दिल्ली क्यापिटल्सले शानदार जित निकाल्दै ईण्डियन प्रिमियर लिग क्रिकेटको पहिलो पटक फाइनलमा पुगेको छ ।
आईतबार राति सम्पन्न खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई १७ सनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले २० ओवरमा ३ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । १९० रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदरावाद २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रनमा समेटिएपछि दिल्ली आईपिएलको १३ संस्करणमा आएर पहिलो पटक फाइनलमा पुगेको हो ।
अब भोली मंगलबार नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इण्डियन्ससँग फाइनल खेल खेल्ने छ । यसअघि गत शुक्रवार सम्पन्न पहिलो क्वालिफायर राउण्डमा मुम्बईले दिल्ललाई ५७ रनले पराजित गरेको थियो ।
फाइनल खेल मंगलबार साँझ ७:४५ बजे युएईको दुवई अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
आईतबार हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् ।
पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् । एसएसबीको हतियार सहितको जत्था नेपाली भूमिमा प्रवेश गरी नक्साङ्कन र रेखाङ्कन गर्न खोजेपछि स्थानीयले विरोध जनाएका थिए ।
एकाबिहानै सुटुक्क नेपाल प्रवेश गरी स्ट्रीप नक्साका आधारमा नेपाल भारत पिलर नम्बर ३२, ३३, र ३४ वरपरको नेपाली भुभाग नाप्न थालेपछि स्थानीयले लखेटेका हुन् । बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले भने, ‘भारतीय पक्षको रबैया अझै अन्त्य भएको छैन ।’ उनले नेपाल प्रवेश गरी कसैलाई थाहै नदिई चोर शैलीमा नेपाली भुमी नाप्नु निन्दनिय कार्य भएको बताए ।
यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी भन्नुहुन्छ उच्च स्तरिय कुटनैतिक पहलबाट सीमा समस्या समाधान गर्ने भनी दुई देशबीच छलफल चलिरहेका बेला हतियारसहित नेपाल प्रवेश गरी भारतीय पक्षले धावा बोल्न नहुने बताए । अर्कोतर्फ अन्तराष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका संयोजक पल्लब राज भट्टले कुनै समन्वय नै नगरी सीमानी जनतालाई जिस्काउनु भारतीय हेपाह प्रवृत्ति भएको जिकिर गरे ।
उनले विभिन्न सीमाक्षेत्रमा पटक पटक भारतीय पक्षको अतिरञ्जित क्रियाकलाप बढ्दै गएको बताउदैं सरकारले सीमा विवादको तत्काल टुङ्गो लगाउनु पर्ने बताए । यस्तै उनले तत्कालीन कञ्चनपुरको स्ट्रिप नक्सा नै त्रुटीपूर्ण रहेकाले उक्त नक्सा सच्याएमात्रै कञ्चनपुरको सीमा समस्या समाधान हुने कुरामा जोडदिए ।
नेपाल भारत सिमा जोडिएका पर्साको बिभिन्न तीनवटा गाउँपालिकाका तीन स्थानमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोस्ट स्थापना भएको छ ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो । ठोरी गाउँपालिकाको वडा नं ३ ब्रम्हानगर, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकाको वडा नं १ मा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।
पर्सा जिल्लामा १० वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेकोमा ठोरी, जिराभवानी तथा छिपहरमाई गाउँपालिकामा पोस्ट स्थापना भएसँगै पर्सामा सशस्त्र प्रहरीको १३ वटा बोर्डर पोस्ट पुगेको छ ।
ठोरीको ब्रह्मनगरमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) लाई उद्धघाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए ।
उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआईजी ब्रम्हाचार्यले स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आज (सोमबार) रौतहट आउने भएका छन ।
रौतहटको देवाही गोनाही नगरपालिका ८ गोनाही बजारमा हुन लागेको वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन जसपाका राष्ट्रिय अध्यक्ष यादव आज रौतहट आउने भएका हुन । वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादवको रौतहट आगमन हुन लागेको कृषि राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिनुभएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको हुन लागेको रौतहट आगमनले रौतहटमा जसपा अझै मजबुत हुने विश्वास गरिएको राज्य मन्त्री यादवले बताउनुभयो ।
- दिपेन्द्र जयसवाल, बारा ।
बाणिज्य, आपुुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंजले बाराको जीतपुुरमा बजारको अनुुगमन गरेको छ । कार्यालय प्रमुुख जीत बहादुर भण्डारीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय जीतपुुर र जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघले संयुुक्त रुपमा बजार अनुुगमन गरेको हो ।
बजार अनुुगमनको क्रममा १३ वटा पसलहरुलाई कारवाही गरी एक लाख ५२ हजार जरिवाना संकलन गरिएको छ । अनुुगमनको क्रममा पसलहरुले बिलबिजक चुुस्तदुुरुस्त नराख्ने, उपभोक्ता ठग्ने, म्याद गुुर्जेको सामग्रीहरु राख्ने, फर्म दर्ता प्रमाणपत्र र मुुल्य सुुचि नराख्ने पसलहरुलाई पाँच हजार रुपैया देखि २० हजार रुपैया सम्म जरिवाना गरिएको उपभोक्ता हित संरक्षण कार्यालयको सुचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिएका छन ।
अनुुगमन टोलीले बिनोद किराना पसललाई २० हजार रुपैया जरिवाना, जोया किराना एण्ड जेनरल स्टोरलाई २० हजार रुपैया, जयमाता दी किराना एण्ड जेनरल स्टोरलाई २० हजार, सोना सप्लायर्सलाई २० हजार, न्युु प्रियाँसुु ईन्टरप्राईजेजलाई ५ हजार, फैसन बल्ड जीतपुुरलाई ७ हजार, सावना फेन्सी स्टोरलाई रु ५ हजार, माँ बस्त्रालयलाई २० हजार, चन्दन बस्त्रालयलाई १० हजार, नरेश बस्त्रालयलाई १५ हजार, सिमरन बस्त्रालयलाई १५ हजार र साजन बस्त्रालयलाई ५ हजार रुपैया जरिवाना गरेको कार्यालयले जनाएको छ ।
उहाँले बारम्बार ब्यपार, ब्यवसायी तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुलाई ब्यवसाय स्थलमा राख्नुुपर्ने कागजपत्रको बिषयमा जानकारी गराउँदा पनि त्यसको परि पालनातर्फ अग्रसर नहुने गरेको बताउँनुुभयो ।
अनुुगमन टोलिमा बाणिज्य, आपुुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंज कार्यालय प्रमुुख जित बहादुर भण्डारी, जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साह, रेडिमेड ब्यवसायी संघका अध्यक्ष प्रकाश गिरी, ईलाका प्रहरी कार्यालय जीतपुुरका प्रमुुख प्रहरी नायब निरिक्षक जय बहादुुर चन्द लगायतको सहभागिता रहेको थियो ।
नाम, पद, शक्ति
धन दौलत देखाएर,
कुलघरान देखाएर
घमण्डको पालन पोषण गर्यो
अहंकारको घोषणा गर्यो
तर मान्छेले
कहिल्यै गर्न सकेन
जिउँदै भएको घोषणा
कृष्ण देखाएर,अर्जुन देखाएर
राम अनि हनुमान देखाएर
महाभारत, रामायण देखाएर
युद्धको बिज्ञापन गर्यो
हिंसाको प्रचार गर्यो
तर
कहिल्यै प्रचार गरेन
मुनामदनको प्रेमकथा
नदेखेको ईश्वर देखाएर
वेदपुराण देखाएर
भाषा देखाएर
अक्षरहरुको ज्ञान देखाएर
कुरान र बाइबल देखाएर
अहमको उद्घोष गर्यो
तर
कहिल्यै उद्घोष गरेन
आत्माको उपस्थिति
सायद
मान्छेलाई फुर्सद छैन
चिहान या घाटसम्म पुग्ने
फुर्सद हुन्थ्यो भने
माटोमा गाड्दै गरेको र
घाटमा पोल्दै गरेको मान्छे देखेर
याद हुनुपर्थ्यो
एक्दिन आफुसंगै
अहम र अहंकारहरु पनि
गाडिनेछ्न पोलिनेछ्न भनेर
झुट
आकर्षक हुन्छ
त्यसैले
जिवनसंग आकर्षण छ
धन, नाम,पद,
अहंकार र अहममा आकर्षण छ
सत्य
भयानक र डरलाग्दो हुन्छ
त्यसकारण पनि
मृत्यु भयानक लाग्छ
मर्नसंग डरलाग्छ
पक्कैपनि
सत्य लुकाउनकै लागी
मृत्यु लुकाउनकै लागी
चिहान र घाट
एकान्त एकलासमा
बनाइएको हुनुपर्छ
हैनभने
घाट र चिहानहरु
बिच बजारमा बनाइनु पर्थ्यो
ता कि
हरसमय मान्छेलाई
मृत्युको ख्याल आइरहोस
पुस्तक प्रसाद [दिनेश गौतम]
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी)मा सरकारविरुद्ध हालेको मुद्दाको मध्यस्थ र सुनुवाइ खर्चका लागि अर्थ मन्त्रालयले करिब २९ करोड रूपैयाँ पठाएको छ। अर्थ मन्त्रालयले दुईपटक गरेर आइसिएसआइडीमा आफ्नो तर्फबाट बहस/पैरवी र मध्यस्थताका लागि लाग्ने खर्च भुक्तानीका लागि यो रकम पठाएको हो ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार एकपटक एक लाख ५० हजार अमेरिकी डलर (करिब १ करोड ८० लाख रूपैयाँ) पठाइएको छ। दोस्रोपटक २३ लाख अमेरिकी डलर (करिब २७ करोड रूपैयाँ) पठाउने निर्णय भएको छ। यो रकम केही दिनमा अमेरिका पठाउने अर्थ स्रोतले जनाएको छ।
एनसेलको स्वामित्व खरिद बिक्रीका सम्बन्धमा लाग्ने पुँजीगत लाभकरको विवाद हुँदा एक्जिएट इन्भेस्टमेन्ट लिमिटेड युके र एनसेल प्रालिले संयुक्तरूपमा आइसिएसआइडीमा मध्यस्थताका लागि निवेदन दिएका थिए। एनसेलले २०७६ वैशाखमा मध्यस्थताका लागि निवेदन दिएपछि आइसिएसआइडीले सरकारलाई यस विषयमा पटकपटक प्रश्न गरेको थियो ।
नेपाल लाईभमा सविन मिश्रले समाचार लेखेका छन ।
देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको छ ।
ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर प्राधिकरणले ती निकायहरुलाई दुई वर्षसम्म निःशुल्क उपलब्ध गराएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले खरिद गर्न सक्ने भएका हुन् ।
प्राधिकरणका अनुसार विभिन्न ४६ जिल्लाका नगरपालिका, गाउँपालिका तथा तीअन्तर्गतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको इन्टरनेट ग्राहकले सम्बन्धित कम्पनीसँग सम्पर्क गरेर जडान गर्न सक्छन् ।
यसरी इन्टरनेट जडान गर्दा प्राधिकरणबाट स्वीकृत दररेटमै जडान गर्न सकिने स्पष्ट पारिएको छ । यसो हुँदा तोकिएका जिल्लाका प्रयोगकर्ताले सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
प्राधिकरणले कोषमा सङ्कलन भएको रकम उपयोग गरेर ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकामा तोकिएका सार्वजनिक निकायहरुमा इन्टरनेट उपलब्ध गराउने परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तर्गतका १८ ओटा प्याकेजमध्ये १२ वटा प्याकेज अन्तर्गतका ४६ जिल्लामा उपलब्ध गराइएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले उपयोग गर्न सक्ने भएका हुन् । गोरखापत्र दैनिकबाट…
जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ ।
बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।
त्यस्तै, कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्।
आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा निर्वाचित दुबै जनाले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन् । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्।
हामीकहाँ कोरोना भाइरस महामारीमा पठनपाठन नहुँदासमेत निजी स्कुल तथा कलेजहरुले विद्यार्थीहरुबाट चर्को शुल्क उठाइएका समाचार आइरहेका छन् । पढाइ नहुँदासमेत स्कुल कलेजहरुलाई पहिले जस्तै थुप्रो पैसा तिर्नुपर्दा अभिभावकहरु टाउकोमा हात राख्न बाध्य छन् ।
उता इण्डोनेसियामा चाहिँ अभिभावकहरुले आफ्ना छोराछोरीको कलेज फी का रुपमा पैसाको साटो नरिवल बुझाउन पाउने भएका छन् ।
यद्यपि पूरै इण्डोनेसियामा यो नियम लागू भएको भने होइन । त्यहाँको एउटा कलेजले विद्यार्थीका अभिभावकहरुको आर्थिक संकटलाई ध्यानमा राख्दै यस्तो नियम बनाएको हो ।
बाली प्रान्तको टेगालालांगमा रहेको भेनस वन टुरिजम एकेडेमीमा पढ्ने विद्यार्थीहरुले अब शैक्षिक शुल्कबापत नगदको साटो नरिवल बुझाए पुग्नेछ ।
विद्यार्थीहरुबाट शुल्कबापत संकलित नरिवललाई कलेजले तेल उत्पादनमा प्रयोग गर्नेछ ।
नरिवल मात्र होइन विद्यार्थीहरुले कलेजमा शुल्कको रुपमा गोटु कोला तथा मोर्निङ्गा नामका वनस्पतीको पात समेत बुझाउन सक्नेछन् । ती दुवै वनस्पतीलाई त्यहाँ हर्बल साबुन बनाउनका लागि प्रयोग गरिन्छ ।
कलेजका निर्देशक वायान पासेक अडिपुत्रका अनुसार महामारीका कारण विद्यार्थीका अभिभावहरुको आर्थिक समस्यालाई मध्यनजर गरी सुरुमा किस्ताबन्दीमा शुल्क तिर्न सकिने प्रावधान लागू गरिएको थियो ।
विद्यार्थीहरुलाई नगद अभावका कारण शुल्क नसक्ने अवस्था आउन नदिनका उनीहरुलाई नरिवल तथा वनस्पतीका पात समेत नगदको साटो बुझाउन सकिने व्यवस्था गरिएको हो ।
नरिवलबाट तेल उत्पादन गर्ने कार्यमा समेत विद्यार्थीहरुको सहयोग लिइने उनले बताए ।
विद्यार्थीहरुको व्यवसायिक सीप प्रवर्द्धनका लागि उनीहरुलाई कलेज परिसरमा सामानहरु पुनःबिक्रीका लागि समेत प्रोत्साहित गरिनेछ ।
आफ्नो वातावरणमा रहेका प्राकृतिक श्रोतहरुको अत्युत्तम उपयोगमा विद्यार्थीहरुमा शिक्षाको विकास गर्ने आफुहरुको उद्धेश्य रहेको कलेजको भनाइ छ ।
विद्यार्थीहरुबाट शुल्कका रुपमा नरिवल लिएर त्यसबाट तेल उत्पादन गरी बेच्नका लागि कलेजले स्थानीय सरकारबाट स्वीकृति लिइसकेको बताइएको छ ।
एजेन्सी