२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

आज शनिबार छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन ।

सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्ने गरिन्छ । यस बर्ष कोरोना महामारीका कारण नदी तथा तलाउका घाटहरुमा ब्रतालुहरुको न्यून उपस्थिति रह्यो ।

शुक्रबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि मात्रै छठको समापन गर्ने गर्दछन् ।

यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।

भारतबाट सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि अर्को छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन् । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।

कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । जनरल वेई पहिलो वरीयताका चिनियाँ स्टेट काउन्सिलर हुन् । तर, विदेशमन्त्री रहेका वाङ यी तेस्रो वरीयताको स्टेट काउन्सिलर हुन् । उच्च कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणका वेला घोषणा भएको रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा छलफलका लागि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो । 

भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । उनी १२ मंसिरमा फर्कनेछन् । उनी फर्केको पर्सिपल्ट १४ मंसिरमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ । यद्यपि, शुक्रबार अबेरसम्म भारतीय विदेशसचिव तथा चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे नेपाल, भारत र चीन कसैले पनि मिति सार्वजनिक गरेका छैनन् । 

विश्वकै सबैभन्दा खतरनाक संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ ।

अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ ।

पाकिस्तान र अफगानिस्तानका श्रोतहरुलाई उदृत गर्दै नेता जवाहिरीको मृत्यु भएको समाचार अरब न्युजले प्रकाशित गरेको छ । अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए ।

अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २५० मिलियनको पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सो संगठनको प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए ।

उनी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए ।

 एन्ड्रोइड अपरेटिङ सिस्टम गोप्य र सुरक्षित छैन भन्ने कुरा कसैबाट लुकेको छैन । यो एकदमै कस्टमाइज्ड प्लेटफर्म भएको कारण धेरै मोबाइल प्रयोगकर्ताले अझै यसलाई मन पराउँछन् । गुगल डेभलपमेन्ट टिमले समय समयमा सुरक्षा सुनिश्चितताका लागि काम गर्दै अइरहेको छ । यद्यपि समयसमयमा यसको साइटमा विभिन्न कमजोरीहरु भने देखा पर्दै आएका छन् । 

केही समयअघिकाे एउटा रिपोर्टमा एन्ड्रोइडको सहायक सिस्टम गम्भीर रुपले कमजोर रहेको कुरा उल्लेख थियो । तर प्रयोगकर्ताका लागि सुखद खबर के छ भने यो समस्यालाई सेक्युरिटी प्याचबाट समाधान गर्न सकिन्छ ।

एन्ड्रोइडको एट अरियो तथा एन्ड्रोइड नाइन पाइमा त्यस्तो समस्या देखिएको थियो । ब्लुटुथ कनेक्टिभीटीको माध्यमबाट नजिकै रहेको एउटा रिमोट अट्याकरले केही आर्बिटोरी कोड घुसाउन सफल भएको पाइएको छ । प्रयोगकर्ताको जानकारी बिना नै यस किसिमको जोखिम आउन सक्छ ।

अट्याकरलाई ओपन ब्लुटुथ कनेक्सन प्लस युजर इन्ट्ररएक्सन बिनाको ब्लुटुथ म्याक एड्रेस चाहिन्छ । यस्तो अवस्थामा उनीहरुले तपाईंको डिभाइसमा भाइरस फैलाउनुका साथै व्यक्तिगत डेटा पनि चोरी गर्न पनि सक्छन् । एन्ड्रोइड टेनमा यस्तो कमजोरी देखिएको छैन तर यसअघिको एन्ड्रोइड एट र नाइन भने प्रभावित हुनसक्छ ।

यस्तो संमवेदनशीलता अर्थात जोखिमबाट बच्न एन्ड्रोइड एट र एन्ड्रोइड नाइनका लागि फेब्रुअरी २०२० मा सेक्युरिटी प्याच प्रयोग गर्न सुभाव दिइएको थियाे । यसअलावा डिभाइसलाई सुरक्षा दिन अन्य सुरक्षा उपाय पनि अपनाउन सकिन्छ । त्यसको उत्कृष्ट उपाय भनेको फोन वा ट्याबलेटलाई नन डिसकभरेबल बनाउनु हो ।

त्यसो त डिभाइसहरु ब्लुटुथ स्कयानिङबाट डिस्कभर हुन्छन्, तर पुराना डिभाइसहरु अझ चाँडै डिस्कभर हुन्छन् । आवश्यकता नभएको समयमा ब्लुटुथबाट चल्ने हेडफोनहरु पनि टर्न अफ गरेर नन डिस्कभरेबल बनाउनुपर्ने हुन्छ ।

२०५९ सालमा ओखलढुंगामा जन्मनुभएकी अञ्जना सुवेदी हाल सर्लाहीको बागमती नगरपालीका वडा नम्बर ५ राजघाटमा बस्नुहुन्छ । रत्नराज्य लक्ष्मि क्याम्पस काठमाण्डौँमा अध्ययनरत सुवेदी पेसाले सञ्चारकर्मि हुनुहुन्छ ।

पत्रकारिता क्षेत्रमा अगाडि बढ्दै गर्नुभएकी सुवेदीले हालसम्म संख्यात्मक रुपमा ३० ओटा जती गजल तथा ५० को हाराहारिमा मुक्तक सृजना गरिसक्नुभएको छ । मिजासिलो स्वभावकी सुवेदीका गजल तथा मुक्तकमा बिशेष किसिमका भावहरु झल्किएका हुन्छन । उनै सुवेदीको ६ वटा मुक्तकहरु पाठक माझ पस्कँदै छौँ ।

१. मन टोलाउँछ अचेल तिम्रै यादमा
हुनुपर्छ भन्नै छैन सँधै साथमा,
सबैसँग मन साटेर एक्लो नबनाउनु
थमाइदेउ मेरो जिवन तिम्रै हातमा ।

२. आफ्नो ठाने आफ्नै हुन्छु नत्र पराइको
बन्लाउ प्यारा राजिभए ज्वाईं तराईको,
आँसु जति मेरै अंश हाँसो तिम्रै पेवा भयो
कागज बरु गराई ल्याउँला बसाइँसराइको ।

३. तिमी चमार म बाहुनी हाम्रो जात मिल्दैन
भागि जाउँ त भन्छौ कसैको साथ मिल्दैन,
मनका सास्ती मनभित्र दबाएर हाँस्न खोज्दा
बाउ आमा सम्झन्छु समाजको नि बात मिल्दैन ।

४. हो मैले मेरो दिललाइ पत्थर बनाएकै हो
प्रश्न मायाको धोकालाइ उत्तर बनाएकै हो
सुनामी लहर बनेर आएको तिम्रो मायालाई,
छेकेर खोलाको सुख्खा बगर बनाएकै हो ।

५. हेर्दा सानो झुप्रो भित्र दरबार भइसकेछ
मन परेकै मान्छेको घरबार भइसकेछ
माया लाउन अत्तालिनु हुन्न भन्दा भन्दै,
हामी दुईलाइ छुटाउने खबरदार भइसकेछ ।

६. तिम्ले पठाएको पत्रमा कसैको हस्ताक्षर हुनु भएन
जिन्दगीको सवाल छ दिलमा केरकार हुनु भएन
बहुमतले पारित गर्ने संबिधान हो र ! हाम्रो माया.?
निजी मामिलामा कसैको सरोकार हुनु भएन ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत वडा नम्बर ८ मा आज शुक्रबार छठ घाटको नवनिर्मित ट्रष्ट भवन उद्घाटन गरिएको छ ।

वडाको बलुवा टोलमा वडाध्यक्ष नबद राय यादव सहितका ब्यक्तिहरुले संयुक्त रुपमा नवनिर्मित भवन उद्घाटन गरेका हुन । करिब १०१ फिट लम्बाइ र ३८ फिट चौडाइ भएको भवनको उद्घाटन गरिएको हो । पुर्व गा.बि.स. उपाध्यक्ष किशोरी राय यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीको रूपमा वडा अध्यक्ष नवद राय यादबले रिबन काटी भवन उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपस्थित करिब ७० जनालाई गम्छा ओढाइ स्वागत तथा सम्मान गरिएको थियो । छठ गर्ने ब्रतालुहरु लाइ खुला आकाश मुनि बस्न समस्या हुने भएपछि र गाउँ वासीको चाहना अनुसार सो भवन निमार्ण गरि उदघाटन गरिएको वडाध्यक्षका सहयोगी रविरंजन यादवले जानकारी दिए ।

भवन निर्माणको काम छठको आसपासमा सम्पन्न भएको बताईएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको कात्तिक २७ गते बसेको बैठकले सुक्खा बन्दगाह भन्सार कार्यालय सिर्सिया, पर्सा विस्तारको लागि सुक्खा बन्दारगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीको बीचमा रहेको करिब ६२ बिघा क्षेत्रफलको जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल प्रहरीको शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक ,समूहको अन्तरष्ट्रिय विकास संस्थावाट प्रस्तावित १५ करोड अमेरिकि डलर करिब १८ अर्ब रुपैयाँ बरावरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदले सहलगानी सम्बनधी कार्यविधि २०७७ ,व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ स्वीकृत गर्ने लगायत १५ निर्णय गरेको छ ।

नेपालमा शुक्रबार थप १९४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९४५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख १६ हजार ९६५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ९१ हजार २ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३४० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख ४३ हजार ८९९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७५३ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २४ हजार ६६५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको आज बिशेष दिन रहेको छ । आज अस्ताउँदो सुर्यलाई अघ्र्य दिइँदै छ ।

यसै शिलशिलामा रौतहटको सबैभन्दा पुरानो बजार कटहरिया बजारमा किनमेल गर्नेको बिहानै देखि भिडभाड बढेको छ । ब्रतालुहरु बिहानै देखि छठ पुजाको समान खरिद गर्नका लागी कटहरिया बजारमा पुगेका हुन । जिल्लाका अन्य ठाउँमा पनी बजार लाग्ने गरेको भएता पनी सस्तोमा समान पाईने भएका कारण यहाँ ग्राहकको भिड लाग्ने गरेको जानकारहरु बताउँछन ।

यहाँ छिमेकी जिल्लाबाट समेत किनमेलका लागी ग्राहकहरु आउने गरेका छन । जिल्लाकै पुरानो बजारमा ग्राहकको रुचि अनुसारको समान र दाम सस्तो रहेकै कारण ग्राहकको यहाँ भिड लाग्ने गरेको हो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बिहिवार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज शुक्रवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधवारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।