- क्षितिज विश्वकर्मा
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज (बिहिवार) पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो (बुधवार) ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् ।
चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।
पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेसीमूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वतेमूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको पाइएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्ग सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।
रौतहट प्रहरिले यहि मंसिर २ गते मंगलवार पक्राउ गरेको ११ पोका कपडालाई बुधवार राजस्व अनुुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।
मंगलवार राती करिव ९ बजेको समयमा रौतहट प्रहरिले गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना३च ८८६५ नम्बरको पिकअप भ्यानमा लैजाँदै गरेको ११ पोका कपडा बरामद गरेको थियो । भ्यानमा कपडा रहेको सुचनाको आधारमा गरुडा नगरपालीका ५ को शिवनगरमा चेकजाँच गर्ने क्रममा भ्याट बिल रभएको कपडा बरामद गरेको हो ।

चन्द्रनिगाहपुरको बिभिन्न पसलमा पु¥याउनका लागी राजदेवि नगरपालीका वडा नम्बर ९ बस्ने २० बर्षिय मुकेश कुमार दासले चलाएको भ्यान रोकी चेकजाँच गर्ने क्रममा पल्वी जेनरल सप्लायर्सले पठाएको ११ पोका कपडाको भ्याट बिल नभएको भेटिएपछि अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ । गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ ।
करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा गुलाबी, रातो, खैरो वा प्याजी जस्ता रङ्गका धर्सा बस्न सक्छ । यस्ता, धर्साका कारण महिलाहरुलाई सौन्दर्य समस्या पर्न सक्छ । त्यसले यसका लागि घरमै औषधि बनाउन सकिन्छ ।
किन हुन्छ ‘स्ट्रेच मास्र्क’
–गर्भवती भएको समयमा पेट बढ्ने र तौल बढ्ने कारण
–हर्मोनमा आउने परिवर्तन
केमिकलयुक्त क्रिम
बजारमा थुप्रै प्रकारका क्रिमहरु भेटिन्छन् । बजारमा पाइने यस्ता स्ट्रेच मास्र्क हटाउने क्रिमहरुमा केमिकलको मात्रा प्रसस्थ हुन्छ । यसले झनै छालामा नोक्सान पुर्याउँछ ।
घरमै बनाउनुस् यस्तो तेल
जोजोबा तेल–२०० ग्राम
भिटामिन ई क्याप्सुल–३
शिया बटर – १० ग्राम
ल्याभेन्डर एसेन्शियल तेल – १० थोपा
बनाउने तरिका
माथि दिइएका तेललाई एउटा प्यानमा मिसाएर हल्का तातो बनाउने । र यसमा शिया बटर हालेर मन्द तापमा केही समय पकाउने । त्यसपछि तेल राम्रोसँग पाकेपछि त्यसलाई चिसो बनाउने र बोतलमा हालेर राख्ने ।
कसरी प्रयोग गर्ने ?
स्ट्रेच माक्र्स भएको ठाउँमा तयार भएको तेल लगाएर हल्का मसाज गर्ने । त्यसको ३० मिनेटसम्म तेल सोसिन दिने । त्यसपछि ताजा पानीले नुहाउने । हरेक दिन एक पटक यसरी मसाज गर्दै जाने हो भने केही दिनमा नै यस्तो धर्सा गायब हुनसक्छ ।
के फाइदा छ ?
भिटामिन ई, भिटामिन बी , कपरका साथै यस तेलमा थुप्रै प्रकारका पोषक तत्त्वहरु पाइन्छन् । जसले दागहरु मेटाउने काम गर्छ । साथै, यसले छालालाई नरम बनाउँछ । जसले चिलाउने, एलर्जी जस्ता समस्या कम हुन्छ ।
हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ, तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ ।
दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।
तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ ।
अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।
अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहेम मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ ।
अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।
अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ ।
अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।
- कसरी पाउने गहिरो निन्द्रा ?
– गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।
– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।
– बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् ।
– गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।
– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।
– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् ।
– सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।
– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस् ।
-सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।
– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ ।
– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।
– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । लोकपथ बाट…
(एजेन्सी)
सर्लाहीका प्रमुख जिल्ला अधिकारि सुरेन्द्र पौडेललाई आज बुधवार दिउँसो पुनरवास संघर्ष समितीले ज्ञापनपत्र बुझाएको छ ।
गएको कार्तिक १० गत्ते नवलपुर मलंगवा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको तथा घाईते भएकाको घट्नालाई प्रहरिले बंग्याउन खोजेको भन्दै समितीले प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको हो । घट्नामा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालक अंकुश पासवानको मृत्यु भएको थियो भने पछाडि बसेका निसान्त र रितीक पासवान घाईते भएका थिए । उनिहरुको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौँमा उपचार भईरहेको छ ।

उक्त घट्नाको मुद्धालाई प्रहरिले दर्ता गरेको भएपनी केश बंग्याउन खोजेको, क्षतिपुर्ती दिलाउन तथा उपचारमा समेत सहयोग गर्नुको साटो ट्रयाक्टर धनीलाई बचाउन लागी परेको संघर्ष समितीको आरोप छ । संघर्ष समितीले जिल्ला समन्वय समितीको ३ बिघे मैदानबाट सुरु गरेको ¥यालीले जिल्ला प्रसासन कार्यालयको गेटमा करिव १ घण्टा नारा जुलुस गर्दै घेराउ समेत गरेको थियो ।
समितीले पिडितलाई न्याय दिलाउनकै लागी समिती गठन गरेर आन्दोलन गर्नुपरेको जनाएको छ ।

बुधवार पिडितलाई न्याय दिलाउन भन्दै लालबन्दी नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष किरण पासवान, भुपु अध्यक्ष देवानन्द पासवान, बहुजन समाज परिषदका राष्ट्रिय संयोजक हरिनन्दन पासवान, नेता/समाजसेवि राजाराम पासवान लगाएत सँयौको संख्याका ब्यक्तिहरु ज्ञापनपत्र बुझाउन मलंगवा पुगेका थिए ।
समितीले भोली बिहिवार दिउँसो पुर्व पश्चिम लोकमार्गमा १ घण्टा सडक अवरुद्ध गर्ने बताएको छ ।
आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि ब्रतालुले एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको शुरु गरिसकेका छन् । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।
यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ ।
नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।
बुधवार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबारको दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा यात्रु सहायता कक्ष छ तर सहायता छैन ।
चन्द्रपुरको मुख्य चोकमा विजया दशमी, दिपावली तथा छठ पर्वको समयमा यात्रुहरुलाई पर्न सक्ने विभिन्न समस्या समाधानका लागी जिल्ला ट्राफिक प्रहरि कार्यालय चन्द्रनिगाहपुरले यात्रु सहायता कक्षको स्थापना गरेको हो तर सहायता कक्षले यात्रुहरुलाई कुनै किसिमको सहायता नगरेको यात्रुहरुले बताएका छन ।
सहायता कक्ष कै वरपर विभिन्न कम्पनिका सुमो सेवा तथा बस काउन्टरहरु सञ्चालनमा रहेका छन । सो काउन्टरमा यात्रुहरुलाई ब्यावसायीहरुले विभिन्न बाहानामा दःुख दिइरहेको भएतापनि त्यसप्रति प्रहरी तथा ट्राफिकले चासो नदिइएको एक यात्रुले नाम उल्लेख नगर्ने सर्तमा बताए । सहायता कक्षको अबस्था समेत लथालिङ्ग रहेको छ । टा«फिक तथा प्रहरीहरु सोही कक्ष वरिपरि मोवाइलमा ब्यस्त रहने तर कक्षको अबस्थाप्रति ध्यान जान नसक्दा यात्रुहरु मारमा परेका बताईन्छ ।
हरेक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले चाडवाडलाई मध्य नजर गर्दै यात्रु सहायता कक्षकोे स्थापना गर्ने गरेको छ । केही दिन अझै सो यात्रु सहायता कक्ष सञ्चालनमा रहने हुँदा तुरुन्त उचित ब्यबस्थापन सहित यात्रु केन्द्रित कार्यहरु सञ्चालनमा ल्याउन स्थानियले प्रहरिको ध्यानाकर्षण गराएका समाचार उपेन्द्र गोलेले लेख्नुभएको छ ।
- राजेश पाठक
सर्लाही सहित तराईका बिभिन्न जिल्लाहरुमा किसानले लगाएको मकै बालीमा किरा लागेपछि किसान चिन्तीत बनेका छन ।
सर्लाहीको लालबन्दी नगरपालीका १५ र १६ परवानीपुरका किसान किराले मकैको गुभा र पात खाएपछि पिडित बनेका छन । समयमा मल नपाएर मारमा परेका किसान जसो तसो हुर्किएको मकैमा किरा लागेपछि झन पिडीत बनेका हुन ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिकाका किसानले लगाएको मकै बालीमा पनी त्यस्तै समस्या देखिएको वडा नम्बर ३ गैडाटारका किसान विजय मोक्तानले बताए । चन्द्रपुरका अधिकांस किसानहरुले हाइब्रेड जातका मकै बाली लगाएका छन । किराले मकैका गुभासहित पातहरु खान थालेपछि किसानहरुले बिषादी प्रयोग गर्दै आएका छन तर बिषादिले पनी किराको अतिक्रमण रोक्न नसकेको किसानहरु बताउँछन ।
किसानहरुले समयमा मल नपाएको तथा धान बाली, मकै बाली लगाएतका बालीमा बिभिन्न खाले संक्रामक रोग लाग्दा पनी सम्बन्धित निकायले चासो नदिएको भन्दै किसानले चिन्ता ब्यक्त गरेका छन ।
मपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए ।
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।
आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले बताए ।
आजैका दिन म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११:२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।