क्षितिज विश्वकर्मा
लालबन्दी, २४ चैत । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका केही विद्यालयमा युट्युबर तथा अन्य व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गरी पठनपाठन सञ्चालन भइरहेको समयमा अनुमति बिना भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको मनोबल घट्नुका साथै शैक्षिक वातावरणमा नकारात्मक असर परेको उल्लेख गरेको छ । सामुदायिक विद्यालयहरूले यस सम्बन्धमा नगरपालिकामा निवेदन दिएपछि विषयमा छलफल गरिएको जनाइएको छ ।
विज्ञप्तिमा वास्तविक तथ्य नबुझी भ्रामक ढंगले भिडियो प्रसारण गर्नु कानुनविपरीत कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ । साथै विद्यालयको शैक्षिक गतिविधि शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग सहयोगको अनुरोध गरिएको छ ।
लालबन्दी ९ मा रहेको जनज्योती माध्यमिक विद्यालयमा हिजो एक युट्युबरले आएर विद्यार्थीसँग शुल्क लिएको भन्दै रिपोर्टिङ गरेका थिए । उनको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ । भिडियो भाईरल भएपछि यसको पक्ष र विपक्षमा बिभिन्न टिकाटिप्पणि भईरहेको छ । युट्युबरले भिडियोमा जनज्योति स्कुलका प्रधानाध्यापक, अभिभावक लगाएतसँग अन्तरवार्ता लिएका थिए ।
विद्यालयका प्रधानाध्यापक विष्णु पोखरेलका अनुसार उनले रिपोर्टिङका क्रममा आफुसँग पनि अन्तरवार्ता लिईएको भएपनि सबै काटेर विवाद सिर्जना गर्ने खाल्को बाईट मात्रै राखेर सामाजिक संजालमा प्रशारण गरिएको छ । बिहिबार नगरपालिकास्थित नगर प्रमुखको कार्यकक्षमा बसेको प्रधानाध्यापकहरुको बैठकले अबदेखि विद्यालयमा त्यस्ता व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने र प्रवेश गर्नुे पर्ने भए अनुमति लिएर सौहार्दपूर्ण वातावरणमा रिपोर्टिङ गर्न प्रेरित गर्ने सहमति भएको छ ।
आजै मात्रै पनि लालबन्दी २ जुटपानीमा रहेको नवजिवन विद्याश्रममा केहि व्यक्तिहरु प्रवेश गरि अनावश्यक सोधपुछ गरेको र पछि बुझ्न खोज्दा आफुहरु सिडियो कार्यालयबाट आएको भन्दै शंकास्पद गतिविधि गरेको आरोपमा विद्यालय प्रशासनले प्रहरीको सहारा लिनु परेको बताईएको छ । विद्यालयका प्रधानाध्यापक भल बहादुर अधिकारीका अनुसार आफुलाई कहिले सिडियो कार्यालय मलंगवा, कहिले जलेश्वरको चौथो तहको कर्मचारी भन्दै धाक धम्कि दिई अनावश्यक सोधपुछ गर्दै गरेको अवस्थामा शंका लागी ईलाका प्रहरी कार्यालयमा खबर गरिएको र प्रहरीले उनिहरलाई पक्राउ गरेको छ । सिडियो कार्यालयमा बुझ्दा त्यो नामको कर्मचारी कार्यालयमा नरहेको जानकारी पाएपछि प्रहरीको सहारा लिनुपरपेको प्रधानाध्यापक अधिकारीले बताए ।
विद्यार्थी भर्ना हुने समयमा यस्ता खालका तत्वहरु सक्रिय हुनु र भ्रम सिर्जना खोज्नु गलत भएको नगरपालिकाको बुझाई छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले यस्ता खालका गतिविधिलाई निरुत्साहित गर्नु जरुरि रहेको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय लालबन्दी नगरपालिका शिक्षा र स्वास्थ्यको हवको रुपमा विकाश हुँदै गएको छ ।
यस्तो वेलामा यो खाल्को गतिविधिले प्रश्रय पाउनु नहुने यहाँका कतिपयको बुझाई छ ।

नवलपुर, १५ बैशाख । सर्लाहीको लालबन्दी १ नवलपुरमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा संयुक्त दलित नगर संजाल लालबन्दीको आयोजनामा ३ दिने व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
साविक वडा नम्बर ८ स्थित धर्मशाला/सार्वजनिक भवनमा भएको तालिममा वडा नम्बर १ का ३० जना दलित समुदायका युवा युवतिको सहभागीता रहेको थियो । पत्रकार श्रवण थापा प्रशिक्षक रहेको तालिममा प्रशिक्षार्थीहरुलाई अरुको सामुन्ने कसरी प्रस्तुत हुने, प्रभावकारी सञ्चारको भुमिका, आवश्यकता, आफुलाई परिस्कृत गर्नु किन जरुरि रहेको छ ?, अहिलेको युगमा सञ्चार सिपको महत्व लगाएतको विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

आज मंगलबार समापन गरिएको कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम आफुहरुका लागी अत्यन्तै राम्रो र महत्वपूर्ण लागेको प्रतिकृया दिएका थिए । समापन समारोहमा आफ्नो प्रतिकृया दिँदै प्रशिक्षार्थी शुसिल विश्वकर्माले तालिम अत्यन्तै प्रभावकारी भएको र यो ज्ञान जीवनभर काम लाग्ने खाल्को भएको बताए । उनले यो तालिम अत्यन्तै छोटो लागेको बताउँदै आगामि दिनमा यस्ता खाल्को तालिमको अवधि लम्ब्याईदिने प्रवन्ध मिलाईदिन आयोजकसँग अनुरोध गरेका थिए । त्यसैगरि अर्कि प्रशिक्षार्थी साधना पासवानले तालिमले आफुलाई बोल्ने शैली, हाउभाउ, प्रतिकृयाले जीवनमा कति महत्व राख्ने रहेछ भन्ने बुझाएको बताईन । उनले सञ्चारसिपको आवश्यकता हामि सबैलाई भएको बताईन ।

आयोजक संस्थाका अध्यक्ष विनोद कुमार विश्वकर्माको अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष हरिहर भट्टराईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टराईले दलित समुदायले आफुलाई परिस्कृत गर्नुपर्ने बेला आएको बताए । शिक्षा नै सबैभन्दा ठुलो हतियार भएको भन्दै उनले यस्ता तालिममा सिकेका ज्ञान, सिपलाई ब्यवहारमा उतार्न अनुरोध समेत गरे । वडाध्यक्ष भट्टराईले आगामि आर्थीक वर्षमा पनि दलित समुदायका लागी आफुले अनिवार्य बजेट विनियोजन गर्ने बताउँदै अब गर्ने कार्यक्रमको योजना आफुलाई उपलब्ध गराउन आग्रह गरे ।
कार्यक्रममा लालबन्दी नगरपालिकाको मेड्पा शाखाका बरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदी, वडा न्यायीक समिती संयोजक दिनेश प्रसाद मैनाली लगाएतको उपस्थिती रहेको थियो ।

लालबन्दी, ११ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका-३, जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको छ ।
सरकारले बनाएको निर्देशिका पालना गरी आज एक समारोहका बिच मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको हो । यसका लागि विगत दुई वर्षदेखि वडा कार्यालय, नगरपालिका, बाल संरक्षण संस्था र राधा पौडेल फाउण्डेसनले सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेका थिए ।
अभियान सञ्चालनपश्चात महिनावारी हुँदा महिलालाई कुनै प्रकारको विभेद वा छुवाछुत नगर्ने, घर, समुदाय र विद्यालयमा छलफल गर्ने, महिला, पुरुष दुवैले महिनावारीबारे खुलेरै बोल्ने, विद्यालय तथा कार्यालयहरु महिनावारीमैत्री बनाउने, सचेतनामूलक भित्ते लेखन गर्नेसहितका कार्य गरी मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले बताईन् । जब्दीस्थित बाल क्लबकी शिवानी चौधरीले घर तथा समुदायमा महिनावारी हुँदा कुनै प्रकारको विभेद नरहेको बताइन् ।

पाठेघरको विकाससँगै महिनावारी हुनु प्राकृतिक प्रक्रिया रहेको भनी सबै सचेत रहेकाले महिनावारी हुँदा कुनै प्रकारको छेकबार नरहेको चौधरीको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि एवं सर्लाही क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीले महिनावारी हुँदा बार्ने भन्दा पनि सरसफाई गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिईन् ।
त्यस्तै मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरले आफूहरुको समुदायमा महिनावारी हुँदा बार्ने र विभेद गर्ने चलन नै नरहेको बताईन् । वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघिय सांसद नितिमा कार्की, मधेश प्रदेश सांसद बेची लुंगेली, नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललगायतको आतिथ्यता रहेको थियो ।
लालबन्दीमा वडा नं. ३ जब्दीपछि अब वडा नं. ९ बस्तीपुर र वडा नं. १० चन्द्रपुरलाई पनि मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न वडा, पालिका र सङ्घसंस्थाले संयुक्त रुपमा सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् ।

लालबन्दी, ११ बैशाख । सर्लाहीको लालबन्दी ९ का ५० बिपन्न परिवारले निशुल्क राति सुत्दा प्रयोग गरिने झुल प्राप्त गरेका छन । नेपाल भारत मैत्री संघ उपशाखा लालबन्दीले उनिहरुलाई झुल प्रदान गरेको हो ।
संघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार बढ्दो गर्मी र लामखुट्टेको समस्यालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई राहत पुगोस् भन्ने उद्देश्यले झुल वितरण गरिएको हो । सो कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । आफुहरुलाई मौसम र समयको आधारमा अत्यावश्यक समयमा झुल प्रदान गरेकोमा त्यहाँका बिपन्न स्थानियले खुसि हुँदै दाताप्रति धन्यवादसहित कृतज्ञता प्रकट गरेका थिए ।
नेपाल भारत मैत्री संघ उपशाखा लालबन्दीले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ । संघले शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । आगामी दिनहरुमा पनि यस्ता समुदाय केन्द्रित कार्यक्रमहरुले निरन्तरता पाउने संघले जनाएको छ ।
हरिवन, ११ बैशाख । HELVATS Nepal को आर्थिक सहयोग, काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोग तथा हरिवन नगरपालिका र वागमती सेवा समाज नेपालको संयुक्त आयोजनामा ‘हाम्रो शहर परियोजना’ अन्तर्गत जलवायु परिवर्तन नीति, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाहीको नयाँरोडस्थित होलि डे ईन होटलमा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष कोकिलानन्द उप्रेती, १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनाली, वडा सदस्यहरु, वडा सचिव तथा विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन ‘हाम्रो शहर परियोजना’ का कार्यक्रम संयोजक रजनिश सिंहले गरेका थिए भने स्वागत मन्तव्य वागमती सेवा समाज नेपालका अध्यक्ष प्रविणा भण्डारीले राखेकि थिईन ।
कार्यक्रम पुष्कर घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा हरिवन वडा नं. ११ का कार्यपालिका सदस्य श्री गीता राउत तथा श्रम तथा रोजगार शाखा प्रमुखले आ–आफ्नो संक्षिप्त भनाइ राखेका थिए ।
समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत फुयालले जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका कार्यक्रममा सहभागी हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

लालबन्दी, १० बैशाख । सर्लाहीको लालबन्दी १५ स्थित पुष्पलाल स्मृति पार्कमा बिहिबार काठमाण्डौँ विश्वविद्यालय (के.यु) ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं विश्व विद्यालयले लालबन्दी नगरपालिका १६ भोर्लेनीमा निर्माण गर्न लागेको स्कुल अफ एग्रीकल्चर (कृषि क्याम्पस) का पछिल्ला प्रगति र गतिविधि लगाएत विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
लालबन्दी नगरपालिकाको सहजिकरण र विश्व विद्यालयको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको विश्व विद्यालयका उप–प्राध्यापक गोकर्ण पौडेलले बताए । कार्यक्रममा क्याम्पसको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक जग्गा प्राप्ति गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइ.इ.इ.) को सम्वन्धमा जानकारी गराईएको थियो ।
लालबन्दी नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
सुनुवाईमा वक्ताहरूले लालबन्दी नगरभित्र कृषि क्याम्पस स्थापना हुनु स्थानीयका लागि गौरवको विषय भएको उल्लेख गर्दै परियोजनालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनीहरूले यस क्याम्पसले सर्लाहीसहित आसपासका जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रका विद्यार्थीलाई उच्चस्तरीय कृषि शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख अधिकारीका अनुसार क्याम्पस स्थापना गर्न क्षेत्रभित्र पर्ने करिब ७ बिगाहा ७ कठ्ठा १३ धुर नदी उकास जग्गा उपयोग गर्ने योजना बनाइएको छ । सो क्षेत्र करिब ४.८८ हेक्टर राष्ट्रिय वन क्षेत्रमा पर्ने भएकाले कानुनी प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य गरिएको हो । आवश्यक बजेट व्यवस्थापन, जग्गा प्राप्ति तथा अन्य प्रशासनिक प्रक्रिया टुंग्याउन आफूले प्रदेश र संघीय सरकारसँग निरन्तर पहल गरिरहेको नगर प्रमुख अधिकारीले बताए ।
त्यस्तै प्रतिनिधिसभा सदस्य कार्कीले प्रस्तावित क्याम्पस क्षेत्रको स्थलगत निरीक्षण गर्दै परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमका तस्बिरहरु…





लालबन्दी, १० बैशाख । सर्लाहीको लालबन्दीमा महिलाहरुका लागी निःशुल्क केश श्रृंगार (ब्युटि पार्लर) तालिम सुरु भएको छ । व्यावसायिक सीप विकास तालिम केन्द्र, जनकपुरको आयोजना र उद्योग वाणिज्य संघ लालबन्दीको सहजीकरणमा लालबन्दीका २० जना महिलाहरुका लागी ३९० घण्टे तालिम सुरु गरिएको हो ।
उद्योग वाणिज्य संघ, लालबन्दीका अध्यक्ष महेश कुमार महतोको अध्यक्षतामा तथा संघका संस्थापक अध्यक्ष देवीबन्धु थापाको प्रमुख आतिथ्यतामा बुधबार तालिमको औपचारिक उद्घाटन गरिएको हो । तालिममार्फत सहभागी महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने मुख्य उद्देश्य राखिएको अध्यक्ष महतोले बताए । तालिममा केश कटिङ, हेयर स्टाइलिङ लगाएत शृङ्गारसँग सम्बन्धित व्यावसायिक ज्ञान तथा सीप सिकाइनेछ ।
तालिममा सहभागी महिलाहरूलाई व्यवहारिक अभ्यासमा जोड दिइने भएकाले उनीहरूले तालिमपछि तुरुन्तै काम गर्न सक्ने आयोजकले विश्वास लिएको छ । तालिमले लालबन्दी क्षेत्रका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
तालिम उद्योग वाणिज्य संघ लालबन्दीकै सभाहलमा सञ्चालन हुने भएको छ । पछिल्लो समय उद्योग वाणिज्य संघ लालबन्दीले ब्यवसायीक रुपमा ब्यवसायी तथा नगरवासिको समृद्धिको लागी बिभिन्न क्षेत्र तथा संस्थासँग समन्वय गरि बिभिन्नखाले कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
आज वि.सं. २०८३ वैशाख ०५ गते शनिवार तदनुसार ई. सं. २०२६ अप्रिल १८ तारिख, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२७, शाके १९४८, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६२, हिजरी सं. १४४७ :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो, तर घरायसी वातावरण प्रतिकूल बन्नाले घरिघरि निराशाका भावना आउनसक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन÷दिन सकिने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके/ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ ।
बयलवास, ०५ बैशाख । नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकसँग रहेको वारुणयन्त्र (दमकल) संचालनका लागि ईश्वरपुर नगरपालिकाले साझेदारी गरेको छ ।
मधेश प्रदेश सरकारले गत वर्ष नेपाली सेनालाई एउटा वारुणयन्त्र प्रदान गरेको थियो । सो वारुणयन्त्र पाँचकुमारी ब्यारेकमा राखेर यस क्षेत्रमा आगलागी हुँदा परिचालन गर्ने गरिएको छ ।
चैत २३ गते बसेको जिल्ला विपत् व्यवस्थापन समिति सर्लाहीको बैठकले नेपाली सेनाको ब्यारेकमा नै रहने गरी कालिध्वज गण र ईश्वरपुर नगरपालिकाले आपसी समन्वय र सहकार्यमा वारुणयन्त्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अन्य पालिकालाई आवश्यक परेको खण्डमा ईश्वरपुर नगरपालिकासँग समन्वय गरी बजेट साझेदारीमार्फत सञ्चालन एवं प्रयोगमा ल्याउने उक्त निर्णयमा उल्लेख गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय बमोजिम ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी उमेश खड्काले हिजाे शुक्रबार मातातिर्थ औँसिको उपलक्ष्यमा बयलवासस्थित नगरपालिका कार्यालय परिसरमा वारुणयन्त्र सञ्चालनका लागि साझेदारी गरिएको औपचारिक घोषणा गरेका त्यहाँबाट नाथुराम चौधरीले जानकारी दिए ।
अब वारुणयन्त्रमा आवश्यक पर्ने इन्धन तथा मर्मत सम्भारका लागि ईश्वरपुर नगरपालिकाले सहयोग गर्नेभएको छ ।
यसअघि हरिवन नगरपालिकासँग पनि वारुणयन्त्र संचालन गर्न ईश्वरपुर नगरपालिकाले साझेदारी गरेपनि सो दमकल जेनजी आन्दोलनमा जलाइएपछि थन्किएको छ ।
सर्लाही, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा ठाकुर उपसभामुख निर्वाचित भएकी हुन् । बैठकमा सांसद आरेन राईले राखेको ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका थिए ।
प्रस्तावको पक्षमा २२९ मत परेका थिए। त्यस्तै, विक्षक्षमा पाँच मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा २२ मत परेका थिए । प्रतितिधि सभाको आजको बैठकमा २५६ सांसद उपस्थित रहेका थिए ।
उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले मत दिएका थिए ।
विपक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेकपा (एमाले)का सांसदले मत दिएनन् ।
यसअघि सभामुख अर्यालले राप्रपा सांसद सरस्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । राप्रपा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रस्तावमा निर्वाचन हुँदा पक्षमा पाँच मत खसेका थिए। राप्रपाका सांसदले मत दिएका थिए ।
प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए । रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए। एमालेका सांसदले दुवै उम्मेदवारलाई मत दिइएनन् ।
उपसभामुखमा निर्वाचित भएकी ठाकुर श्रम संस्कृति पार्टीकी सांसद हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन् ।