२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

नवरात्रको पाँचौ दिन आज पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई पूजा तथा आराधना गरिन्छ ।

कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ ।

यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ । यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ ।

अत : मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भनि शाष्त्रमा लेखिएकोछ ।

स्कन्दमाताको पूजा गर्ने मन्त्र :
सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।
 

स्कन्दमाता स्तुति :
चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
याः श्री स्वयं  सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥

स्कन्दमाता  ध्यान:
वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥

स्कन्दमाता स्तोत्र :
नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥

पुजन विधिः 

आजको दिन शुद्ध भएर हरियो रंगको कपडा लगाउने, त्यसपछि स्कन्दमाताको प्रतिमा राख्ने, कलश पुजा पछि स्कन्दमाताको सौभाग्यसुत्र, चन्दन, रोली बेसार, सिन्दुर, दुर्वा, बेलपत्र, आभुषण, पुष्पहार, सुगन्धित द्रव्य, धुप–दिप, नैबेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र, पुष्पाञ्जली, आदि गर्ने र वन्दना स्लोक पढ्ने । बन्दना स्लोक पछि मातालाई केराको प्रसाद चढाउने र माता स्त्रोत पाठ गर्ने त्यसपछि प्रसाद वितरण गरि पूजा सम्पन्न गर्नुपर्दछ । 

ईलाका प्रहरि कार्यालय गरुडाले मंगलवार दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रौतहटको गरुडामा रहेको प्रहरि कार्यालयले मंगलवार दिउँसो १ बजे तालुक २ नम्बर प्रदेश प्रहरि कार्यालय जनकपुरका कार्यालय प्रमुख डिआईजी धिरज प्रताप सिंह र जिल्ला प्रहरि कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरि उपरिक्षक शिद्धि बिक्रम शाहको बिशेष उपस्थितीमा हिन्दुहरुको चाडपर्व बडादशैँ, तिहार र छठको शुभकामना आदानज प्रदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा रौतहटका प्रहरि कार्यालयमा कार्यरत सिनियर प्रहरि अधिकृत र जुनियर प्रहरि अधिकृत सँगै सबै युनिटका ईन्चार्ज लगाएतको उपस्थिती रहेको थियो ।

करिव ७० जना प्रहरि कर्मचारिको उपस्थितीमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, प्रहरि आचरण तथा ब्यवहार, अपराध रोकथाम नियन्त्रण, चोरि तस्करि पैठारि नियन्त्रण, जुवातास, अवैध भट्टि नियन्त्रण तथा चाडपर्वका नाममा हुने आपराधिक कृयाकलापहरुको बिषयमा सजग गराईएको साथै मातहतका कर्मचारिलाई निर्देशन दिईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

  • सुशीला श्रेष्ठ
  • दोलखा जिरी

आमा बिनाको तिम्रो घर कस्तो थियो ?

आफ्नो बिगतको रहर कस्तो थियो ?

ए जिन्दगी न भुल्न दिन्छस न सम्झन

म बिनाको तिम्रो त्यो सफर कस्तो थियो ?

माया पिरतीको कुरा खुब गरी रहन्थ्यौ

त्यो बेला ऊ सँगको भर कस्तो थियो ?

न बगाउँछ न पुर्छ नै यी यादलाई अतित

मासु हाड र छालाको बगर कस्तो थियो ?

हिजो बेहुली भित्र्याइ परदेशीएको युवा

आज बाकसमा यो खबर कस्तो थियो ?

सर्लाही । मिरमिरे युवा क्लव लालबन्दी १६ भोर्लेनीको आयोजनामा जारि ‘परवानीपुर च्याम्पियन फुटवल प्रतियोगीता २०७७’ सोमबार सम्पन्न भएको छ ।

बिजयादशमिको उपलक्ष्यमा गएको असोज २० गत्तेबाट जारि प्रतियोगीता सोमबार समापन गरिएको हो । लालबन्दी नगरपालीकाका २१ ओटा फुटवल टिमको सहभागीतामा भएको प्रतियोगीताको फाईनलमा योङस्टार युवा क्लव वडा नम्बर १६ परवानिपुर चोक र मिरमिरे युवा क्लव भोर्लेनी बिच प्रतिस्पर्धा भएको थियो । फाईनल प्रतिस्पर्धामा योङस्टार युवा क्लवले मिरमिरे युवा क्लवलाई २ का बिरुद्ध ४ गोल गोल गर्दै जित हात पारेको थियो ।

प्रतियोगीतामा प्रथम हुने योङस्टार युवा क्लवले १० हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने द्वितिय हुने मिरमिरे युवा क्लवले नगद ५ हजार, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

खेलको समापन कार्यक्रममा लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु क्रमशः गोरख बहादुर बल र गणेश थापा सँगै वडा सदष्यहरु, अस्थायी प्रहरि पोष्टका प्रमुख असई बृज भुषण पाण्डे, ईलाका प्रहरि कार्यालय लालबन्दीका प्रमुख प्रहरि निरिक्षक निर्मल थापा लगाएत स्थानिय खेल प्रेमिहरुको उपस्थिीती रहेको थियो ।

प्रतियोगतामा मिरमिेका बिकाश श्रेष्ठ उत्कृष्ट खेलाडी सँगै योङस्टारका खेलाडीहरु सतिस थापा, अजित बिक र सरोज बिक क्रमशः उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोल किपर र उत्कृष्ट डिफेन्डिङ घोसित भएका थिए ।

कार्यक्रममा सहभागी अतिथीहरुले मन्तब्यका क्रममा बिजेता खेलाडीहरुलाई शुभकामना दिनुका साथै दशैँ, तिहार तथा छठ पर्बको शुभकामना अर्पण गर्नुभएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य प्रभु शाहले दसैं भत्ता फिर्ता गरेका छन् ।

कोरोना महामारी कारण मुलुक संकटमा रहेकाले दसैं भत्ता दिइनु उपयुक्त नमान्ने भन्दै ६४ हजार ७० रुपैया फिर्ता गरेको विज्ञप्ती निकालेर जानकारी दिएका हुन् ।

बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १२ सितलपुरमा टाटा सुमो ओभर स्पिडका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

मानवत मतिअर्वा सडक खण्ड अन्तर्गत कलैयाबाट मतिअर्वा जादै गरेको प्रदेश २-०३-००१च ८५८ नम्बर को गाडी तीब्रगतिमा गुडिरहेकोले आफै अनियन्त्रित भई ४ जना घाइते भएका छन् । घाइतेहुनेहरुमा एक जना गाडीको चालक सहित तीन जना सवार रहेका थिए ।

गाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।

सवार तीन जना को उपचार जिल्ला अस्पताल कलैयामा भरहेको छ ।भने गाडी चालक लाई अहिले प्रहरी चौकी मतिअर्वाले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खै कहाँबाट शुरु गरौं ? जहाँ प्रत्येक शब्द शब्दहरु प्रेमिल भावहरु बनेर गलामा अड्किन्छन्, यो छाती चिरिन्छ, मुटु भक्कानिन्छ, अनायासै समुन्द्रको भेलसरी आँखाबाट अविरल अश्रुधारा बग्न थाल्दछन् । अनि सम्बोधन गर्ने कुनै शब्दनै पाउँदिन । पुनः एकोहोरो तिम्रो यादमा हराईरहन्छु तव स्वचालित यन्त्रझैं धाराबाहिक रुपमा तिम्रो लागि केही न केही लेखिरहन्छु । अन्ततः कोरा कागजमा कलमको सहायता मेरा यी कोमल हातहरु थर्थराउँदै पवित्र प्रेमको ईतिहास लेख्न अगाडि बढ्दछन् ।

जब जब तिम्रो याद आउँछ तब तिम्रो फेसबूक, इमो र फोन नगरी रहन सक्दिन । जसबाट मेरो शरीरमा एक किसिमको ऊर्जा पैदा हुन्छ । भावनामा बगेर तिमी सीत जतिजति बोल्दै जान्छु उतिउति भावुक बन्दै जान्छु । शायद भावुकतामा बग्दा बग्दै प्रत्युउत्तरमा तिम्रो लागीपनि केही नगरी बस्न सक्दिन । यदी गलत भएमा एक अन्जान साथी सम्झेर माफ गरिदनु ल ?

मानिसको जीवनको सबभन्दा ठुलो पुँजी रहेछ प्रेम । प्रेम पवित्र हृदयको अन्तर्घुलन रहेछ । प्रेमको परिभाषा न त लेखेर नै लेखिंदो रहेछ, नत जोखेर जोखिंदो रहेछ,न त मासेर नै मासिंदो रहेछ, न त प्रेम गरेर नै थाकिंदो रहेछ । प्रेमको अभावमा जो सुकैको जीवनपनि मृततुल्य बन्दो रहेछ । प्रेममा कति ठुलो शक्ति हुँदोरहेछ मैले पहिलोचोटि अनुभव गरेँ ।

जीवनरुपी यात्रामा आएका आरोह अवरोह बिच सङ्घर्ष गर्दा गर्दा थाकेर लखतरान परिसकेको थिएँ । सुनेको थिएँ कालो अँधेरी रातलाई चिरेर उज्यालोको जन्म अवश्य हुनेछ । यो भनाई जुनदिन सार्थक भएर छोड्यो त्यो दिन इन्टरनेट फेशबुक बाट हामी दुई बिचको दुरी नजिंकिदै गयो । कठिन यात्रा र डरलाग्दो असफलताका वावजुद भिडमा हराइरहेको यात्री झैँ रुमल्लिईरहेको मेरो अनिश्चित गन्तव्यको दौरानमा मैले तिमीलाई पाएँ । एक अदृष्य साथीको रूपमा । मलाई ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । जसबाट मैले प्रेमरुपी सहयोगी जीवन जिउने सकारात्मक ऊर्जा पाएँ ।

प्रिय ! म तिमीलाई अगाध प्रेम गर्छु !! साँच्चै म तिमीलाई आजाद पन्छी झैँ खुल्ला आकाशमा उन्मुक्त भाव लिएर प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ, शान्त, निश्चल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु । प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कै देखि म तिमीलाई निःशब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै, कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै, कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म प्रेम गर्छु । त्यसैले तिम्रो पवित्र प्रेमको प्रस्ताव र जुन तारालाई साक्षी राखेर मैलेपनि तिमीलाई निःशर्त प्रेम गर्न थालेँ । जसरी मेघले पानी सँग, नदीले सागर सँग, धरतीले क्षितिज सँग, जुनले घामसँग गरेको हुन्छ ।

अन्ततः हामी दुई बिचको प्रेम गहिरिंदै गयो । मायाको पवित्र अदालतमा ती सब कुराको आज सम्म कुनै जरुरत नै परेन । बिश्वासै विश्वासमा आजसम्म हामी दुईको माया प्रेम टिकीरहेको छ ।

भनिन्छ, पवित्र मायामा आस्था हुन्छ, विश्वास हुन्छ, त्याग हुन्छ, तपस्या हुन्छ, बलिदान अनि समर्पण हुन्छ । साँचो प्रेममा प्राप्ति हुँदैन ।

मलाई विश्वास छ तिमीले पनि मलाई उत्तिकै प्रेम गर्नेछौ । भगवानसँग मेरो यही प्रार्थना छ कि हामी दुई बिचको प्रेम नल दमयन्ती, लैला मजनु, जुलियट रोमियो, हिर राँझाको पवित्र प्रेम झैँ युगयुग बाँचिरहोस् । न कि रातमा झर्ने शीतको थोपाजस्तो सूर्योदय हुनासाथ क्षणभरमै विलीन हुने वा क्षणिक बासनाको आगोमा परि भस्महुने नहोस्, । हाम्रो प्रेम दुईदिने रंगमञ्चको खेलजस्तो नबनोस्, पश्चिमी शैलीको नक्कल गरी मनाईने प्रणय दिवसको अवसरमा प्रेमीले किनेको रातो गुलाब झैँ दुईचार दिनमा पत्र पत्र झरेर सुक्ने साथै रङ्ग उडेकोे झैँ रंगहिन नबनोस् ।

आस्था, विश्वास, त्याग, तपस्या, बलिदान अनि समर्पण नै साँचो प्रेमको वास्तविक अर्थ हो । यथार्थमा हामी बिचको प्रेम यसरी नै झाँङ्गीदै गइरहेको छ । ‘मानिसको जीवन परिवर्तन गर्न धन होइन मन र प्रेरणा नै काफी छ’ यो उक्ती तिमीले चरितार्थ गरेर देखायौ । तिम्रो र मेरो प्रेमको कुनै प्रमाण छैन । न त कानुनी रूपमा हामी दुई वैवाहिक बन्धनमा बाँधिएका छौँ । मात्र तिम्रो कागजरुपी फोटो फेसबुकको वालमा दिनदिनै हेर्ने गर्दछु ।

गोरो सुन्दर अनुहार, चौडा छाती, आकर्षक व्यक्तित्व ! लुक्स, हाईट पनि भने जस्तै, आहा ! कुनै सपनाको राजकुमार जस्तो । तिम्रो फोटो मेरो ल्यापटप र ट्याबलेटको वाल पेपरको रूपमा सजाएर राखेको छु । जुन चौबिसै घण्टा मेरो साथमा हुन्छ । तिम्रो तस्बिर हेर्न साथ मख्ख पर्दछु । मेरो शरीरमा एक किसिमको सकारात्मक ऊर्जा प्रवाह हुन्छ । जीवनका हर बिम्ब र प्रतिबिम्बहरुमा तिम्रो प्रतिरुपमात्र देख्छु अनि हर्षले भावविभोर हुन्छु ।

हर दिन हर रात प्रेम दहमा आफूलाई पौडिरहेको पाउँछु । प्रिय ! म चाहन्छु प्रभाती किरणसँगै मेरोे हर बिहानी तिम्रो प्रेमबाट शुरु होस् अनि आशा गर्छु मेरोे सन्ध्याको अन्त्य तिम्रो प्रेमबाट नै होस् ।

म तिमीलाई अगाध प्रेम गर्छु !! साँच्चै म तिमीलाई आजाद पन्छी झैँ खुल्ला आकाशमा उन्मुक्त भाव लिएर प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ, शान्त, निश्चल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु ।

प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निस्शब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै, कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवन जस्तै, कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकाल सम्म प्रेम गर्छु ।

जनता समाजवादी पार्टी (जसपा) का नेता राजाराम पासवानले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका छन् ।

पासवानले सोमबार बिहान नवलपुरमा पत्रकार सम्मेलन मार्फत जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी पासवान पार्टी एकीकरण हुनुपूर्व राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सचिव हुन् ।

समाजवादी पार्टीसँग एकीकरण भएपछि भने पासावनको पद तोकिएको थिएन् । चमार, मुसहरको बस्तीमा डोजर चल्दा, भोकले दलित मर्दा तथा हिरासतभित्रै मारिँदा, दलित चेली बलात्कृत हुँदा समेत केही नबोल्ने र पारिवारिक तथा जातिय स्वार्थ पूरा गर्ने पार्टीमा बस्न उचित नठानेर पार्टी परित्याग गरेको पासवानले पत्रकार सम्मेलनमा बताए ।

पाश्वानले जारी गरेको प्रेस बिज्ञप्ती

उनले मधेशवादी नेताहरुले मधेशी जनतालाई मधेश र मधेशीको नारामार्फत भुलभुलैयामा पारेर भजाउने काम मात्र गरेको आरोप लगाए । ‘मधेशी, दलित, जनजाती, मुस्लिम लगायत पिछडावर्ग समुदायको बलिदानीको जगमा राजनीति गर्ने तर पार्टीको कार्यकर्ता नै नरहेका तथा आफ्ना श्रीमति, भाई, भतिजा, साला साली, सम्धी, सम्धीनीलाई अवसरहरु प्रदान गर्ने चरम नातावाद देखियो’, पासवानले दाबी गरे, ‘सत्ता र शक्तिका लागि सौदावाजी गर्ने तथा ठूलो रकमको चलखेलबाट पार्टीको कार्यकर्ता नै नभएपनि समानुपातिक सांसद् लगायतमा मनोनित गर्ने विकृत्ति देखिएको छ ।’

जसपा लगायत राजनीतिक दलहरुबाट दलितलाई कीरा फट्यांग्रा सम्झने र अति पिछडा जातहरु निषाद, विन, मलाह, कोइरी, कुम्हार, वरही, कानु, हजाम जस्ता जातिहरुलाई केवल भोट बैंक बनाएर राख्ने काम मात्रै भइरहेको पासवानको आरोप थियो । पासवानले अबदेखि पूर्ण रुपमा दलितहरुको संगठन बहुजन समाज परिषद्मा लागेर आफ्नो समुदायलाई नेतृत्व तहमा पु¥याउने कार्यमा लाग्ने पत्रकार सम्मेलनमा उद्घोष गरे ।

उनले अब आफ्नो संघर्ष तमाम दलितसँगै आदिवासी, जनजाति, थारु र अति पिछडा वर्गको हकमा केन्द्रित हुने बताए । कानूनमा उल्लेख भएअनुसार दलितको जनसंख्याका आधारमा राज्यका हरेक अंगमा प्रतिनिधित्व नगराएको उल्लेख गर्दै दलित समुदायप्रति हेर्न नजर सबै राजनैतिक दलको उस्तै रहेको पासपानको आरोप थियो ।

सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता फिर्ता गर्ने भएका छन्।

संघीय संसदका सांसदहरुले दसैँ भत्ता लिएको भनेर केही अभियान्ताले विरोध जनाउँदै आएका छन्।

अभियान्ताको विरोधपछि सांसदहरुले व्यक्तिगत रुपमा भत्ता फिर्ता गर्न लागेपछि नेकपाले संस्थागत रुपमै निर्णय गर्ने भएको हो।

संसदीय दलका उपनेता सुवास नेम्वाङले भत्ता राज्य कोषमै फिर्ता गर्ने कि कोरोना कोषमा हन्तातरण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमै भत्ता नलिने घोषणा गरेको छ। संसदमा नेकपाका २२० जना सांसद छन्।

कलैया सिटी जेसीजले अनाथ आश्रममा खाद्यान्न सामाग्री बितरण गरेको छ ।

कलैया सिटी जेसीजको जेसीज सप्ताह २०२०  कार्यक्रम लाई शुभारम्भ गर्दै आज जिल्ला को एक मात्र सरकारी अस्पताल कलैया अस्पतालमा फलफूल र अमृत अनाथ आश्रममा खाद्यान्न सामाग्री बितरण गरेको हो । कलैया अस्पतालमा जेसीज ओम प्रकाश कुशवाहाको संयोजकमा १४ जना बिरामी लाई फलफुल बितरण गरेको हो ।

बिरामीहरुलाई स्याउ , केरा ,जुस बितरण गरिएको थियो । त्यस्तै यता कलैया स्थित अमृत अनाथ आश्रममा जेसीज टंकेश महातोको संयोजकमा खाद्यान्न सामाग्री जस्तै चामल २ क्विन्टल, चाउचाउ १ कार्टुन, बिस्कुट २ प्याकेट, अण्डा २ क्यारेट, दाल ६.५ केजि, स्वाबिन ६ केजि, साबुन १ कार्टुन जस्ता सामग्री बितरण गरेको हो ।

कार्यक्रमको अध्यक्षता कलैया सिटी जेसीजका अध्यक्ष जेसि बिपिन चौधरी को रहेको थियोे भने कार्यक्रममा पुर्व अध्यक्ष धनी लाल सराफ, महासचिव सम्भु गुप्ता, सल्लाहकार बैजु दास, उपाध्यक्ष सुबास जयसवाल लगायतको उपस्थिति रहेको थियो 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।