कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात तिहार बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ ।
यस वर्ष यमदीपदान बिहीबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने ।
तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ ।
त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । मंसिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।
मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत ११४१ सुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मंसिर १ गते नै गरिन्छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीनजना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग) ले पनि मंसिर १ गते भाइटीका उल्लेख गरेका छन् ।
सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मंसिर १ गते भाइटीका मनाउनुपर्ने उल्लेख छ । यो समुदायका तीनैजना पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गरेका छन् ।
मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् ।
पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जुठ्ठे लामाले शुरसिंहलाई कात्तिक १५ गते बियरको बोत्तल प्रहार गर्दै कुटपिट गरेका थिए । गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताए । रातोपाटिमा खबर छ ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ चिसापानीमा कार्तिक १४ गत्तेबाट सुुरु भएको नकआउट फुटवल प्रतियोगीता बुधवार अबेर सम्पन्न भएको छ ।
नमोबुद्ध युवा क्लवको आयोजनामा नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले उद्घाटन गर्नुभएको प्रतियोगीताको बुधवार समापन गरिएको हो । नगर भित्रका २० ओटा फुटबल क्लको सहभागीतामा सम्पन्न नकआउट फुटवल प्रतियोगीताको उपाधि भने योङस्टार युवा क्लव परवानीपुरले हात पारेको छ । आयोजक नमोबुद्ध युवाक्लव टिम ‘सि’ लाई सेमिफाईनल खेलमा हराउँदै फाईनलमा पुगको नव मिलन युवा क्लवलाई शुन्यका बिरुद्ध ३ गोल गर्दै योङस्टारले उपाधि जितेको हो ।
बिजेता टिमले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन भने उपबिजेता टिमले नगद ८ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगीतामा आयोजक नमोबुद्ध युवा क्लवका छेवाङ लामाले बेस्ट गोल किपर, धेरै गोल गर्नेको उपाधि नवमिलनका जनम बम्जनले र योङस्टारका सतिस थापाले बेस्ट प्लेयरको उपाधि प्राप्त गर्न सफल भएका छन । प्रतियोगीता समापन कार्यक्रमका प्रमुख अतिथी लालबन्दी नगरपालीका वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, बिशिष्ट अतिथी वडा नम्बर १६ का अध्यक्ष गणेश थापा लगाएतले खेलाडिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
कालीञ्जोर खोलाको मध्य भागमा रहेको कच्चि खाली मैदानमा सञ्चालीत प्रतियोगीतामा योङस्टारका खेलाडी/क्याप्टेन सागर स्याङ्तान घाईते भएका थिए । प्रतियोगीताको समापन कार्यक्रममा खेलाडी स्याङतानलाई नगद सहयोग गरिएको छ । खेलाडिलाई उपचारमा सहयोग पुगोस र खेलाडीको मनोबल उच्च राख्नका लागी सहयोग संयोजन गरिएको आयोजक तथा बिशिष्ट अतिथी गणेश थापाले बताउनुभएको छ ।

खेलाडि स्याङ्तानलाई करिव ८५ हजार सहयोग प्राप्त भएको छ । उनलाई उनकै फुटवल टिम योङस्टारले ६० हजार सहयोग गरेको छ । त्यसैगरि प्रतियोगीता जितेवापत प्राप्त गरेको १५ हजार पनी क्लवले खेलाडी तथा क्याप्टेन स्याङतानलाई प्रदा गरेको छ । आयोजक नमोबुद्ध युवा क्लवका संयोकज अमृत वाईबाले पनी खेलाडि स्याङ्तानलाई क्लवको तर्फबाट रु ५ हजार सहयोग गर्नुभएको छ भने फाईनलमा प्रतिस्पर्धा गरेको नवमिलन युवाक्लवले पनी खेलाडी स्याङतानलाई ४ हजार ७५ रुपैयाँ सहयोग गरेको छ ।
कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै खेलाडि स्याङतानले सबैलाई धन्यवाद ब्यक्त गर्दै आफु खेलाडी भएको गर्व लागेको र देशका लागी केहि गर्ने उत्प्रेरणा प्राप्त भएको बताएका थिए । उनको खेलका क्रममा लडेर पाता खुस्किएको छ ।
प्रतियोगीताको मिडिया पार्टनरका रुपमा ‘लिड न्युज नेपाल’ले मिडिया संयोजन गरेको थियो ।
रौतहटको लौकाहामा गोली हानी १८ बर्षिय युवतीको हत्या भएको छ । रौतहटको माधव नरायण नगरपालिका वाडनं ७ लौकाहाका राम अयोधी साहकी १८ बर्षकी छोरी अनिता कुमारी साहको हत्या भएको हो ।
गएराती ११ बजेको समयमा आफनै घरमा सुतीरहेको अवस्थामा साहको हत्या भएको र घटनाको खबर पाए पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।
आ–आफ्ना जिल्लाभित्र ढुंगा,गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेको, मापदण्डअनुसार भएरनभएको, सरकारलाई राजस्व बुझाएरनबुझाएको र दर्ता भएरनभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड १५ दिनभित्र परिमार्जन गरी पेस गर्न पनि बैठकले निर्देशन दिएको छ ।
देशभर पहुँच, प्रभाव र सत्ता निकटका आधारमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, दोहन र बिना दर्ता व्यवसाय सञ्चालनको प्रवृत्ति बढदै गएको छ ।
भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।
पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानी पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनमा पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।
कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् । काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् ।
काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् । शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो ।
भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ । बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।
शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् । तपाईंले आनन्दित महसूस गर्नुहुनेछ ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकाे छ ।
मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा भएको छ । जसमा मुम्बइले मात्रै ५ पटक उपाधि कब्जा गर्न सफल भएको छ । मंगलबारको खेलमा दिल्लीले मुम्बई १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसलाई मुम्बाइले मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।
उसका लागि रोहित शर्माले ६८, क्विन्टन डी ककले २० रन बनाएका थिए । त्यस्तै इशान किशन अविजित ३३ रन बनाउन सफल भए । उता बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाउन सफल भएको थियो । जसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेटका थिए ।
एक पटक फाइनलमा पुगेर हारेको मुम्बाइले त्यसयता जित निकाल्दै आएको छ । उसले फाइृनल पुगेर पराजि भोग्नु परेको छैनु सन २०१० मा पहिलो पटक फाइनल पुगेर हार बेहोरेको थियो । त्यसयता उसले सन २०१३, २०१५, २०१७, २०१९ मा पनि फाइनलमा जित निकालेको थियो ।
- क्षितिज विश्वकर्मा, सर्लाही ।
गजलकार विवश पौडेल सर्लाहीको हरिपुर नगरपालीका वडा नम्बर १ घर भई लामो समयदेखि लालबन्दी नगरपालीका स्थित वडा नम्बर ९ मा बस्दै आउनुभएको छ । करिव १८ बर्ष देखि शिक्षण पेशामा आवद्ध पौडेलले करिव ४०० वटा गजल रचना गर्नुभएको छ ।
राष्ट्रिय स्तरका सञ्चारमाध्यम सम्म राम्रो पकड बनाउन सफल गजलकार पौडेलका २ ओटा संयुक्त कृति प्रकाशन भएका छन भने पौडेलकै सम्पादनमा सर्लाहीका प्रतिनिधि गजलकार नामक कृति यथाशिघ्र प्रकाशन हुँदै छ । पौडेल शिक्षण पेशा सँगै बिबिध कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत राम्रो दख्खल राख्नुहुन्छ ।
- बहर- मुजारे अखरब महजुफ
प्यारी! अँगाल आऊ थालौँ नयाँ सफर
तिम्रा विरुद्ध मेरा छैनन् कुनै कसर
सत्ता चलाउनेको औकात के रह्यो
घट्तै गएछ उद्यम बढ्दै गएछ कर
लौ हेर आज भ्रष्टाचारी जताततै
कानुन कता हरायो भाग्दै गएछ डर
संसार तार्छु भन्ने ढोँगी कतै थिए
प्यासी मुहार तिनका लोभी थिए नजर
यो राज्य जित्न सक्थेँ भन्थ्यौ जित्यौ भने
ठान्नेछु आज तिम्ले पूरा गर्यौ रहर
पूरा हुनै नसक्ने इच्छा गरीबका
खैँचेर राज गर्नेका चैँ सबै सदर
यस्तै छ यो दुनियाँ कसको कुरा गरौँ
कमजोर देखिएकै बन्ने भयो प्रखर
फुर्ती ठुला बडाको सुन्दा अचम्म भो
झर्थ्यो भने तिनैले थाम्ने थिए सगर
मर्दा लिएर जान्नौ राख्छौ कमाइ के
सेवा गरेर जाऊ बन्छौ भने अमर
सर्लाही : चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा मंगलवार ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
समाजसेवी शिवनाथ राउतले निःशुल्क रुपमा पढाउँदै आएका ६० जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । काठमाण्डौंमा रहेको पिस फर पिपुल नामक संस्थाले पठाएको शैक्षिक सामग्री मंगलवार बिहान विद्यार्थीलाई प्रदान गरिएको राउतले जानकारी दिए ।
राउतका अनुसार प्रति विद्यार्थी चारवटा कापी, दुईवटा सिसाकलम र एउटा कटर तथा इलेजर प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउनेमा अधिकांश मुसहर समुदायका र एक÷दुई जना मुस्लिम समुदायका बालबालिका समेत रहेका छन् ।
आफै अपांगता भएको व्यक्ति भएपनि समाजसेवी राउतले ती बालबालिकालाई बबरगञ्जकै बिर्ता बजारमा विगत दुई वर्ष १० महिनादेखि निःशुल्क रुपमा टिउसन पढाउँदै आएका छन् ।