२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

नेपाल बाल संगठन जिल्ला तदर्थ कार्य समिती सर्लाहीका नवनिर्वाचित सभापती समिमबाबु खानले शनिवार पदभार ग्रहण गरेका छन । मलंगवा स्थित संगठनको कार्यालय बालमन्दिरमा हिजो एक कार्यक्रमका बिच सभापती खानले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टि नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त रहनुभएको थियो । प्रदेशसभा सांसद बेचि लुंगेली, ईश्वरपुर नगर प्रमुख मनोज देवकोटा, हरिवन नगरप्रमुख गणेश प्रसाईं, हरिपुर नगरप्रमुख जमरुद्धिन मन्सुर बिशिष्ट अतिथी रहनुभएको कार्यक्रममा लालबन्दी नगर उपप्रमुख शन्ति लामा, मलंगवाकी शवनम मिकरानी, ईश्वरपुरकी एकावती चौधरि सँगै नेकपा नेता तथा वडाध्यक्षहरु सुरेन्द्र लामा, नागेश्वर साह, बिदुर प्याकुरेल, राम बिनय कर्ण, राज नारायण शाह, नरेन्द्र यादव, जिएन मैनाली, शेष मेहबुव रेजा, युवा नेता तथा समाजसेवि चुडामणि वाग्ले लगाएतले अतिथीको आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सहितका अतिथीहरुले सभापती खानलाई जिल्लामा बालबालीकाको अवस्था बुझेर कार्यक्रमहरु सञ्चालन गर्नु भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पदभार ग्रहण गर्दै सभापती खानले जिल्लामा बाल शोषणको अन्त्य गर्ने, सडक बालबालीका मुक्त सडक बनाउने सरकारको नारालाई सार्थक पार्दै जिल्लाका सम्पुर्ण बालबालीकाको अभिभावकत्व ग्रहण गर्न पाउँदा खुसि लागेको बताएका थिए ।

सर्लाहीको मलंगवा –गोडैताको पैदल यात्रा गर्नेहरू मात्रै हैन, सवारीमै यात्रा गर्नेले पनि एक पटक सरकारलाई सराप्छन् । किनभने घाम लागेका बेला धुलो उडेर कुहिरो मण्डल बन्ने र झरी पर्दा पानी जमेर ताल बन्नु यो सडक खण्डको विशेषता भइसकेको छ ।

यसबाट सडक आसपासमा कति प्रभाव परेको छ भन्ने पसलमा सजाइएका कपडा, किराना पसलका धुलोले ढपक्कै ढाकेका सामान हेरे पुग्छ । बेला–बेलामा पसलेहरू धुलो कपडाले टकटकाउँछन् । स्थानीयवासी बोलेर वा आवाज उठाएर पार लाग्दो रहेनछ भन्ने मानसिकतामा पुगिसकेका छन् । हुन पनि सडकका ठाउँ–ठाउँमा डरलाग्दा खाल्डाहरू छन् ।

नजिकै डोजरले सडक किनाराको माटो निकालेर ट्रयाक्टरमा हालिरहेको पनि देखिन्छ । मलंगवाबाट गोडैता बजार हुदैं पश्चिमतर्फ जाने सडकको यस्तो दूरावस्था स्थानीयबासीहरुका लागि कहिल्यै निको नहुने घाउ भइसक्यो । स्थानीय तहमा जनप्रतिनीधि आएको तीन बर्ष बितिसक्दा पनि यो सडक खण्डमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा होइन, नहुँदा अचम्म मान्नुपर्ने अवस्था बनेको छ । बर्षौदेखि यो सडकको यात्रा निकै कष्टकर बनेको छ ।

‘यी सडक भएर यात्रा गर्ने र स्थानीय क्षेत्रमा बस्ने नागरिकको जीवन त नर्कमा परेजस्तै भएको छ,’ स्थानीय अजीत झा ब्यंग्य गर्दै भन्छन्, ‘यो धुलो–हिलोको राज्य हो, यहाँ सरकार छैन ।’जनताले राम्रोसँग सास फेर्न पनि नपाएको भन्दै उनले फोक्सोमा क्यान्सर होला भन्ने पीर गरेर बाँच्नु परिररहेको बताए ।

एक स्थानीय महिलाले सरकारमा बस्नेले जनतालाई कसरी हेर्छ भन्ने बुझ्न यही सडकको अवस्था हेरे पुग्ने बताइन् । सडकको धुलोकै कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यापारीहरूको गुनासो छ ।

धुलोकै कारण ग्राहकहरू पसलमा नपस्ने भन्दै एक होटलकर्मीले बेच्न राखिएका सामान बचाउन पनि गाह्रो भएको बताए । धुलो र हिलोले ब्यापार चौपट छ, उनले भने, सरकारले नै आफनो ठाउँमा गरिखान्छु भन्दा पनि नदिने भयो । स्थानीय सरकारले पनि समस्या नसुनेको उनको भनाइ छ ।

Sarlahiupdate बाट ।

अमेरिकामा मेयर पदका लागि चुनाव लडेको कुकुर भारी मतले विजयी भएको छ । अमेरिकाको शहर र्याबिट हासमा विल्वर बीस्ट नामक कुकुर मेयर बनेको हो ।

त्यहाँका स्थानीयले कुकुरलाई भारी मतले जिताएका छन् । उसले १३ हजार १४३ मतले चुनाव जितेको हो ।

१९९० देखि त्यहाँ कुकुरलाई मेयर बनाइँदै आइएको छ । त्यहाँ २२ हजार ९८५ भोटमध्ये १३ हजार १४३ भोट र्याबिटले पाएको हो ।

त्यस्तै १२ वर्षीय बोर्डर कोलीलाई शहरको राजदूतको रुपमा नियुक्त भएका छन् ।

एजेन्सीको सहयोगमा

जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २१ गते राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गरी प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम रहेकाले मानिस भेला हुने गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचना अनुसार सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन । त्यस्तै जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शनी गर्न पनि पाइने छैन ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न, चाडपर्वमा हुने जमघट, गोष्ठी, सेमिनार, तालिम पनि मापदण्ड र प्रोटोकल विपरीतका काम गर्न पनि निषेध गरिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, प्रदर्शनी, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न, उद्योग कल कारखाना, ब्यापार, ब्यवसाय, निर्माण आदि काम गर्न र श्रमिकको ओसार पसार गर्न पनि बन्द गरिएको छ ।

त्यस्तै अनलाइन माध्यम वा दूरशिक्षाबाहेक अन्य तरिकाले पठन पाठन गर्न पनि रोक लगाइएको छ ।

बहुजन समाज परिषद नेपालले शुक्रवार सर्लाहीको ईश्वरपुरमा जनसम्पर्क तथा समिती बिस्तार गरेको छ । बहुजन समाज परिषद नेपालको राष्ट्रिय संगठन प्रभारि एवं बरिष्ठ नेता राजाराम पासवानको बिशेष पहल एवं आतिथ्यतामा ईश्वरपुरमा ३५ सदसिय नगर समिती गठन गरिएको छ ।

समितीको अध्यक्षमा जलेश्वर राम, उपाध्यक्षमा दरिया माझि, श्यामदेवि बिक र नरेन्द्र राम, सचिवमा धर्मेन्द राम र कोषाध्यक्षमा सुरेन्द्र माझि लगाएत ३५ जनाको कमिटि गरिएको छ । सोषक होईन अब दलित समुदाय साषक बन्नुपर्छ भन्ने अभियानका साथ कमिटि गठन गरिएको नवगठिन समितीका अध्यक्ष जलेश्वर रामले बताए ।

शनिवार पनी परिषदले रामनगरमा समिती गठन गर्ने नेता पासवानले जानकारि दिए ।

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहरालाई ज्यान मार्ने धम्की आएको छ। उनलाई नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इन्चार्ज गणेश ऐरले ज्यान मार्ने धम्की दिएका हुन्।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा रेडियो युनिटी, जनता टिभी, नेपाल लाइभका डडेल्धुरा संवाददाता र इन्फोखबर अनलाइनका प्रकाशक रहेका पत्रकार बोहरालाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको हो।

उनले ‘ब्लड बैँक डडेल्धुराको चरम लापरवाही, रक्त दान गर्न ८ घण्टासम्म भेटिएनन् कर्मचारी’ शीर्षकको समाचार लेखेका थिए।

समाचार मिडियामा आएपछि उनलाई मंगलबार राति ९ बजे ब्लड बैंकका इन्चार्ज ऐरले ‘तिमी समाचार लेख्ने को हो? तिमीलाई म कोठामा थुनेर बन्द गरेर मार्छु’ भनी फोनमार्फत धम्की दिएका हुन्।

‘मलाई नवदुर्गा गाउँपालिका स्थानीयले राति ३ बजेबाट रेडक्रस बन्द छ, रगत तान्ने मान्छे छैन् भनेर जानकारी दिए। त्यसपछि म बिहान ८ बजे रेडक्रसमा पुगें।’ पत्रकार बोहराले भने, ‘त्यहाँ रक्तदाता समाज डडेल्धुरा रगत दान गर्ने मान्छे आएका थिए। तर, तान्ने मान्छे आएका थिएनन्।’

त्यसै आधारमा जनताको गुनासो समेटेर समाचार बनाएको पत्रकार बोहराको भनाइ छ। समाचार सम्प्रेषण भएपछि बुधबार राति इन्चार्ज ऐरले फोनमार्फत ज्यान मार्ने धम्की दिएका उनले बताए।

ब्लड बैंकका इन्चार्ज ऐरलाई बुझ्न खोज्दा उनले घटनाबारे बोल्न चाहेनन्। 1st नेपालबाट …

कोरोना संक्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको छ । 

कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका-३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन्। 

बिरामी भएपछि कात्तिक १७ गते स्वाब नमुना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले बताएका छन्। 

बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

जाडो मौसममा अदुवाको सेवन गर्नु अति नै फाइदाजनक हुन्छ । यसले शरीरलाई तातो बनाउनुको साथै रुघा–खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ ।

अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन । त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा-ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन । सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान पु¥याउन सक्छ । बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ । यो समयमा अदुवाको सेवन गर्नाले प्रिम्याच्योर डेलिभरी र लेबर हुने खतरा हुन्छ ।

पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ । वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ । पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ । त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन । यदि तपार्इं कुनै अपरेसन गर्दै हुनुहुन्छ भने तपार्इंले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ । जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन ।

सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ । यदि तपाईं दुब्लो(पातलो हुनुहुन्छ भने अदुवाको सेवन तपार्इंका लागि हानिकारक हुन्छ । किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ । जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ । यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ ।

जुन व्यक्तिमा रगत विकारको समस्या हुन्छ । ती व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ । यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ ।

मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाई अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुन्छ ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित बन्दै गएका छन् । यस्ता खानेकुराले पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह, मोटोपना, मुटु रोग, क्यान्सर, लगायतका दिर्घकालीन रोग निम्त्याउने गर्दछ । यस्ता समस्याबाट बच्नका लागि ताजा एवं स्वस्थ खानपान जरुरी छ । स्वस्थ खानपान विशेषगरी फलफुल, तरकारी हरिया साजसब्जी लगायतबाट पाइन्छ ।

खानामा हरिया सागसब्जी, गेडागुडी तथा सलादको मात्रा बढाएर पनि शरीरलाई आवश्यक पर्ने पोषणतत्व प्रदान गर्न सकिन्छ । सलादमा पनि विशेषगरी गाजर, मुला, काक्रो, टमाटरलाई विशेष स्थान दिन सकिन्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ । त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

मुलामा ननडाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ जसबाट तौल कम गर्नमा लाभदायक मानिन्छ । त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ । त्यतिमात्र हैन, यसले वेली फ्याट पनि कम गर्ने हुँदा वजन कम गर्न चाहनेहरुका लागि राम्रो विकल्प हुन सक्दछ । मांसपेशीलाई मजबुती प्रदान गर्नका लागि पनि शरीरलाई विभिन्न पोषणतत्वको आवश्यकता पर्छ ।

त्यसमध्यको एक प्रोटिन पनि हो, जसले मांसपेशीमा व्लिडिङ्ग व्लक सरह काम गर्छ । र मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न जरुरी छ । जण्डिस लाग्दा होस् वा कलेजो सम्बन्धि कुनै समस्या हुदाँ होस्, चिकित्सकहरु प्राय मुला सेवन गर्नु सल्लाह दिने गर्छन् । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मुलामा डिटक्सिफाइङ्ग तत्व समेत हुने भएकोले यसले रगतमा भएका विषाक्त पदार्थलाई छान्न मद्दत गर्छ । साथै, यसले कलेजामा हुने विषाक्तलाई समेत सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ । मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ ।

रौतहटको कटहरिया नगरपालिका १ माध्यमिक विद्यालय भसेढवामा बिहिवार विधार्थीहरुको दिवा खाजावापतको रकम वितरण गरिएको छ । विद्यालयको प्रांगणमा बिहिवार दिवा खाजा व्यवस्थापन समितिका अध्यक्ष हरिलाल राय यादवको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच विद्यालयको गत वर्ष २०७६ का विद्यार्थीहरुको दिवा खाजा वापतको रकम वितरण गरिएको हो ।

माध्यमिक विद्यालय भसेढवाका शिशु कक्षा देखी कक्षा ५ सम्मका अध्ययनरत छात्रछात्राहरुलाई खाजा वापतको ७ लाख ८२ हजार ९५५ रुपैयाँ नगद वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १६९ जना छात्र र २०५ जना छात्रा गरी कुल ३७४ जना विद्यार्थीहरुलाई खाजा वापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई प्रतिदिनको रु १५ रुपैयाँको दरले रकम वितरण गरिएको छ । २०७६ भदौदेखी २०७६ चैत्र ५ गतेसम्म जम्मा कक्षा सञ्चालन भएको १३७ दिन वापतको दिवा खाजाको रकम उपलब्ध गराइएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

खाजा वितरण कार्यक्रममा खाजा व्यवस्थापन समितिका सदस्य पारवती देवी, सोभा यादव, वडा अध्यक्ष राजकुमार प्रसाद साह, कटहरिया नगरपालिकाको शिक्षा संयोजक अनिल कुमार निधी, शिक्षा प्रेमी बालमिकी प्रसाद यादव सहित विद्यालय व्यवस्थापन समिति सदस्यहरु रामकमोद यादव, रामविर ठाकुर, विना देखी, चुनु यादव, शिक्षक प्रतिनिधि सुखारी ठाकुर लगाएत शिक्षक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।