बारा : लैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कलैया उपमहानगरपालिका अन्तर्गत संचालित स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गरेका छन् ।
उपमहानगरपालिका भित्र सञ्चालित स्वास्थ्य चौकीहरुलाई थप ब्यवस्थित गर्न ,र चौकीमा भईरहेको काम तथा विभिन्न सहज असहजता बारे चेकजाच गर्ने उद्देश्यले उपमहानगरका नगर प्रमुख यादवको नेतृत्वमा गएको टोलिले छड्के अनुगमन गरेको हो ।

कोरोना भाइरस कोभिड -१९ का कारण चैत देखि नै लगाइएको लकडाउन तथा निषेधाज्ञा हाल आएर करिब ७ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको बारेमा जानकारी लिने उदेश्यले आज कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुरमा रहेको स्वास्थ्य चौकिको छड्के अनुगमन गरिएको नगर प्रमुख यादवले बताएका छन ।
अनुगमनको क्रममा स्वास्थ्य चौकीमा ५ जना कर्मचारी उपस्थित नरहेकोले मेयर यादवले लगत्तै ती कर्मचारीहरुको हाजिर कट्टा गरेका छन् । स्वास्थ्य संयोजकलाई स्पस्टिकरण पत्र काटन समेत निर्देशन दिएका छन् । अनुगमन पश्चात् मेयर यादवले अरु पनि स्वास्थ्य चौकीहरु को छड्के अनुगमन गर्ने बताएका छन।
सो अनुगमन टोलिमा कलैया उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष राजन पटेल , स्वास्थ्य कर्मीहरु सहित को उपस्थिति रहेको थियो ।
कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दशै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् ।
आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्र्याएर फुलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । विगतमा आफूभन्दा मान्यजनका घरघरमा गएर टीका, जमरा र आशीर्वाद लिने गरिए पनि यसपालि कोरोना संक्रमणको खतराका कारण सावधानी अपनाएर मनाउन सरकारसँगै संस्कृतिविद्ले पनि सुझाव दिइरहेका छन् ।
विभिन्न नौ देवीको पूजाअर्चनापश्चात् दशमीका दिन जमरा निकालिन्छ भने जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । कोभिड–१९ का कारण टीकाटालो गर्न र ज्येष्ठ नागरिककहाँ गएर आशीर्वाद लिने कार्यक्रम प्रभावित हुने देखिएको छ । सरकारले ज्येष्ठ नागरिकलाई जोखिमको सूचीमा राखेको छ ।
महाअष्टमी
बडादसैंको आठौँ दिन शनिबार दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरी महाअष्टमी मनाइन्छ । यस दिन दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिँदै छ ।
यसैगरी फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू यस दिन जमराकोठामा घिरौला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
हनुमानढोकाको दसैंघरमा मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ गरिए पनि ५४ राँगा र ५४ बोकाको बलि भने नदिइने भएको छ ।
महानवमी
बडादसैंको नवौं दिन महानवमीमा दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरिँदै छ । यसअघि अघिल्लो दिन महाअष्टमीमा पनि भवानीलाई बलिसहित पूजा गरिएको थियो । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ ।
दसैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन् ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
कतिपय शक्तिपीठमा भने नवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्ला भित्र पर्ने पुलको अवस्था जिर्ण हुँदै गएपनी सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको छ ।
जिल्ला भित्र पर्ने लखन्देहि, चापिनी र रौतहट जिल्ला सँग जोडिएको बागमती पुल जिर्ण बनेका छन । पुलमाथी ठुला ठुला खाडल भएका कारण सवारि चलाउन पनी डराउनुपर्ने अवस्था रहेको सवारि चालकहरु बताउँछन । करिब ४० वर्षपहिले तत्कालीन सोभियत संघको सहयोगमा निर्माण गरिएका पूर्वपश्चिम राजमार्गमा रहेका पुलको अवस्था दिन प्रतिदिन बिग्रिदैँ गएका छन ।

पुलमा भारवहन क्षमताभन्दा अत्यधिक लोड राखेर मालबाहक सवारीसाधनहरू गुडेपछि पुलको अवस्था बिग्रिँदै गएको केहिको बुझाई छ । पुलमा मात्रै नभएर जिल्ला अन्तर्गत पर्ने सडकहरुमा पनी बिच बिचमा खाडलहरु छन जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सडक बिभागले बेलैमा ध्यान पु¥याउन नसक्दा सडकमा दुर्घटनाको जोखिम बढेको हो । हाल अति नै डरमर्दो यात्रा गर्नुपर्ने पुलमा एक तर्फि मात्रै सवारि साधन चलिरहेका छन । जसका कारण पनी यात्रुलाई लामो समय सम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।
सम्बन्धित निकायले बेलैमा ध्यान नपु¥याएमा अप्रिय घट्ना भएको खबर थाहा पाउन धेरै समय कुर्नु नपर्ला ।
सर्लाहीको परवानीपुरमा बिहिवार बिहान शिव मन्दिर सरसफाई गरिएको छ । लालबन्दी नगरपालीका १६ मा पर्ने शिव मन्दिरको स्थानिय युवाहरुको समुहले सफाई गरेको हो ।
परवानीपुरका फुटवल खेलाडिहरु सम्मिलीत योङस्टार युथ क्लव नामक समुहले वडाध्यक्ष गणेश थापा समेतको सहभागीतामा सफाई गरेको हो ।

साथै उक्त क्लवले केहि समय अघि मिरमिरे युवा क्लवले आयोजना गरेको फुटवल प्रतियोगीतामा प्रथम स्थान हासिल गरे वापत पाएको रकमबाट डस्टबिन गरिद गरि परवानीपुरको फोहोर संकलन हुने स्थानमा राखेको छ ।
प्रथम पुरस्कार स्वरुप पाएको १५ हजार पुरस्कार बापतको रकमबाट समुहले १५ ओटा डस्टबिन गरिद गरि शिव मन्दिर सहित बिभिन्न स्थानमा राखेको छ । क्लवका संयोजक सुवर्ण थापाको अगुवाईमा कार्यक्रम गरिएको सहभागीहरुले जानकारि दिएका छन ।

युवाहरुको समुहले सार्वजनिक स्थलको सफाई गर्दै सामाजिक काममा अग्रसर हुन थाले पछि परवानीपुरवासि खुसि भएका छन ।
दशैं तिहार दिपावली तथा छठपर्वमा यात्रुु तथा भक्तजनको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको रौतहटका एसपी सिद्धि बिक्रम शाहले बताएका छन । एसपी शाहले चाडपर्वमा कुनैपनी अप्रिय घटना हुन नदिनका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीगरी ८ सय ४५ जना प्रहरि परिचालन गरिएको बताएका हुन ।
जिल्लाको शान्तीसुरक्षा सुुदृढ बनाउन एकिकृत योजना बनाई नेपाल प्रहरी र सशस्त्र प्रहरिलाई मोबाईल गाडी तथा मोटरसाईकलमा परिचालन गरिने उनले बताए ।
शान्तीसुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त तथा एकल प्रहरी परिचालन, घटना पश्चात तुुरुन्त राहत तथा अनुसन्धान गर्न छुट्टै टिम निर्माण गरीएको र चाँडपर्वमा बिशेष रुपले सुरक्षा प्रदान गर्न प्रदेश २ बाट थप ५० जना प्रहरीको टोली रौतहट आएको एसपी शाहले जानकारी दिए ।
त्यसैगरी चाँडपर्वमा सचेतनाको लागी जिल्ला प्रहरी कार्यालय मार्फत सुचना तयार गराएर जिल्लाको सबै एफ.एम. रेडियो र सबै दुुर्गापुजा स्थलमा माईकबाट प्रशारण गराईरहेको एस.पि.शाहले जानकारि दिए ।
जिल्लाको केही स्थानमा बडादशैं, झण्डामेला तथा अन्य केही पर्वमा हिन्दुु मुश्लिम बिच हुने तनावलाई ख्याल गर्दै त्यस्ता घटना हुन नदिन दुुबै समुुदाय र स्थानिय प्रशासनको सहभागितामा जिल्लामा सदभाव समिति समेत गठन गरीएको एसपी शाहले जानकारी दिएका छन ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित ४६ ओटा विद्यालयका ३ सय १५ शिक्षकहरुबाट कोरोनाको नाममा उठाइएको २१ लाख भन्दा बढी रकम सरकारको कोषमा जम्मा नभएको खुलासा भएको छ ।
गत चैत्रमा स्थानिय शिक्षकहरुबाट चन्द्रपुर नगरपालिकाले प्रा.वि. शिक्षकका ३ दिन, नि.मा.वि शिक्षकका ५ दिन र मा.वि. शिक्षकका ७ दिन बराबरबर तलव उठाइएको थियो । नगरपालिकाले शिक्षकहरुको तलवबाट कोरोना नियन्त्रणका लागी भन्दै २१ लाख भन्दा बढी रकम उठाइएको थियो तर त्यो रकम कुन कोषमा छ भन्ने अहिलेसम्म हिसाब किताब सार्वजनिक भएको छैन ।
यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था नेपाल सरकारले गरेको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको आदेशमा नगरक्षेत्रका शिक्षकहरुबाट रकम उठाइएको शिक्षकहरुले बताएका छन ।
चन्द्रपुर नगरपालिकाका १२ मा.वि., ११ नि.मा.वि. र २३ प्रा.वि.का ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको हो । रौतहटका १८ स्थानिय तहहरु मध्ये चन्द्रपुर नगरपालिकामा मात्र शिक्षकको तलब कट्टा गरि रकम उठाइएको थियो ।
चैत महिनाको तलबबाट पैसा काटिएको रकम कहाँ कुन प्रयोजनका लागी खर्च भएको हो सोको जानकारी दिनु पर्ने जनज्योति मा.वि. चन्द्रनिगाहपुरका सह–प्रधानाध्यापक देवनारायण हुमागाईंले बताउनु भयो । आफुले यसबारे शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलसँग सोधपुछ गरेको भन्दै उठेको रकम सरकारले तोकेको उपचार कोषमा जम्मा नगरि आफुखुशी अन्यत्र राख्न नपाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले २१ लाख भन्दा बढी रकम उठाइएको बताउनु भएको छ । आफुले पनि कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेको तर उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गर्न सिग्देललाई अनुरोध गर्दा सो कुराको सुनवाइ नभएको मण्डलले बताउनु भयो ।
उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताउनु भएको छ । उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको लेखा अधिकृत कीर्ति सुवेदीले समेत स्विकार्नु भएको छ ।
रौतहटको माधवनारायण नगरपालिकामा एक कार्यक्रमका बिच स्थानियलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । माधवनारायण नगरपालिकाको वडा नम्बर ९ गढोरघुनाथपुरमा सो सामग्री बितरण गरिएको स्थानिय सुनिल कुमार यादवले जानकारि दिए ।
प्रदेश २ का भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवको प्रमुख आतिथ्य तथा पहली कदमीबाट सो स्थानमा आरडिसी नेपालको आर्थिक सहयोगमा ३८ थान पानी खाने प्लाष्टिकका बाल्टिन र हात धुने सावुन स्थानियलाई बितरण गरिएको जनाइएको हो ।
माधवनारायण नगरपालिकाका नागरिकमा कोरोना संकटको समयमा हात धुनको लागी आवश्यक सावुन तथा बाल्टिनको अभाव भएको र उपलब्ध गराउन माग भएकाले आफुले सो क्षेत्रका नागरिकलाई बाल्टिन र सावुन उपलब्ध गराएको मन्त्री यादवले बताउनुभयो ।
हिन्दुहरुको महान पर्वहरु विजया दशमी शुभ दिपावली तथा छठ पर्वको आगमनसंगै कोरोनाले आक्रान्त बन्न सक्ने भन्दै भिडभाड तथा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेमा समेत मन्त्री यादवले जोड दिनुभयो ।
सर्लाही : लालबन्दी नगरपालिका–१, नवलपुर बागवानी जंगलबाट वुधवार बिहान लागूऔषध गाँजा र धारिलो हतियारसहित दुई युवक पक्राउ परेका छन् ।
बिहान ४ः३० बजेतिर हरिवन नगरपालिका–२, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो गाँजा र हतियारसहित पक्राउ परेका हुन् ।
प्रदेश २–०–३००१ प ८०६३ नम्वरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी हवल्दार सुधिर कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले १५ किलो गाँजा र २ फिट फलामको धारिलो हतियार तरबारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मधेशी पत्रकार समाज नेपालका पर्सा र बाराका अध्यक्षले राजीनामा दिनु भएको छ । मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह र बाराका अध्यक्ष अनिल कुमार गुप्ताले छुटा–छुटै रुपमा समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहलाई ईमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।
मधेशी पत्रकार समाज नेपालका केन्द्रिय अध्यक्ष मोहन सिंहले एकलौटी, मनोमानी तरिकाले मधेशी पत्रकार समाजका सदस्य समेत नरहेका मनोज कुमार मिश्रालाई प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरेकोमा असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको पत्रमा उल्लेख गरिएको छ ।
केन्द्रिय अध्यक्ष सिंहले मधेशी पत्रकार समाजको विधान विपरित निर्णय गरेकोमा पर्सा र बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको हुँदा यसलाई मध्यनजर गर्दै आजकै मितिबाट मधेशी पत्रकार समाजको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको पर्सा शाखाका अध्यक्ष श्रवण प्रसाद साहले बताउनु भयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन सर्लाहीको तदर्थ जिल्ला कार्यसमितिको सभापतिमा मलंगवाका शमिमबाबु खान नियुक्त भएका छन् । मलंगवा नगरपालिका वडा नं. ६ खुटौना निवासी खान संगठनको सभापति पदमा नियुक्त भएका हुन ।
खान सभापती पदमा चुनिए लगत्तै समाजसेवाको काममा जुटेका छन । खानले मलंगवाको वडा नं. ८ मा रहेको बालमन्दिरको सरसफाइमा तथा व्यवस्थापनमा लाई पहिलो प्राथमिकतामा राखेका छन ।
नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको गएको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो ।
आफु संगठनको सभापति पदमा नियुक्त भईसके पछि अब संगठनको विधान, नीति, कार्यक्रम तथा निर्णय र निर्देशनकाको आधारमा कामलाई अघि बढाउने खानले बताए । बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्ने र त्यसको संरक्षण गर्ने साथै संरक्षण बिहीन बालबालिकाको सहारा बन्ने मौका पाएकोमा आफु गौरवान्वित भएको खानले बताएका छन ।
बिगत लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका खान सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही सँग आबद्ध रहेका छन् ।
खानले जिल्लामा एउटा असल र जुझारु युवा नेताको रुपमा आफ्नो परिचय स्थापित गरिसकेका छन् ।