सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवनले प्रदेश नम्बर दुई भरीकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आर्थिक वर्ष २०७६/०७७ को काम कारबाहीका आधारमा प्रदेश स्तरीय उत्कृष्ट साकोस विधा अन्तर्गत सगुनलाई छनौट गर्दै प्रशंसा पत्र प्रदान गरेको हो । सोमबार वीरगंजमा आयोजित दुई नं. प्रदेश स्तरीय प्रादेशिक विस्तारित मञ्चमा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष परितोष पौड्यालले सगुनका अध्यक्ष बाबुराम घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
दुई हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु रहेको प्रदेश नम्बर दुई भरीबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत हुन पाउनु संस्था एवं सम्पूर्ण शेयर सदस्का लागि गौरवको विषय भएको भन्दै सगुनका अध्यक्ष घिमिरेले खुशी प्रकट गरे । सगुनले दुई वर्षअघि नेपाल राष्ट्रिय सहकारी महासंघबाट पनि प्रदेश नम्बर दुईकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भईसकेको छ ।
२०५७ सालमा स्थापना भएको सगुनले आर्थिक वर्ष २०७६/०७७ मा एकअर्ब ३० करोड बढीको कारोबार गर्दै साँढे चार करोड भन्दा बढी मुनाफा आर्जन गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । सगुनमा हाल ११ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।
उज्यालो अभियानबाट…
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”
भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उहाँको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टिभी अन्लाईनबाट…
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।
चीनले विदेशी नागरिकलाई चीन प्रवेशमा कडाई गरेको छ। अक्टोबरमा चीनमा ५१५ कोभिड-१९ का इम्पोर्टेड केस दर्ता भएका छन्। जुन गत सेप्टेम्बर भन्दा ४५ प्रतिशतले बढी हो।
गत साता मात्र २३ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो। ४ कन्फर्म केस थिए भने १९ लक्षण बिहिन केसहरु। उनीहरु दिल्लीबाट अक्टोबर ३० मा वुहान पुगेका थिए। चीनका विज्ञहरुले विदेशबाट आउने मध्ये न्युक्लिक एसिड टेस्टका २० देखि ५० प्रतिशत सम्म फल्स नेगेटिभ केस हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेका छन्।
त्यस्तै पछिल्लो सूचना अनुसार ११ देशका नागरिकहरुलाई चीन प्रवेशमा रोकसमेत लगाइएको छ। जसमध्ये फ्रान्स, रुस, भारत, बंगलादेश, इटाली, युक्रेन, इथियोपिया, युके, बेल्जियम, फिलिपिन्स र नाइजेरिया रहेका छन्।
आइतवारको नियमित प्रेस ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले कुनै पनि परीक्षणले सतप्रतिशत नतिजा नदिने भन्दै न्युक्लिक एसिड टेस्टसँगै इमुनोग्लोविन (आईजिएम) एन्टिबडी टेस्ट पनि गर्नुपर्ने बताए।
यो प्रक्रिया यसअघि केही देशहरुमा लागु गरिएको प्रभावकारीसमेत भएको उनले जानकारी दिए। त्यस्तै एक भन्दा बढी स्थानमा ट्रान्सिट भएर आउने यात्रुहरु यात्रा सुरु गर्नुपूर्व नेगेटिभ भए पनि ट्रान्सिट हुने स्थानमा संक्रमित हुन सक्ने कुरालाई ध्यान दिँदै ट्रान्सिट भएको स्थानमा पनि परीक्षण गर्नुपर्ने उनले बताए। त्यसैले पनि यात्र गर्न अत्यावश्यक भए सिधा उडान लिनसमेत उनले आग्रह गरेका छन्।
यसैबीच नेपालबाट चीन प्रवेश गर्ने यात्रुहरुमा समेत चीनले कडाइ गरेको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै चीन प्रवेश गर्नु अगाडि न्युक्लिक एसिड टेस्टसँगै आईजीएम एन्टिबडी टेस्ट गर्नुपर्ने जनाएको छ। नेपालबाट चीन उडान गर्ने सबै विदेशी नागरिकले दुबै परीक्षण गरी ‘एसएस’ मार्क उल्लेखित ग्रिन हेल्थ कोड अथवा प्रमाणित हेल्थ डिक्लेरेसन पेश गर्नुपर्ने जनाएको छ।
परीक्षणका लागि दूतावासले दूई वटा प्रयोगशालासमेत निर्धारण गरेको छु। चीन जाने यात्रुले स्टार अस्पताल सानेपा र ह्याम्स अस्पताल धुम्बाराहीबाट उडान भर्नु भन्दा अघि कोभिड-१९ को न्युक्लिक एसिड टेस्ट र आईजीएम एन्टबडी टेस्ट गराउनुपर्ने छ। जुन उडान पूर्व ४८ घण्टाको मान्यता दिइएको छ।
त्यस्तै नेपाल ट्रान्सिट भएर चीन जाने यात्रुलाई पनि यो लागु हुनेछ। नेपालबाट अन्य कुनै देशमा ट्रान्सिट भए त्यहाँ पनि परीक्षण गर्नुपर्ने छ। साथै हेल्थ कोडका लागि त्यहाँको दूतावासमा निवेदन दिनुपर्ने छ।
चिनियाँ यात्रुका लागि भने वीच्याट हेल्थकोड एपमा फोटोसहितको नेगेटिभ न्युक्लिक एसिड टेस र आईजीएम एन्टिबडी टेस्टको नतिजा पेस गर्नुपर्नेछ।
विदेशी यात्रुले हेल्थकोडका लागि परीक्षणको रिपोर्टको कपिका साथै पासपोटको कपि र हेल्थ डिक्लेरसन फर्म साइन गरेर दुतवासमा मेल आइडी consulate_npl@163.com मा मेल गर्नुपर्नेछ। दूतावासले एक दिन भित्र हेल्थ कोड मेल गर्ने छ। सो हेल्थ कोड विमानस्थलमा देखाउनुपर्ने छ।
पहिलो पोस्टमा खबर छ ।
कार्टुन सिरिज ‘स्कुबी-डु’का रचनाकार केन स्पेयर्सको निधन भएको छ। लुई बडी डिमेन्सिया भएका उनी ८२ वर्षको उमेरमा मरेका हुन्।
उनका छोरा केभिनले खबर पुष्टि गरेको हलिउड रिपोर्टरमा लेखिएको छ।
केनले जो रुबीसँगको सहकार्यमा चर्चित काटुन सिरिज बनाएका थिए। रुबीको तीन महिनाअघि निधन भएको थियो।
सन् १९६९ मा प्रसारण भएको ‘स्कुबी डु, ह्वेर आर यू’ सन् दुई सिजन चल्यो। तर, ५० वर्षसम्म कथा अगाडि बढाउने टेम्प्लेट बन्यो ती दुई श्रृङ्खला।
हलिउडको निर्माण कम्पनी वार्नर ब्रोजका प्रमुख साम रजिस्टरले उनी एक सच्चा रचनाकार भएको र पूरा उद्योग र दर्शकलाई हाँसो उपहार दिएको बताए। भने,’उनको मृत्युले दु:खी तुल्याएको छ। उनको प्रियजनहरूमा समवेदना।’
पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ । मधुमेह तथा मिर्गाैला रोगबाट पीडित ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
पछिल्लो केही दिनयता अस्वस्थ रहनुभएका मानन्धरलाई उपचारका लागि ललितपुरको स्टार अस्पताल भर्ना गराइएको थियो ।
तत्कालीन राजपरिषद्को सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका मानन्धरले चार दशक प्रशासनिक सेवामा रहेर काम गर्नुभएको थियो । प्रशासन क्षेत्रमा पुर्याएको योगदानवापत् उहाँलाई विभिन्न सम्मान र पदकबाटसमेत विभूषित गरिएको थियो ।
उहाँको मंगलबारै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।
रौतहटको कटहरियाबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय गरुडा मातहतको इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी गस्ति टोलीले सवारी ज्यान मुद्दामा फरार रहेका ४० बर्षिय शेख मोकदम देवान पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहटको लगत नं. ३५२ अनुसार २ बर्ष कैद फैसला भएका देवान फरार रहेका थिए । बिशेष सुचनाको आधारमा देवानलाई कटहरिया नगरपालिकाको वडा नम्बर ४ मा लुकिछिपि आफ्नै गाउँघरमा बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । हिजो सोमबार विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसर देखि जंगलसहिया जाने बाटोमा लागु औषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने बारा निजगढ न.पा.वडा नं. ७ भवराटोल बस्ने बर्ष २३ का सोम बहादुर लामा रहेका छन । उनले सर्लाहीको बागमती तर्फबाट चलाई ल्याएको ना १६ प ७८२५ नं.को डिस्कभर मोटर साईकल रोकी चेकजाँच गर्ने क्रममा मोटर साईकल पछाडी सवार सर्लाहीको बागमती न.पा.वडा नं.१२ बागमती वस्ने बर्ष ३० का दिल बहादुर थिङ्गले मोटर साईकलको बिच भागमा पोलिथिन झोलामा लागु औषध अफिम १ किलो ८०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारि पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई थप कारवाहीका लागी अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेम बहादुर शाहीले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । शाक्य ऊर्जामन्त्री पुन निकट मानिनुहुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरे ।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।
मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।
रातोपाटी बाट ।
यदि तपाईंलाई आफ्नो पेट र कम्मर सानो बनाउने चाहाना छ? त्यसाे हाे भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन जरुरी छ।
जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ।
यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ ।
मिठाई मोटोपनको साथी हो। यसलाई कम गर्दै लैजानुपर्छ। त्यस्तै फास्टफूड पनि तपाईंका लागि शत्रु हुनसक्छ यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन बढ्छ।
त्यस्तै रक्सी सेवन त अन्य कारणका लागि पनि हानिकारक छ। रक्सीमा पोषक तत्व हुँदैन तर क्यालोरी भने हुन्छ। तपाईंको तौल कम गर्ने मिसनमा रक्सीले मित्रता पूर्वक सहयोग गर्दैन।
त्यस्तै दुग्ध उत्पादनहरूले पनि तपाईको तौल कम गर्ने सपना साकार पार्न सक्दैनन्। यसमा क्याल्सियम त हुन्छ तर कार्बोहाइड्रेटको मात्रा पनि उत्तिकै हुन्छ। जरुरी क्याल्सियम साग सब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ ।
फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुन्छ। धेरै जुस पिउदा शरीरको मोटोपन बढ्न सक्छ।
त्यस्तै नाम नै लिन नहुने अर्को खाना हो आलू। एउटा आलु खानुको मतलब तपाईँले एक चम्चा चिनी खाए बराबर हुन सक्छ। स्न्याक फूड पनि तपाईंको शरीरका लागि हानिकारक छ।