नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो ।
पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् ।
यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै गएको २४ घण्टामा नौ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।
भारतिय सिमासँग जोडिएको रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको रौतहटको गौर नाका विहिवारबाट खुल्ला भएको छ । कोरोना भाइरस रोकथामका लागि विगत ९ महिनादेखी बन्द रहेको गौर बैरगनिया नाका विहिवारबाट खुलेको हो ।
नाका खुलेसँगै नेपाल र भारत दुवै देशका नागरिक पहिला जस्तै एक अर्काे देशमा सहज ढंगले आवतजावत गर्न थालेका छन ।

रौतहटको प्रमुख नाकाको रुपमा रहेको गौर भन्सार नाकाबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिले जस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै गौर नाकामा केहि दिन देखी निरन्तर आन्दोलन हुँदै आएको थियो । कोरोनाको कहर अब पहिला जस्तो नरहेपनि कोरोनाको बहानामा सरकारले लामो समयदेखी सिमा नाका बन्द गरेर सर्वसाधारणहरुलाई दुःख दिने काम मात्र गरेको भन्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो ।
बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गरेर राख्नु उचित नभएकोले जसरी पनि सिमा नाका खोल्नुपर्ने माग उठदै आएको अवस्थालाई मध्य नजर गर्दै सिमा नाका खुल्ला गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । तत्कालका लागी शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जन्तीका गाडीहरु मात्र आवत जावत गर्नका लागि नाका खोलिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभएको छ ।
परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।
परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए । आव २०७५-७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।
त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ । एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ । पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन् ।
रौतहटको चन्द्रपुर नगरपालीका ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको बार्षिक उत्सव बुधवार सम्पन्न भएको छ । प्रदेश २ कै उत्कृष्ठ सहकारी संस्थाको रुपमा परिचित नव बिकाश बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औँ स्थपना दिवस मनाएको हो ।
‘समना शक्ति बिकाशको लागी, सद्भाबपुर्ण सहकार्य’ भन्ने मुल नाराका साथ स्थापना भएको १३ बर्ष पुरा भएको उपलक्ष्यमा सहकारी संस्थाले स्थापना दिवश मनाएको हो । दिवश कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले बचत तथा ऋण सहकारी संस्थाहरुको बिकासको लागी जुनसुकै सहयोग गर्न तत्पर रहेको बताएकी थिइन । सहकारीको मुल्य मान्यता र मर्म अनुसार नै नब विकास साकोसले काम गरेको कारण नै प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा घोषित समेत भएको अध्यक्ष नेपालले बताइन् । रौतहटमा रहेको सबै सहकारी संस्थाहरुको आर्थिक, समाजिक र कर्मचारीहरुको क्षमता विकासका लागी सहयोग गर्न संघ तत्पर रहेको भन्दै अध्यक्ष नेपालले संस्थाको बार्षिक उत्सवको अवशरमा सुभकामना प्रदान गरेकी थिइन ।
यसैगरी सोही संस्थाका संस्थापक अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष खड्ग बहादुर बम्जनले नव विकास सहकारी प्रदेश मै उत्कृष्ठ हुनुले खुशी तुल्याएको बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बराल, नव विकास साकोसका सल्लाहकार दुर्गा प्रसाद चिमोरिया लगायतले संस्थाको सफलताको शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देब बहादुर सापकोटाले सहकारीको भावना अनुसार नै चलेको हुदा नव विकास साकोस प्रदेश मै उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको बताएका थिए । संचालक तथा कर्मचारीहरुले निस्वार्थ रुपमा काम गरेको र नेपाल सरकारले बनाएको निति अनुसार नै चलेको हुदा बिगत ३ बर्ष देखी नव विकास सहकारी संस्था प्रदेश २ मै उत्कृष्ठ हुन पुगेको अध्यक्ष सापकोटाले लिड न्युज नेपाललाई जानकारी दिए ।
जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ।
१४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो।
उनी आठ महिनाअघि पक्राउ परेका थिए। छोरीलाई बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि ३० चैतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
मकवानपुरकै ती पुरुषले आफ्नी पत्नीले आत्महत्या गरेपछि छोरीलाई बलात्कार गर्न थालेका अनुसन्धानबाट खुलेको छ। उनले चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका थिए।
नयाँ मुलुकी संहिता अनुसार जबर्जस्ती करणीमा १२ वर्ष र हाडनाता करणीमा २५ वर्ष गरी उनलाई ३७ वर्ष कैद सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।
२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।
२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भयो । हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइयो । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरे । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।
- यी ठाउँमा आक्रमण
पाँचतारे होटल ताज महलको शिरमा लागेको आगोको तस्विर १२ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा ताजै छ । गेटवे अफ इन्डिया नजिकैको १ सय वर्षभन्दा पुरानो भवनलाई कब्जामा लिएर आतंकवादीहरुले आगो लगाइदिएका थिए । मुुम्बईको आन–बान–शान भनिने होटल ताजमहल विदेशी पर्यटकहरुमाझ निकै लोकप्रिय छ । यहाँबाट समूद्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यस होटलमा धेरै मानिसहरुले डिनर गरिरहेका बेला अचानक अन्धाधुन्ध गोली चलेको थियो, सरकारी तथ्याङ्कअनुसार यहाँ ३१ मानिस मारिए र झन्डै ६० घण्टाको कारबाहीमा सुरक्षाकर्मीहरुले चारजना आतंककारीलाई मारे ।

त्यस्तै, भारतको सबैभन्दा व्यस्त रेलवे स्टेशनहरुमध्येको एक छत्रपति शिवाजी टर्मिनसमा पनि आक्रमण भयो । यहाँ ठूलो सङ्ख्यामा यात्रुुहरु उपस्थित थिए । जाँच अधिकारीहरुका अनुसार यहाँ आतंककारी अजमल आमिर कसाब र इस्माइल खानले गोलाबारी गरेका थिए । उनीहरु दुुबैले अन्धाधुन्ध गोली चलाउँदा ५८ जनाको मृत्युु भयो ।
- अस्पतालमा पनि हमला
मुुम्बई पुलिसका अनुसार चार हमलाकारीले एक प्रहरी भ्यानलाई नै अपहरण गरे, अनि यसपछि लगातार गोली चलाए । यस दौरान हमलाकारीहरु कामा अस्पतालमा पनि घुसे । मुुम्बई शहरको चर्चित काम अस्पताल एक च्यारिटेबल अस्पताल हो, जसको निर्माण एक धनाढ्य व्यापारीले सन् १८८० मा गरेका थिए । कामा अस्पतालबाहिर भएको मुठभेडमा आंतकवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरे, मुम्बई पुलिसका अशोक काम्टे र विजय सालस्कर मारिए ।
- ओबराय होटलमा बन्दीमाथि चल्यो गोली
ओबराय होटल भारतका व्यापारीक घरानाहरुमाझ लोकप्रिय छ । यस पाँचतारे होटलमा पनि हमलाकारीहरु गोलाबारुदसहित पुुगेका थिए । आक्रमणको समय यहाँ साढे तीन सयभन्दा धेरै मानिसहरु रहेको अनुमान गरिन्छ । हमलाकारीले यहाँ केही मानिसहरुलाई बन्धक बनाएका थिए । एनएसजीका जवानहरुले यहाँ दुईजना हमलाकारीलाई मारे, तर त्यसअघि नै हमलाकारीहरुले ३२ जना निर्दोषको ज्यान लिइसकेका थिए ।
- लियोपोल्ड क्याफेमा के भयो ?
मुुम्बई पुलिस र अनुसन्धान अधिकारीहरुका अनुसार हमलाकारीहरु दुई–दुई गुटमा बाँडिएका थिए । लियोपोल्ड क्याफेमा पुगेका दुई आतंकवादीहरुले यहाँ अचानक अन्धाधुन्ध गोली चलाउन थाले । यो क्याफे विदेशी पर्यटकहरुमाझ निकै लोकप्रिय थियो । यस क्याफेमा १० जनाको मृत्यु भयो ।
हमलाकारीहरुले शहरको नरीमन हाउसलाई पनि निशाना बनाए । नरीमन हाउसलाई चबाद लुुबाविच सेन्टर भनेर पनि चिनिन्छ । यहाँ पनि हमलाकारीहरुल धेरै मानिसलाई बन्धक बनाएका थिए । जुुन भवनमा आतंकवादी घुुसेका थिए, त्यो यहूदीहरुलाई सहयोग गर्नका लागि बनाइएको एक सेन्टर थियो । यहाँ प्रायः यहूदी पर्यटक बस्ने गर्दथे ।
- चर्कियो भारत–पाकिस्तान विवाद
यस हमलाको विश्वव्यापी रुपमा निन्दा भएको थियो । पाकिस्तानले पनि भत्र्सना ग¥यो । तर, सुस्त रुपमा सुध्रदैं गएको भारत–पाकिस्तान सम्बन्धमा यस घटनाले ठूलो दरार निम्त्यायो । घटनामा बाँचेका एकमात्रै व्यक्ति अजमल कसाब पाकिस्तानी थिए । आक्रमणकारीहरु पाकिस्तानबाट आएको र उनीहरुलाई सञ्चालन गर्ने व्यक्ति पाकस्तानमै रहेको आरोप भारत सरकारले लगायो । तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले आफ्नो भौगोलिक अखण्डता कायम राख्नका लागि भारतले पाकिस्तानका आतंकवादी शिविरहरुमा आक्रमण गर्नसक्ने घोषणा गरे । यस घटनाको केही दिनभित्रै ( डिसम्ेबर ७, २००८) लस्कर ए तोयबाका नेता तथा घटनाका योजनाकारमध्ये एक मानिएका जाकिउर रहमान लक्भी पाकिस्तानमा पक्राउ परे । यद्यपी, १० अप्रिल २०१५ मा उनी जमानतमा रिहा भए ।
रातोपाटिबाट…
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । म्याराडोनाले मस्तिष्कमा रगत जमेपछि तीन हप्ता अघि शल्यक्रिया गरेका थिए ।
आर्जेन्टिनालाई विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनी ३७ बर्षको उमेरसम्म व्यवसायिक खेल खेलिरहेका थिए ।
म्याराडोना विश्वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको सूचना अनुसार उनको घरमै हृदयघातका कारण निधन भएको हो । शल्याक्रिया गरेको ३ हप्तापछि निधन भएको बताइएको छ ।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो । त्यसबेला विश्व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो । त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए ।
यद्यपि म्याराडोनाले हातले गोल हानेको कुरा जितको घोषणापछि मात्रै थाहा भयो । जुन गोललाई म्याराडोनाले ‘ईश्वरको हात’ भनिदिए । जुन घटना र प्रसंग अझै विश्व फुटबल इतिहासमा स्मरणीय मानिन्छ ।
त्यसपछिका केही वर्षमा अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ । तर पनि उनी बारम्बार खेलमा प्रतिबन्धित हुनुका साथै अत्याधिक लागूऔषध सेवनका कारण सुधारगृहमा समेत बस्नु परेको थियो ।
१९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनु परेको थियो । २००४ मा फेरि स्वासप्रस्वास तथा लागूऔषध सेवनबाट उत्पन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उनको उपचार गरियो ।
पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए । त्यसबेला उनले अर्जेन्टिनाले विश्वकप जितेमा नांगै हिँड्ने अभिव्यक्ति दिएका थिए । तर दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिना सेमी फाइनलमा पनि प्रवेश गर्न पाएन ।
आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।
तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।
तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् । तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ ।
तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ । शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् ।
दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् । तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ । शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् ।
तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ । शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।
तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ । तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ ।
दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्।
मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर भएको थियो ।
अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४८५ पुरुष र ३५० महिला गरेर ८३५ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
रौतहटमा लागुऔषध गाँजा सहित प्रहरिले एक बृद्धलाई पक्राउ गरेको छ । बुधवार बिहान जिल्लाको माधवनारायण नगरपालीका १ दिपहि स्थित सडकबाट प्रहरिले सोहि ठाउँका ६० बर्षिय जोखु राय यादवलाई पक्राउ गरेको हो ।
गाँजा लिएर जाँदै गरेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय शिवनगरबाट गएको टोलीले सडकमा आवत जावत गर्ने मानीस तथा सवारिलाई चेकजाँच गर्ने क्रममा साईकलमा जाँदै गरेका यादवलाई प्रहरिले पक्रेको हो ।
पक्राउ परेका यादवले साईकलमा पछाडि बोरामा बाँधि ल्याएको ४ केजि गाँजा सहित उनलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।