नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा एक लाख ३१ हजार २ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ९ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ४ सय १० जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।
विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भएको एक हप्ता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउनुभयो । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उहाँको भनाई छ ।
सरकारले आधारभुत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविष्यमा नै बढ्ने अध्यक्ष शर्माले बताउनुभयो । आधारभूत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उहाँको भनाई छ ।
क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् ।
तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ ।
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।
गएकाे वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएकाे वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।
विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।
अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।
विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँकाे फूल कारोवार हुने गरेको थियो ।
काठमाण्डाै उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।
सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ ।
यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।
विश्वका केही प्रभावशाली अखबार र म्यागेजिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई खुलेर समर्थन गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा लण्डनबाट प्रकाशित हुने प्रसिद्ध पत्रिका दि इकोनोमिष्टले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडेनलाई समर्थन गरेर एक लेख प्रकाशित गरेको छ र, म्यागेजिनको कभरपेजमा किन जोड बाइडेन हुनुपर्छ भनेर उल्लेख गरेको छ ।
विश्वमा नै प्रभावशाली मानिने दि इकोनोमिष्ट आर्थिक उदारवाद र खुल्ला बजार अर्थतन्त्रको पक्ष लिने गर्छ । सो पत्रिकाले सन् १९८० देखि नै अमेरिकी निर्वाचनमा कुनै एक उम्मेदवारको समर्थन गर्ने गरेको छ ।
सन् २०१६ मा सो पत्रिकाले हिलारी क्लिन्टनको समर्थन गरेको थियो । सो अखवारले भनेको छ, ‘बाइडेन जादु त होइनन्त, र उनले चुनाव जित्दा ह्वाइट हाउसको इज्जत बढ्छ ।’
अर्काे प्रभावकारी अखबार न्यूयोर्क टाइम्सले पनि यस अगाडि नै बाइडेनको समर्थन गरेर सम्पादकीय लेखिसकेको छ । सो अखबार पनि संसारभरि नै प्रभावशाली अखबार मानिन्छ ।
बाइडेनलाई समर्थन गर्दै सो अखबारले बाइडेनले अमेरिकाको आत्मा पुर्नस्थापना गर्ने बताएको छ । सो अखबारले अमेरिका चार बर्ष अगाडिको तुलनामा कमजोर र विभाजित भएकाले बाइडेनले निर्वाचन जित्नुपर्ने तर्क गरेको छ ।
बासिङटन पोष्टले पनि अबको राष्ट्रपति बाइडेन हुनुपर्छ भनेर सम्पादकीय नै प्रकाशित गरेको छ । अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘जो बाइडेन एकदमै योग्य उम्मेदवार हुन् । उनले आगामी चार वर्षमा आउने चुनौतीहरुलाई राम्रोसँग सामना गर्न सक्छन् ।’
त्यसैगरी युएसए टुडे, लस एन्जल्स टाइम्स लगायतका पत्रिकाले पनि बाइडेनको पक्ष लिएका छन् ।
रौतहटमा शनिवार २६ औँ राष्ट्रिय कण्डम दिवश २०२० मनाईएको छ । जिल्लाको चन्द्रपुरमा निलहिरा समाज रौतहटले पत्रकारहरुलाई भेला गरेर दिवशको औचित्य प्रस्ट्याएको हो ।
समाजले ‘दोहोरो सुरक्षाको लागि कण्डमको पहुंच’ भन्ने नाराका साथ सेभ द चिल्ड्रेनको सहयोगमा रौतहटमा एचआइभि एड्स रोकथामका लागि काम गरीरहेको छ ।
रौतहटमा हाल सम्म २ सय १४ जना संक्रमित रहेका समाजले जनाएको छ । साथै एक सय ९१ जनाले नियिमत औषधी सेवन गरीरहेका, १६ जना सम्पर्क बाहिर रहेका र ७ जनाको एचआइभि एड्स बाट मृत्यु भएको समाजको तथ्यांक उल्लेख छ ।
जिल्लामा एचआईभि एड्सको अवस्थाको बारेमा जानकारी दिँदै समाजका रौतहट जिल्ला संयोजक जिना रानाले पत्रकारहरु मार्फत जिल्लामा रोगको बिषयमा चेतना फैलाउन चाहेको बताएकी थिईन । बिभिन्न कारणले रोग परिक्षण गराउन नसकेकाहरुलाई संस्थाले सहयोग र परामर्श दिँदै आएको छ ।
कार्यक्रममा सञ्चारकर्मि, पत्रकारका साथै एचआइभि एड्स नियन्त्रणमा सकृय व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
रौतहटमा पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने भएका छन । समाजवादी पार्टीका अध्यक्ष यादव रौतहट आउने भएपनि मिति भने तय भएको छैन ।
यादवको रौतहटमा आगमन हुने भएपछि उनको स्वागतका लागी जनता समाजवादी पार्टीका नेताहरुले गरुडामा छलफल गरेका छन । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य पूर्वमन्त्री गोविन्द चौधरीको संयोजकत्वमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका राज्यमन्त्री योगेन्द्र यादवको बिशेष उपस्थितीमा गरुडामा विहिबार बसेको बैठकले यादवलाई रौतहटमा स्वागत गर्ने विषयमा केन्द्रित रहेर छलफल गरेको श्रोतले बतायो ।
छलफलमा विधायक किशोरी यादव, पूर्वसांसद बबन सिंह, अनिल सिंह, रेवन्त झा, धिरज पटेल, विन्देश्वर यादव, विधायक बाबुलाल साह, लिला साह, कन्थमुनी जैसवाल, संघीय परिषद सदस्यद्वय किरण साह, विन्देश्वर यादव, प्रदेश सांसद फूलबाबु, पूर्वसांसद रम्भा देवी, तत्कालीन समाजवादी पार्टीका जिल्ला इन्चार्ज बृज यादव, सह इन्चार्ज बिरेन्द्र यादव, जसपाका नेता एवं मेयर धर्मेन्द्र पटेल, जसपाका नेता तथा मेयर बिरेन्द्र यादव, जिससका उपसभापति राम वशिष्ठ यादव, नेता राजकुमार दास, बदरुद्दिन अन्सारी लगाएतका जसपाका प्रभावशाली नेताहरुको सहभागिता रहेको थियो ।
परीक्षण नै गर्न छाडिएको सर्लाही जिल्लामा अब सक्रिय कोरोना संक्रमित ३६ जना मात्रै बाँकी भएका छन् ।
पीसीआर रिपोर्ट पोजिटिभ आएको १४ दिन पूरा नभएका ३६ जना संक्रमित आ–आफ्नो घरमा आइसोलेटेड भएर बसिरहेका स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । पछिल्ला दिनमा स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार पोजिटिभ रिपोर्ट आएका व्यक्तिलाई दोस्रो पटक थ्रोट स्वाब परीक्षण नगराई दुई साता आइसोलेसनमा बसेपछि कोरोनामुक्त घोषणा गरिँदै आएको छ ।
जसअनुसार सर्लाहीमा अब आइसोलेसनको बसाई पूरा नगरेका ३६ जना संक्रमित बाँकी रहेका स्वास्थ्य कार्यालय मलंगवाको कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए । उनले ईश्वरपुर, सिसौट, रामनगर लगायतका स्थानमा सक्रिय संक्रमितहरु होम–आइसोलेसनमा बसिरहेका बताए ।
परीक्षण नहुँदा नयाँ संक्रमित थपिएका छैनन् । सर्लाहीमा अहिलेसम्म २ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएकामध्ये २ हजार ६७ जना संक्रमणमुक्त भइसकेका छन् । १३ जना संक्रमितको मृत्यु भएको छ ।
डेढ/दुई महिनादेखि पालिकाहरुले पीसीआर परीक्षणको काम बन्द गरेका छन् । हाटबजार, सवारी लगायत सार्वजनिक स्थलमा मानिसहरु सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी हिँडिरहेका छन् भने ठूलो मास जम्मा गरेर गोेष्ठी, भेला, भेटघाट र अन्य कार्यक्रमहरु भइरहेका छन् । मन्त्री, नेता, जनप्रतिनिधि लगायतले नै नेतृत्व गरेर ठूल्ठूला कार्यक्रम गरी बढ्दो कोरोना संक्रमणप्रति बेवास्ता गरिरहेका छन् ।
जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सन्जिव कुमार सिंहले अहिले भइरहेको लापरवाहीले कोरोना संक्रमण फैलावटमा थप मद्धत पुगेको बताएका उज्यालो अभियान मा खबर छ ।
सर्लाहीको लालबन्दी नगरपालीकामा शुक्रबारबाट फुटबल प्रतीयोगिता सुरु भएको छ । लालबन्दी नगरपालीका १५ चिसापानीमा प्रतीयोगीता सुरु भएको हो ।
वडा नम्बर १५ मा रहेको नमोबुद्ध यूवाक्लबको आयोजनामा १५ र १६ मा पर्ने कालीञ्जोर खोलामा रहेको मैदानमा प्रतीयोगीता सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बिच नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले प्रतीयोगीताको उद्घाटन गरेका छन् ।

१५ र १६ वडाका २० टिम सहभागी हुने प्रतियोगीताको उद्घाटन कार्यक्रममा सभापतीत्व क्लवका अध्यक्ष राम बहादुर जिम्बाको रहेको थियो भने अतिथीहरुमा वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु गोरख बल र गणेश थापा, नेकपाका नेताहरु गोबिन्द अधिकारि, प्रकाश थापा, भिम कुमार केसि, युवानेताहरु कृष्ण प्रसाद दाहाल, अहमद मिकरानी, अर्थ बहादुर थिङ, मान बहादुर थिङ, सुजन बम्जन, सुर्य बहादुर जिम्बा, वडा नम्बर १५ को महिला वडा सदस्य कान्छिमाया जिम्बा, नेकपाको वडा नम्बर १५ संयन्त्रका संयोजक बलराम खड्का र सदस्य चन्द्र बहादुर वाईबा लगाएतको उपस्थिती रहेको थियो ।
अस्थाई प्रहरि पोष्ट परवानीपुरका प्रतिनिधि, सञ्चारकर्मि राज बिश्वकर्मा सहित खेल प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको प्रतियोगीता कार्तिक २६ गतेसम्म चल्ने छ ।
कार्यक्रमका बक्ताहरुले आफुहरुको क्षेत्रमा खेलमैदानको समस्या रहेको बताउँदै यसको उचित ब्यबस्थापनका लागी नेकपाका जिल्ला अध्यक्ष पन्त समक्ष अनुरोध गरेका थिए । जवाफमा जिल्ला अध्यक्ष पन्तले यस क्षेत्रमा ५ बर्ष भित्र जतिसुकै बजेट लागेपनी आफुले खेल मैदान निर्माणका लागी पहल गर्ने प्रतिबद्धता प्रकट गर्दै प्रपोजल पेस गर्न आग्रह गरेका थिए ।

प्रतियोगीतामा प्रथम र द्वितिय स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १५ हजार र ८ हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगीता संयोजक अमृत वाईबाले जानकारि दिए ।
प्रतियोगीता सफल रुपमा सम्पन्न गर्नका लागी बिभिन्न ब्यक्ति तथा संस्थाले नगद तथा जिन्सि समान सहयोग गरेका छन भने नेकपा जिल्ला अध्यक्ष पन्तले समेत १० हजार नगद सहयोग गरेका थिए ।
प्रतियोगीता उचित खेल मैदानको अभावमा वडा नम्बर १५ र १६ अन्तर्गत पर्ने कालीञ्जोर खोलाले कटान गरि छोडेको बलौटे खाली ठाउँमा सञ्चालन भईरहेको छ ।
सर्लाहीको मलगंवामा अवस्थित वाल मन्दिरमा रहेका बालवालीकालाई बुधवार टिका र जमरा लगाएर आशिर्वाद प्रदान गरिएको छ ।
बुधवार बिहान जिल्लाका प्रमुख जिल्ला अधिकारि सुरेन्द्र पौडेलको बिशेष उपस्थितीमा बालमन्दिरमा रहेका बालाबलीकाहरुलाई टिका र जमरा लगाएर अभिभावकत्व ग्रहण गरिएको हो ।

बाल संगठन सर्लाहीको मातहतमा रहेको सो मन्दिरका ८ जना बालबालीकालाई प्रजिअ पौडेल र संगठनका अध्यक्ष समिम बाबु खानले टिका र जमरा लगाएर बिजया दशमिको शुभकामना दिँदै अभिभावकत्व ग्रहण गरेका हुन ।
बाल मन्दिरमा १० जना बालबालीका रहेकामा ८ जनालाई टिका र जमरा लगाईएको संगठनका अध्यक्ष खानले लिडन्युज नेपाललाई जानकारि दिनुभयो ।

पछिल्लो समय संगठनको अध्यक्षमा खान चयन भएपछि बिभिन्न खाले सकारात्मक कार्यहरु भईरहेका छन ।