ २४ गते खेल्ने छ। तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ। नेपाल छनोटको समूह बीमा रहेको छ। र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ। नेपालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो। नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसंग १–० ले गुमाएको थियो।

नेपालले प्रतियोगिताको संयोजकको रुपमा उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रीय सदस्य विजय घलेलाई जिम्मेवारी दिइसकेको छ। नेपालले विश्वकप छनौट खेल्ने खेल तालिका सार्वजनिक हुँदा टिम भने मुख्य प्रशिक्षकविहीन छ। मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन्। उनले बिहीबारमात्र राजीनामा दिएका थिए।

सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले शुक्रबार डोंगा पूजा गरेको छ । चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि शुक्रबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।

पूजामा उद्योगका सञ्चालक राजेश केडिया, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, उखु किसान नेताहरु राजकुमार उप्रेती, नेपाली कांग्रेस हरिवन सभापति रामशरण उप्रेती, उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल लगायत दर्जनौं किसानहरुको सहभागिता रहेको थियो ।

सरकारले उखुको मुल्य तोक्ने वितिकै उद्योग सञ्चालनमा ल्याईने उद्योग व्यवस्थापनले जनाएको छ । गतवर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको ईन्दुशंकरले यसवर्ष २० लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेको छ ।

रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज शुक्रवारदेखी सञ्चालन भएको छ । जिल्लाको कटहरिया नगरपालिका ८ पिप्रा पोखरीयामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज यस वर्षको लागि शुक्रवारदेखी सञ्चालनमा आएको हो ।

उद्योग सञ्चालनको लागि शुक्रवार मिलको ढोंगाको पुजा गरिएको छ । ढोंगाको पुजा भएसँगै यस वर्षको लागि मिलले विधिवत रुपमा उखु क्रसिङ गर्न सुरु शुरु गरेको छ । दुई वर्ष अघि सञ्चालनमा आएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजको दैनिक २५ हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता रहेको छ ।

यस वर्ष १० देखी १५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्यका साथ मिल शुक्रवारदेखी सञ्चालन गरिएको उद्योगपति बैजु बाबराले जानकारी दिए । रौतहटमा दुई वटा चिनी उद्योग रहेको छ । दुई वटामध्ये सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्स गरुडा गत वर्षदेखी बन्द रहेको छ ।

श्रीराम सुगर मिल्स बन्द हुँदा निरास भएका उखु किसानहरु बाबा बैजुनाथ सुगर मिल्स सञ्चालन भएपछि हर्षित भएका छन ।

रौतहट जिल्लाको कटहरिया नगरपालीका वडा नम्बर ५ का वडावासिका लागी शुक्रवार वडा कार्यालयले चेकबुक बितरण गरेको छ । वडाअध्यक्ष सर्फलाल प्रसाद गुप्ताले वडाका सामाजिक सुरक्षा भत्ता बुझ्ने एकल महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई नेपाल बैंक लिमिटेडको चेक बुक बितरण गर्नुभएको हो ।

वडाध्यक्ष गुप्ताका अनुसार चेकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्नुपर्ने राज्यको नियमानुसार सामाजिक सुरक्षा भत्ता बुझ्ने वडावासिका लागी चेक बुक बितरण गरिएको हो । बृद्धबृद्धा तथा अपाङ्गता भएका ब्यक्तिहरु बैंकसम्म पुग्न नसक्ने र कोरोना माहामारिको समयमा बैंकमा भिड गर्न नहुने भएका कारण सामाजिक सुरक्षा भत्ता बुझ्ने ब्यक्तिहरुलाई सुबिधा पु¥याउने उद्देश्यले बैंक मार्फत चेकबुक बुझि वडा कार्यालय मार्फत बितरण गरिएको हो ।

वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, बिधुवा, पुर्ण र आंशिक अपांग गरि जम्मा ३८२ जना रहेका छन । नेपाली कांग्रेस पार्टिबाट बिजयी भएका वडाध्यक्ष गुप्ताले वडा कार्यालयलाई डिजिटल वडा बनाउन तर्फ आफु लागीरहेको बताउनु भएको छ ।

वडावासिको काम गर्दै वडा सचिव र सहयोगी नबिन यादव

गुप्ताले कम्प्युटर लगाएत वडामा आवश्यक सामाग्रीहरु खरिद गरिसकिएको र जडान तथा केहि प्राबिधिक काम गर्न बाँकी रहेकोले वडामा अनलाईन मार्फत काम गर्न केहि ढिला भएको बताउनुभयो ।

वडामा कम्प्युटर सिस्टम नभएको तथा कम्प्युटर चलाउन जान्ने दक्ष कर्मचारि नभएका कारण पनी वडावासिलाई छिटो छरितो सेवा पु¥याउन समस्या भईरहेको वडा सचिव बच्चेलाल साहले गुनासो गर्नुभयो ।

दरबन्दी अनुसारको अधिकृत नहुँदा रौतहटको अधिकांश स्थानीयतह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको छ । नेपाल सरकारले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव र गाँउपालिकाको हकमा शाखा अधिकृतका दरबन्दीको व्यवस्था गरे पनि रौतहटका अधिकांश स्थानीय तहहरुमा उपसचिव तथा अधिकृतभन्दा तल्लो तहका कर्मचारीहरु निमित प्रमुखको रुपमा काम गरिरहेका छन ।

नियामनुसार नगरपालिकाको प्रमुख हाकिम उपसचिव र गाउँपालिकाको प्रमुख हाकिम शाखा अधिकृत बन्ने व्यस्था भएपनि जिल्लाका अधिकांश पालिकामा प्रमुख प्रशासकीय र शाखा अधिकृतको दरबन्दी हुन नसक्दा निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै प्रमुख हाकिम बनेर कार्यालय सञ्चालन गरिरहेको देखिएको छ ।

रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तहहरु रहेको छ, जसमध्ये एक गौर नगरपालिकामा मात्रै दरबन्दी अनुसार उपसचिवले काम गर्न पाएका छन । बाँकी रहेको जिल्लाको १५ नगरपालिका र २ गाँउपालिकामा अझै दरबन्दी अनुसारको कर्मचारी आउन सकेका छैनन् ।

दरबन्दी अनुसारको अनुभव भएका कर्मचारीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जीम्मेवारी दिँदा नीती, नीयम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै रौतहटका जनप्रतिनिधीहरुले आफु अनुकुलका कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकिय अधिकृत भन्दै हाकिम बनाउने गरेका छन । दरबन्दी अनुसारको कर्मचारी आउँदा निति नियम अनुसार काम गर्ने भएकोले जनप्रतिनिधिहरुले आफुले सोचे जस्तो बजेट खर्च गर्न पाउँदैनन्, त्यसैको डरले यहाँका जनप्रतिनिधिहरुले आफु अनुकुलका लेखापाल, खरिदार, नायव सुब्बा, ईन्जिनियर लगाएत तल्लो तहका कर्मचारीलाई पालिकाको प्रमुख कर्मचारी बनाएर राखेका छन । जनप्रतिनिधिहरुको यस्तो गैर कानुनी कार्यले जिल्लाका स्थानीय तहहरुमा भ्रष्टाचारको चरम सिमा नाघेको छ ।

आफु अनुकुलका तल्लो तहका कर्मचारीहरुलाई नै पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत बनाएर आफ्नो मनपर्दी बजेट खर्च गर्न जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दी अनुसारको सरुवा भएर आउने कर्मचारीहरुलाई हाजिर नै हुन नदिने गरेका छन । दरबन्दी अनुसारको कर्मचारी आउँदा उनीहरुलाई हाजिर हुनै नदिने र तल्लो तहका कर्मचारीहरु निमित्त प्रमुख प्रशासकिय अधिकृत बनेर रजाइँ गर्ने प्रवृतिले रौतहटको स्थानिय तहमा अत्यधिक रुपमा भ्रष्टाचार मौलाएको छ ।

एक मृत प्राध्यापक र सञ्चालनमै नरहेका संस्थाहरूको प्रयोगमार्फत् १५ वर्षदेखि कम्तिमा ७५० भन्दा बढी जाली सञ्चारमाध्यमले भारतीय स्वार्थका लागि विश्वव्यापी रूपमा अफवाह फैलाइरहेको एक अनुसन्धानले खुलासा गरेको छ।

जाली समाचार प्रवाह गर्ने सञ्चारमाध्यमको यो सञ्जालले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनहरुका पितामध्येका एक मानिने प्राध्यापक लुइस बी सोनको परिचय चोरेको अनुसन्धानले जनाएको छ । सोनको ९२ वर्षको उमेरमा सन् २००६ मै निधन भइसकेको छ । 

यो सञ्जाल मुख्यतः ‘अन्तर्राष्ट्रियस्तरमा पाकिस्तानलाई बदनाम गराउन’ स्थापना गरिएको बताइएको छ । र, यसका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (यूएनएचआरसी) र यूरोपियन युनियनका नीति निर्मातालाई प्रभावित तुल्याउने सञ्जालको रणनीति रहेको पाइएको छ ।

“यो अहिलेसम्म हामीले खुलासा गरेको सबैभन्दा ठूलो यसखाले सञ्जाल हो”, युरोपियन युनियनका डिस्इन्फोल्याबका कार्यकारी निर्देशक एलेक्जान्द्रे एलाफिलिप्पेले भने ।  

यो सञ्जालको सोझो सम्बन्ध भारत सरकारसँग रहेको प्रमाण भने फेला परिसकेको छैन । सञ्जालले जाली सञ्चार सामग्रीहरू उत्पादनका लागि भारतको सबैभन्दा ठूलो समाचार एजेन्सी एशियन न्यूज इन्टरन्याशनल (एएनआई)को सहयोग लिने गरेको देखिएको छ । 

बेल्जियमको राजधानी ब्रसेल्सस्थित यूरोपियन युनियनको मुख्यालयबाट गरिएको यो अनुसन्धान टोलीले गएको वर्ष नै विश्वका ६५ विभिन्न देशबाट भारत समर्थित वेबसाइटहरू सञ्चालन भइरहेको पत्ता लगाएका थिए, जसलाई नयाँदिल्लीस्थित श्रीवास्तव ग्रुप (एसजी)को मातहतमा रहेको थियो ।

‘इन्डियन क्रोनिकल्स’ शीर्षकमा सार्वजनिक गरिएको यो अनुसन्धानमा अहिले पनि विश्वका कम्तिमा ११६ देशमा एसजी कम्पनीका गतिविधि सञ्चालन भइरहेको छ । सञ्जालले यूरोपेली संसदका विधायकहरू र संयुक्त राष्ट्रसंघलाई मुख्य निशाना बनाइरहेका छन् । 

अनुसन्धानका क्रममा एसजी कम्पनि र संयुक्त राष्ट्रसंघले मान्यता दिएका १० वटा गैरसरकारी संस्थाको सम्बन्ध पुष्टि भएको छ । यी र यस्ता थुप्रै संस्था जो भारतीय स्वार्थका खातिर अन्तर्राष्ट्रियस्तरमा पाकिस्तानलाई सदैंव आलोचना गर्दै आइरहेको पनि बताइएको छ । 

एसजीले सन् २००५ को अन्त्यतिर आफ्नो काम थालनी गरेको थियो । यसको केही महीनापछि अहिलेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् गठन भएको थियो । 

एसजीको सञ्जालसँग जोडिएको एउटा गैरसरकारी संस्थाको नामले भने अनुसन्धानकर्ताहरू चकित भएका छन् । कमिसन टु स्टडी द अर्गनाइजेसन अफ पिस (सीएसओपी) नामक यो संस्था सन् १९३० मा स्थापना भएको थियो । यो संस्थाले सन् १९७५ मा संयुक्त राष्ट्रसंघबाट मान्यता पाएको थियो तर त्यसपछि यो निष्क्रिय थियो । 

प्राध्यापक लुइस बी सोन यही संस्थाका पूर्व सभापति थिए, जो अन्तर्राष्ट्रिय कानूनका विद्वानका साथै ३९ वर्षसम्म हावर्ड ल फ्याकल्टीका सदस्यसमेत रहेका थिए । एसजी सञ्जालले सोनले सीएसओपीको सहभागीका रुपमा सन् २००७ मा र २०११ मा यूएनएचआरसीको कार्यक्रममा भाग लिएको उल्लेख गरिएको छ । तर, सोनको निधन २००६ मै भइसकेको थियो ।  

अनुसन्धानमा सञ्जालले प्राध्यापक सोनको परिचय चोरेर गलत कार्यमा दुरुपयोग भइरहेको पनि बताएका छन् ।  

को हुन् श्रीवास्तव ? 

अनुसन्धान टोलीले एसजी कम्पनिका मुख्य सञ्चालक अंकित श्रीवास्तव रहेको, उनको र उनको संस्थाहरुको स्वामित्वमा भएका इमेलमार्फत ४०० भन्दा बढी डोमेन खरीद गरिएको खुलासा पनि गरेको छ । एसजीको दिल्लीस्थित कार्यालयका गेटमा भने इन्डियन इन्स्च्यिुट फर नन्–अलाइन्ड स्टडिज एण्ड न्यू दिल्ली टाइम्स लेखिएको छ । 

एसजीले अग्लाया नामको कम्पनि पनि खरीद गरेको पाइएको छ । गएको फेब्रुअरीदेखि सञ्चालनमा नरहेको यो कम्पनिले यसअघि आफ्नो विज्ञापनमा ‘ह्याकिङ/स्पाइ टुल्स’ र ‘इन्फर्मेसन वारफेयर सर्भिसेज’ उपलब्ध गराउने जानकारी राखेको थियो । 

सन् २०१७ मा फोब्र्स म्यागाजिनसँगको अन्तर्वार्तामा अग्लायाका अंकुर श्रीवास्तवले आफूले आफ्ना उत्पादन ‘भारतीय गुप्तचर एजेन्सीहरुलाई मात्र बिक्री गर्ने’ बताएको थिए । 

अंकुर र अंकितको सम्बन्धबारे थप नखुले पनि यी व्यक्ति एकै अंकित श्रीवास्तव नै भएको अनुसन्धानको दाबी छ । 

डा.प्रमिला श्रीवास्तव यो प्रकरणमा जोडिने तेस्रो नाम हो, जो ग्रुपकी प्रमुख र अंकितकी आमा हुन् । अनुसन्धान टोलीले सन् २००९ मा यूएनएचआरसीको जेनेभास्थित मुख्यालयमा भ्रणहत्याबारे मन्तव्य दिन पञ्जाबबाट निमन्त्रणा गरिएकी डा.हरसिन्दर कौरले ‘आफूलाई भारतकी वरिष्ठ सरकारी अधिकारी डा.पी श्रीवास्तव भन्दैं त्यस्तो मन्तव्य नदिन धम्क्याएको’ बताएको पनि उल्लेख गरेको छ । 

बीबीसीले एसजी सञ्जालबारे प्रतिक्रियाका लागि भारत सरकार, अंकित श्रीवास्तवलाई पटकपटक आग्रह गरेको तर कुनै प्रतिक्रिया नआएको जनाएको छ । 

(बीबीसीको सहयोगमा)

तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथाको भाईरसलाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन।

सुनसरीको ईनर्वा नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत अशोक मेहताले सर्लाहीको गोडैता नगरापलिका ३ निवासी पूजा कुमारी कुशवाह सँग आदर्श विवाह गरेका हुन । सदरमुकाम मंलगवामा एक समारोहका बिच दुलहा मेहता र दुलही कुशवाह हिन्दू परम्पराअनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन।

सर्लाही गोडैता नगरपालिका वार्ड नं. ३ (हाल मलंगवा नगरपालिका वार्ड नं ९) निवासी राजिनन्द महतो र इन्द्रा कुशवाहा को दोस्रो सन्तानको रूपमा जन्मिएकी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वार्ड नं. २ देवानगंज निवासी विन्दा देवी मेहता र हरिलाल मेहताको चौथो सन्तानको रूपमा जन्मिएका अशोक मेहता बैवाहिक बन्धनमा बाँधिएका हुन । मधेसमा जकडिएर रहेको दाइजो प्रथालाई निर्मुल पार्न र समाजलाई आदर्श समाजको रुपमा रुपान्तरण गर्न दाईजो प्रथा जस्तो विकृतिलाई निरुत्साहित गर्नु आवश्यकता रहेको कारण आफूले विना दाईजो बिहे गरेको लेखाअधिकृत मेहताले बताए। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसमा दाईजो प्रथा मौलाउँदै जानु र शिक्षित, पढेलेखेका यूवाले नै दाईजो प्रथालाई प्रोत्साहित गर्नु दुर्भाग्य रहेको बताउँदै यस्ता समाजि विकृति र विसंगतिलाई निमूल पार्नका लागि यूवाहरुले नै भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

मधेसमा विपन्न देखि सम्पन्न परिवारिक पृष्ठभूमि भएका युवाले नै विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको मोटो दहेज मागले समाज अक्रान्त बनिरहेको बेला निजामती सेवा राजपत्रांकित तृतीय श्रेणी इनर्वा नगरपालिकाका लेखा अधिकृत पदमा कार्यरत ज्वाई अशोक मेहताले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश गएको दुलहीका मामा सुनिल कुमार कुशवाहाले बताए। यो आदर्श विवाहसँगै मेरो परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्न हामीले आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका छौं भन्दै यसलाई निकट भविष्यमा पनि निरन्तरता दिने प्रयासमा रहने उनको भनाई छ ।

सरकारले दाईजो प्रथा अन्त्यका लागि विभिन्न कानुन ल्याएपनि मधेसमा दाईजो प्रथामा थोरै पनि कमि हुन सकेको छैन। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसी समाजमा पढेलेखेका र जागिरे भएका यूवाहरुबाट नै मोटो दाईजो लिएर बिहे गर्ने काॠ भईरहेको छ। मोटो दाईजो दिनुपर्ने डरले अभिभावकहरुले छोरिलाई राम्रो शिक्षा दीक्षा दिन बाट बन्चित गराई कलिलै उमेरमा विवाह गरिदिने गरेका छन ।

अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको बिबिसीले जनाएको छ।

अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्। उनी एक महिला अधिकारकर्मीसमेत थिइन्। यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो।

प्रान्तीय गभर्नरका प्रवक्ता अट्टाओल्लाह खोगियानीले स्थानिय मिडियालाई बताए अनुसार पत्रकार माइवन्डमाथि गोली हान्नेहरू त्यस क्षेत्रबाट फरार भइसकेका छन्। अधिकारकर्मी समेत रहेकी माइवन्डले केही समय अघि अफगानिस्तानमा महिला पत्रकार हुँदा आउने चुनौतीहरूका बारेमा बोलेकी थिइन्।

अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा विशेषगरी अभियान्ता, पत्रकार र राजनितिक व्यक्तित्वहरूमाथि लक्षित छन्। अफगानिस्तानकै पहिलो महिला निर्देशक सबा शहारमाथि काबुलमा गोली प्रहार भएको थियो। तर उनी त्यस आक्रमणबाट जोगिन सफल भइन्।

सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।

डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीन बजे देखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।

म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।

डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच पर्सामा समायोजन बैठक सम्पन भएको छ । रामचन्द्र चतुर्वेदिको संयोजकत्वमा बैठक बसेको हो ।

बैठकमा सह–अध्यक्ष अन्गद ठाकुर, केन्द्रीय सदस्य सम्भु चौरसियाले पार्टी समायोजन बारेमा चर्चा गर्नुका साथै देशको हालको अवस्थाको बारेमा पनी समिक्षा गरेका थिए । उनिहरुले अब देशमा राजा ल्याउनुको बिकल्प नभएको जिकिर गरे ।

बैठकमा प्रभात काब्य यात्राका अध्यक्ष तथा कबि अरुण बिक्रम शाहले पार्टी र नेपाल को झण्डाको बारेमा कबिता वाचन गर्नु भएको थियो । पार्टीका जिल्ला उपाध्यक्ष अवध साह तथा पार्टीका नगर अध्यक्ष जलेश्वर सरार्फ लगायतले पार्टी र राजसंस्थाको बारेमा चर्चा चर्चा गर्दै पार्टिको समायोजनको बिषयमा प्रस्ट्याएका थिए ।

बैठकमा पार्टिका केन्द्रिय सदस्य शम्भु चौरसियाले आजको मितिबाटै दुई पार्टि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच पर्सा एकिकरण भएको घोषणा गर्नुभएको थियो । बैठकको सहजिकरण पार्टीका जिल्ला सचिव अजय पौडेलले गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।