२०८३ भाद्र ६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ६ शनिबार

रौतहटको २ छुट्टा छुट्टै स्थानमा मंगलवार नेपाली कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको छ । रौतहटको गुजारा नगरपालीका र कटहरिया नगरपालीकामा केहि समय अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरिले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको हो ।

बैठकले नेकपा सरकारको बिरुद्धमा सदरमुकाम गौरमा यहि मंसिर २९ गत्ते बृहत बिरोध प्रदर्शन गर्ने सम्बन्धमा छलफल गरेको कांगेस निकट श्रोतले बताएको छ । कांग्रेसले अहिलेको सरकारले मनपरि सासन गर्न खोजेको, हत्या, हिंसा, मंहगी तथा कालाबजारि नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार र घुसखोरिमा सरकार लिप्त रहेको भन्दै सदरमुकाम गौरमा बृहत बिरोध ¥याली तथा आन्दोलनको तयारि गरेको हो ।

गुजारा नगरपालीकामा नगरसभापती कुमार प्रसाद चौलागाईंको सभापतीत्व तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला सदस्य मोहिबुल हक, मेयर प्रत्यासि शेख दाउद, उप–मेयर प्रत्यासि रत्न लामा, वडाध्यक्ष पवन गीरि लगाएतको सहभागीतामा बिरोध कार्यक्रमलाई कसरि बृहत रुपमा सफल बनाउने लगाएतको बिषयमा छलफल भएको थियो ।

त्यसैगरि कटहरिया नगरपालीकामा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यता तथा नगरसभापती सर्फलाल प्रसाद गुप्ताको सभापतित्वमा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला सदस्य वाल्मिकी यादव, प्रदेश २ शिक्षक संघका उपाध्यक्ष राम मंगल प्रसाद यादव, अजय प्रकास जयसवाल, शिक्षक संघ रौतहटका पुर्व सचिव कपिलदेव प्रसाद यादव, वडाध्यक्ष शम्भुकान्त प्रसाद यादव, वडाप्रत्यासि दिपलाल यादव, वडा नम्बर ३ का सभापती हरिन्द्र यादव, निबर्तमान केन्द्रिय सदस्य राजाबाबु जयसवाल, क्षेत्रिय सदस्य शंकरदास बनिया, कोषाध्यक्ष बच्चालाल यादव, वडाप्रत्यासि सहिद मिया, क्षेत्रिय सचिव रामविर ठाकुर, वडा सभापती रामअयोध्या यादव, हृदय नारायण यादव लगाएतको सहभागीता रहेको क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभयो ।

नेपाली कांग्रेसले हालको नेकपा सरकारको रबैयाको बिरुद्धमा मंसिर २९ गते देशब्यापि बिरोधको कार्यक्रम गर्दै छ । कांगे्रसका बरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न तनहुँ स्थित गृहनगर दमौली पुगेका बेला मंसिर १७ गत्ते बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो । व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको बिरोधमा कांग्रेसले बिरोधका बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

पुलको नेता पौडेलले नै १८ गत्ते बिहिवार उद्घाटन गरेका थिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणले दक्षिण एशियाली राष्ट्रमध्ये भारतमा सबैभन्दा धेरै अर्थात् समग्रमा ३९ प्रतिशतसम्म घुसखोरी हुने गरेको देखाएको छ । अन्यत्रको तुलनामा एशियाली देशमा सबैभन्दा बढी घुस खुवाउने प्रचलन रहेको र सार्वजनिक निकाय तथा सरकारी कार्यालयको काम ४६ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा फत्ते गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा ५० प्रतिशत नागरिकले सार्वजनिक निकायबाट कुनै पनि काम गराउँदा घुुस दिने गरेको र ३२ प्रतिशतले व्यक्तिगत चिनजानको अभावमा आफ्नो काम नभएको समेत बताएका छन् । इन्टरनेशनलले एशियाली १७ वटा मुलुकका २० हजार जनामा करिब एक वर्ष लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्य देखिएको हो । यस क्रममा ती देशका प्रहरी, अदालत, सार्वजनिक अस्पताल र टेण्डर प्रक्रियामा सहभागी सार्वजनिक निकायलाई समेटिएको थियो ।

भारतमा प्रहरीसँग सम्पर्कमा आएका ४२ प्रतिशतले घुस खुवाउनुपरेको बताएका छन् भने ४१ प्रतिशतले अतिरिक्त रकम नबुझाएसम्म प्रहरीले नियमानुसार दिनुपर्ने वा फिर्ता गर्नुपर्ने कागजातसमेत नदिने गरेको बताएका छन् । त्यसैगरी व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा काम गर्नेमध्ये प्रहरीमा ३९ प्रतिशत, टेण्डर प्रक्रियामा ४२ प्रतिशत र अदालतमा ३८ प्रतिशत मानिस देखिएका छन् । अन्य सरकारी तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न घुस खुवाउनुपर्ने चलन भारतमा अझै पनि महामारीझैँ फैलिरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।

अहिले विश्वका घुस लेनदेन र भ्रष्टाचार हुने १ सय ८० राष्ट्रमध्ये भारत ८० औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणमा नेपालका ५८ प्रतिशत र थाइल्याण्डका ५५ प्रतिशत नागरिकले आफ्नो मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएको पनि उल्लेख गरिएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।

आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए । उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।

यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले बताए ।

निर्माण सम्पन्न भएको टर्मिनल भवनको आज उदघाटन गरिदैछ । उदघाटन गर्नका लागि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनकपुरधाम पुगिसकेका छन् ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार रौतहटको कटहरिया नगरपालीकामा ¥याली तथा दिप प्रज्वलन गरिएको छ ।

ईस्लामिक रिलिफ युएसएको आर्थीक सहयोग, ईस्लामिक रिलिफ नेपालको प्राबिधिक सहयोग तथा ग्रामिण बिकास केन्द्र आरडिसि नेपालको आयोजना र कटहरिया नगरपालीकाको संयोजनमा लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार दिउँसो कटहरिया नगरपालीकामा कार्यक्रम गरिएको हो ।

नगरपालीकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा गठित बाल संरक्षण समितीका पदाधिकारिहरु, कटहरिया मा.बि.र त्रिशक्ति बोर्डिङ स्कुलका बिद्यार्थी, नगरपालीकाका मेयर शियाराम कुसवाह, उपमेयर नुरजहाँ खातुन तथा कार्यपालीका सदस्यहरु सँगै नेपाल पुलीस, शसस्त्र तथा जिल्लामा रहेको महिलासेल समेतको सहभागीतामा सोमबार दिउँसो ¥याली गरिएको हो । सो ¥याली कटहरिया नगरपालीकाबाट सुरु भई, बहादुरपुर, बलिरामपुर समेतको परिक्रमा पश्चात तराई मधेस प्रतिष्ठानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमको उपमेयर खातुनले अध्यक्षता गर्नुभएको थियो भने मेयर कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि सशस्त्र प्रहरि बल दुधियाभारका ईन्स्पेक्टर चामन नारायण महतो, ईलाका प्रहरि कार्यालय कटहरियाका सई लतिफ अन्सारि, महिला तथा बालबालीका सेलकी फुलमाया, आरडिसि प्रमुख पारस हुसेन, ममता झा, फिरोज लगाएतको आतिथ्यता रहेको थियो ।

त्यसैगरि साँझ कटहरिया बजारस्थित बिवाहमण्डप अगाडि दिप प्रज्वलन गरिएको छ । नगरपालीकाकी उप–प्रमुख नुरजहाँ खातुनले पहिलो मैन बत्ति बालेर दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवशरमा समाज सेवी यूवा नेता नसरूदिन अन्सारी, वडा अध्यक्षहरु हरिभजन साह, ननदलाल हजरा, सुखल राय, समाज सेवी रविरञ्जन यादव लगाएत स्थानिय भद्रभलाद्मी तथा सचेत बर्गले मैनबत्ति बालेर सहभागीता जनाएका थिए ।

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ परेका छन् । कृषि कानुनको विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी हुन कन्नौज जाँदै गर्दा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव पक्राउ परेका हुन् । प्रशासनले पहिले लखनउमा उनको घरबाहिर बन्देज लगाएको थियो त्यसपछि अखिलेश नजिकै धर्नामा बसेका थिए ।

अखिलेशले प्रशासनले आफ्ना गाडीहरु जफत गरेको आरोप लगाएका छन् । हिरासतमा लिएपछि उनलाई इको गार्डेन पठाइँदैछ जहाँ उनलाई कस्टडीमा राखिनेछ । अखिलेसको घरअगाडि सडकमा प्रशासनले अवरोध गरेपछि उनी पैदल हिँडेका थिए । अखिलेसले आफ्ना कार्यकर्ताले कैयौं जिल्लामा गिरफ्तारी दिएको बताए ।

रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी मो.महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महतावलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका महतावलाई नेपाल भारत सिमानामा पर्ने रौतहटको बौधिमाई नगरपालीका ७ स्थित बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरि कार्यालय सुचना संकलन तथा सम्प्रेषण शाखा प्रदेश २ ले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका महतावले आफ्नो दाई मो.अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले बिष्फोटमा परि मृत्यु तथा घाईते भएकाहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको स्विकार गरेको खुलेको र थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते साँझ राजपुर नगरपालीका ४ साबिकको राजपुर फरदहवा गाबिस ४ स्थित शेख ईद्रिसको गोठमा बिष्फोटक पदार्थ भण्डारण गरि बम बनाउने क्रममा बिस्फोट हुँदा घाईते यमुनामाई गाउपालीका ४, साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।

उक्त घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी काठमाडौस्थित नक्खु कारागारमा जेल सजाय भोगी रहेका छन । पुर्बमंन्त्रि अफताब आलम र उनका भाई महताव आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो ।

उक्त घटनामा प्रहरीको अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन् ।

बाराको निजगढमा सोमबार ‘राजा आउ, देश बचाउ’ भन्दै नाराबाजी र मोटरसाईकल ¥याली भएको छ । राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीको संयोजनमा स्वतस्फुर्त रुपमा जम्मा भएका युवाहरुले नाराबाजी सँगै मोटरसाईकल ¥याली गरेका हुन ।

जिल्लाका बिभिन्न स्थानबाट जम्मा भएका युवाहरुले निजगढको बुद्ध चोकबाट सुरु गरेको जुलुस तथा ¥याली लच्का सम्म पुगी पुनः शहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘राजतन्त्र जिन्दावाद, हिन्दुराष्ट्र कायम गरौँ, गणतन्त्र धोका हो, राजा आउ देश बचाउ’ लगाएतका नारा लगाएका थिए ।

कोणसभामा राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीका संयोजक सुजन तिमल्सिना, गौसंरक्षण निजगढ शाखाका अध्यक्ष बासुदेव तिमल्सिना, एटिएफ संयोजक सन्तोष राजावादिले सम्बोधन गरेका थिए ।

बारामा कोरोना संक्रमित एक महिला को मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकि ७१ बर्षिय संक्रमितको मृत्यु भएको हो ।

संक्रमितलाई निमोनिया र श्वासप्रश्वासमा समस्या भए पछी उपचारको लागि वयोधा हस्पिटल लगिएको थियो । मङ्सिर १६ गते उनको रिपोर्ट पोजेटिभ आए पछि थप उपचारका लागि कोभिड अस्पताल नेशनल मेडिकल कलेज (बाबा) होटेलको आइसोलेसन वार्डमा भर्ना भएका थिइन् ।

उनको उपचारको क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिएका छन् ।

भारत सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उत्रिएका भारतीय किसानहरुप्रति ऐक्यबद्धता जनाउँदै मध्य लण्डनमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । आइतबार लण्डनको भारतीय हाइ कमिशनअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई पुलिसले कोरोनाभाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगका सजाय हुन सक्ने चेतावनी दिँदै प्रदर्शनकारीलाई फर्किन आग्रह गरेको थियो । डेलीमेलका अनुसार एक जनालाई पक्राउ समेत गरिएको छ ।

शिख युके फेडरेशनले प्रदर्शनको भिडियो ट्वीट गरेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु इण्डियन हाइ कमिशनअगाडि झण्डा लिएर नाराबाजी गरिरहेका देखिएका छन् । प्रदर्शनकारीहरुले भारतीय किसानको समर्थनमा प्लेकार्डहरु बोकेका थिए । उनहिरुले भारतीय प्रधानमन्त्रीले भारतीय किसानहरुलाई बेचेको आरोप समेत लगाएका थिए । हजारौं भारतीय किसानहरुले भारत सरकारले ल्याएको नयाँ कृषि कानुन फिर्ता लिन माग गर्दै दिल्लीमा प्रदर्शन सुरु गरेपछि यसको प्रभाव लण्डनसम्म पुगेको हो । DCNepal.com

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।