बाराको जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १४ मा टिपिकल रैथाने खानाको प्रस्तुती सहित ‘अर्गानिक भ्यान्टे कटेज एण्ड रेस्ट्रो’को सेवा सुरु भएको छ ।
राजघट्टा चोकबाट उत्तरतर्फ पिचरोड हुँदै जङ्गल छेउमा पशुपती मन्दिरको पश्चिमतर्फ मौलापुरमा अर्गानिक भ्यान्टे कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको हो । विदेशमा दुःख गरेर अनुभव संगालेका युवा जीवन खतिवडाले होटल सञ्चालन गरेका हुन् । उनी पूर्वजनमुक्ति सेना हुन् ।
रेष्टुरेन्टको एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन शर्माले होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको बेलामा साहस र हिम्मतले व्यवसाय सुरु गरेको भन्दै व्यवसायिक सफलताको कामना व्यक्त गरेका छन् ।
जीतपुरसिमरा वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, समाजसेवी भरत बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेकपाका युवा नेता भरत भण्डारीले गरेका थिए ।
प्रविनकुमार बम
जमाना इन्टरनेटको छ। कोरोनाले जनजीवन अस्तव्यस्त बनाए तापनि युट्युव, फेसबुक, टिकटक र इन्स्टाग्रामले धेरैलाई व्यस्त नै बनाइराखेका छन्। अहिलेको समयमा सबैको ध्यानाकर्षण कोभिड-१९ तर्फ केन्द्रित भएको छ। यो स्वाभाविक पनि हो। तर हामी अलि बुद्धिमान भएर सोच्ने हो भने कोरोना सँगसँगै प्रेसर र सुगर लगायत अन्य मुटु रोगहरुतर्फ पनि सबैको ध्यान जान आवश्यक देखिन्छ।
संसार जतिजति विकसित हुँदै गइरहेको छ, उच्च रक्तचाप, मधुमेह (सुगर) र हृदयघात (हार्ट अट्याक) जस्ता घातक रोगहरु मौलाउँदै गइरहेका छन्। यी रोगहरुबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा छ। कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेमा पनि मुटुरोग र मधुमेहका बिरामी बहुसंख्यक छन्।
विश्वमा र नेपालमै पनि सबैभन्दा बढी मृत्युदर बोकेको रोगमा कोरोनरी धमनी रोग पर्छ। अस्वस्थकर खानपिन, आसिन जीवनशैली, मोटोपना, उच्च रक्तचाप र सुगर यो रोगका जोखिम कारक हुन्। यस रोग अन्तर्गत एन्जाइना र हृदयघात पर्छन्।
कोरोनरी धमनी रोग (एन्जाइन र हृदयघात) के हो?
मुटुका कोष र मांसपेसीहरुमा रगत सम्प्रेषण गर्ने रगत नलीलाई कोरोनरी धमनी भनिन्छ। यदि शरीरमा हानिकारक कलेस्ट्रोल (एलडिएल) को मात्रा बढी भयो र जोखिम कारक पनि बढ्दै गए भने, उक्त अवस्थामा कलेस्ट्रोल (बोसो), क्याल्सियम र सुजन कोषिकाहरु रगत नलीमा गएर जम्मा हुन्छन् र नली साँघुरो पार्छन्।
जसरी पाइपमा खिया लाग्दा पानीको वहाव कम हुन्छ त्यसैगरी मुटुको रगत नली साँघुरो हुँदा रगत सञ्चालन कम हुन्छ र पछि गएर सञ्चालन नै बन्द हुने स्थिति पनि सिर्जना हुन सक्छ। जसका कारण मुटुका कोष र मांसपेसीहरुले रगत पाउँदैनन् र अक्सिजनको अभाव भएर कोषहरूको मृत्यु हुन्छ। यो अवस्थामा बिरामीलाई छाती दुख्ने, छातीमा भारी वस्तुले थिचेको महसुस हुने, श्वास फेर्न गाह्रो हुने, खलखली पसिना बग्ने वा अचानक बेहोस हुने जस्ता लक्षणहरु देखापर्न थाल्छन्, जसलाई कोरोनरी धमनी रोग भनिन्छ।
रोगका जोखिम कारक
• अत्यधिक मात्रामा धूमपान र मध्यपान गर्नु,
• अस्वस्थकर खानपिन (बोसो भएको मासु, तेलमा तारेका खानेकुरा, वटर,चिज,पनिर, केक लगायत बेकरी आइटम्सको सेवन),
• शारीरिक व्यायाम र कसरतको कमी,
• आसिन जीवनशैली र मोटोपना,
• रगतमा हानिकारक कलेस्ट्रोल (एलडिएल) को मात्रा बढी हुनु,
• लामो समयसम्म प्रेसर र सुगर नियन्त्रणमा नहुनु,
• निरन्तर तनाव लिइरहनु, डिप्रेसन हुनु
• ४० देखि ६० प्रतिशत मानिसमा कोरोनरी धमनी रोग वंशानुगत हुने गरेको पाइएको छ।
पुरुषमा ३५ देखि ४५ वर्षको उमेरमा मुटु रोगको जोखिम बढ्ने गरेको छ। र ५५ वर्ष पुगेपछि जोखिम दुई गुणाले बढ्ने गर्छ। महिनावारी नरोकिएका माहिलाको सन्दर्भमा भने रोगको जोखिम सोही उमेरका पुरुषभन्दा कम देखिने गरेको विभिन्न अनुसन्धानमा उल्लेख छ। महिलामा हुने “इस्ट्रोजन” हर्मोनले शरीरमा बोसोको मात्रा सन्तुलनमा राखी एन्जाइना र हृदयघात विरुद्ध रक्षात्मक भूमिका निर्वाह गर्ने गरेको चिकित्सकहरुको भनाइ छ। महिनावारी रोकिसकेपछि चाहिँ महिला वर्गमा पनि मुटु रोगको जोखिम पुरुषमा झैं बढ्ने गर्छ, अझै पुरुषमा भन्दा धेरै जोखिम पनि हुनसक्छ।
धूमपान एन्जाइना र हृदयघातको एउटा प्रमुख कारक हो। दिनमा कम्तीमा पनि १ खिल्ली चुरोट सेवन गर्ने व्यक्तिमा सामान्य व्यक्तिभन्दा यो रोग लाग्ने सम्भावना दुई गुणा बढी हुन्छ।
मोटोपना भएका मानिसहरु खासगरी जो लामो समयदेखि प्रेसर र सुगरको सामना गरिरहेका छन्, उनीहरुमा एन्जाइना र हृदयघात हुनसक्ने सम्भावना उच्च भएकाले बेलैमा होसियार हुनपर्ने हुन्छ।
बिरामीमा देखा पर्ने लक्षण
• छाती दुख्नु, गह्रौं वस्तुले छाती थिचेको महसुस हुनु,
• दुखाइ घाँटी, गिजा हुँदै पाखुरातर्फ सर्दै जानु,
• श्वास फेर्न अप्ठ्यारो हुनु,
• खलखली पसिना बग्नु,
• वाकवाकी लाग्नु/बान्ता हुनु,
• मन्द-मन्द टाउको दुख्नु,
• मुटुको धड्कन तेज भएको वा घटेको महसुस हुनु,
• अचानक बेहोस हुनु।
सुरुवाती अवस्थामा यी लक्षणहरु कसरत गर्दा, तनाव हुँदा, चिसोको सम्पर्कमा आउँदा, धेरै खाना खाँदा वा जीउलाई बल पर्ने खालका कुनै पनि कार्य गर्दा देखिन सक्छन्। जसलाई मेडिकल भाषामा “इस्टेवल एन्जाइना” भनिन्छ।
तर, पछि जब रोग बल्झिँदै जान्छ र यसले आक्रामक रुप लिन्छ तब यी लक्षणहरु सामान्य काम गरिरहँदा वा आराम गरिरहेको अवस्थामा समेत देखा पर्न सक्छन्। यो अवस्थालाई “अन-इस्टेवल एन्जाइना” र “हृदयघात” (हार्ट अट्याक) भनिन्छ।
यदि ३५/४० वर्ष उमेर नाघेका, विशेषगरी प्रेसर, सुगर र अन्य मुटु रोग भएका व्यक्तिहरुमा यी लक्षण देखा परेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ। समयमा उपचार पाएन भने बिरामीको ज्यान पनि जान सक्छ।
हामीले बेलैमा निम्न लिखित उपायहरु व्यवहारमा उतार्यौं भने हृदयघात लगायत अन्य मुटु रोगहरुको न्यूनीकरण गर्न सक्छौं:
• धूमपान र मध्यपान त्याग्ने,
• तौल नियन्त्रणमा राख्न दैनिक कम्तीमा २० मिनेट एरोबिक व्यायाम र कसरत गर्ने जस्तैः जगिङ गर्ने,स्किपिङ गर्ने, पौडी खेल्ने, खेलकुदमा भाग लिने आदि,
• नियमित मेडिटेसन र योग गर्ने,
• पोषणयुक्त र सन्तुलित आहार सेवन गर्ने; खासगरी फलफूल, सागपात र तरकारी सेवनमा विशेष जोड दिने,
• रातो मासु हुने जनावरहरु: खसी-बाख्रा, च्याङ्ग्रा, बँगुरको मासु सक्दो कम सेवन गर्ने। प्रेसर, सुगर र अन्य मुटु रोगका बिरामीले त सेवन नै नगरे पनि हुन्छ,
• पनिर, वटर, चिज, केक र डुनट जस्ता बेकरी आइटम्स र तेलमा तारेका खानेकुराले शरीरमा हानिकारक एलडिएल कलेस्ट्रोलको मात्रा वृद्धि गर्ने हुँदा यस्ता खानेकुराको सेवन सक्दो कम गर्ने,
• बादाम (आल्मोन्ड्स), ओखर, काजु र वनस्पति स्रोतका तेलमा मानव शरीरका लागि आवश्यक तेल पाइने हुँदा यिनको सेवन गर्न सकिन्छ,
• ३५/४० वर्ष नाघेकाहरुले समय-समयमा प्रेसर, सुगर, कलेस्ट्रोल र अन्य स्वास्थ्य परीक्षण गराउने,
• उच्च रक्तचाप, मधुमेह, उच्च कलेस्ट्रोल र अन्य मुटु रोग भएका बिरामीले चिकित्सकको सल्लाह बमोजिम आफ्नो स्वास्थ्य अवस्था सन्तुलित राख्ने,
हृदय रोग र क्यान्सर लगायत घातक रोगहरु नेपालका लागि चुनौतीको विषय बनेका छन्। हामीसित यी रोग सम्बन्धी तथ्यांकहरुको कमी छ। आवश्यक मात्रामा खोज र अनुसन्धान भएका छैनन्। चेतनामूलक कार्यक्रमहरु न्यून छन्। सरकार, गैरसरकारी संस्था र स्वास्थ्य संगठनले चालेका कदम पर्याप्त छैनन्। गंगालाल हृदय केन्द्र जस्तै मुटु सम्बन्धी सरकारी अस्पतालहरुको स्थापना अत्यावश्यक छ। यसतर्फ बेलैमा राज्यको ध्यान जाओस्।
स्वास्थ्य खबर बाट
दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन्। दसैंमा बिहानदेखि बेलुकासम्म टन्न मासु खानुपर्छ भन्ने आममान्यता छ। त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन्। घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ।
फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर पेटमा अटेसम्म बिहानदेखि बेलुका खाने चलन छ।
दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने तर शारीरिक कसरत भने अरु बेलाको भन्दा कम हुने भएकाले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिने गरेका छन्। जसका कारण चाडबाडका बेला खानपानसम्बन्धी समस्या लिएर अस्पताल आउनेको संख्या उल्लेख्य हुन्छ।
आवश्यकताभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्छ। अत्यधिक मात्रामा मासु खानाले स्वस्थ मानिस पनि बिरामी पर्छन् । तसर्थ सन्तुलन मिलाएर खानुपर्छ जसले स्वास्थ्यमा लाभ पुर्याओस्।
मासुका परिकार बढी खाँदा बच्चा, वृद्ध र दीर्घ रोगीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यति मात्र होइन, शारीरिक कसरत नगर्ने तर बसीबसी मासु मात्र खाने गर्दा स्वस्थ व्यक्तिलाई पनि अन्य दीर्घरोग बढ्ने सम्भावना हुन्छ।
दसैंमा बालबालिकालाई झाडापखाला लाग्ने, बान्ता हुने, कब्जियत हुने र खान मन नलाग्ने जस्ता समस्या देखिन्छन्। त्यस्तै उच्च कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या पनि यो बेलामा बढी देखिन्छ।
त्यसैले दसैं–तिहारमा मासु खाँदा सबै उमेर समूहका मानिसले उत्तिकै ध्यान पुर्याउन जरुरी छ। हुन त मासु आफैंमा खराब चिज होइन, तर जुन तरिकाले हामी खान्छौँ, त्यसले शरीरलाई बेफाइदा गर्छ।
मासु शरीरका लागि चाहिने पौष्टिक आहार हो। त्यसैले यसको सन्तुलन मिलाएर खान सकियो भने धेरै फाइदा हुन्छ। मासुबाट शरीरमा चाहिने प्रोटिनका साथै आइरन पनि प्राप्त हुन्छ।
मासुमा छाला र बोसोको मात्रा बढी हुन्छ। छाला र बोसोले स्वास्थ्यमा नकारात्मक असर गर्छ। मासुमा चिल्लोको मात्रा पनि बढी हुन्छ । त्यसमा पनि हामीले मरमसाला र चिल्लो हालेर पकाउने हुँदा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ।
मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ। किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ।
तसर्थ, दसैंको बेलामा मासु पकाउँदा भान्सामा सागसब्जी, विभिन्न वनस्पतीजन्य फाइवरयुक्त तरकारी अनिवार्य रुपमा बनाउनुपर्छ। त्यो बाहेक काँक्रो र मुलाको अचार, रायोको गेडा राखेर खाँदा झनै स्वास्थ्यवद्र्धक हुन्छ।
सागसब्जी र अन्य फाइबरयुक्त तरकारीले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्छ। काँक्रो र मुलाको अचारमा रायोको गेडालाई तोरीको तेलमा पकाएर खानाले मासुको चिल्लोलाई पचाउन सघाउ पुग्छ।
साथै फलफूल प्रशस्त मात्रामा खानुपर्छ। दसैंको बेलामा अम्बा पाइन्छ। अम्बामा अत्यधिक मात्रामा रेशा हुन्छ। चिल्लो पदार्थलाई शरीर बाहिर निकाल्ने हुँदा मासुका साथै अम्बा खानु उपयुक्त हुन्छ ।
प्रा.डा. मनसा थापा ठकुराठी सँगको कुराकानीमा आधारित स्वास्थ्य खबर बाट
प्रदेश नं. २ सरकारले छठ पछि आफ्नै प्रहरी भर्ना गर्ने भएको छ । प्रदेश नं. २ मा आफ्नो प्रहरी नभएको कारण अपराध अनुसन्धानमा प्रदेश सरकारको संलग्नता नभएको भन्दै आफ्नै प्रहरीको लागि गृह कार्य थालेको प्रदेश सरकारले छठ पछि प्रहरी भर्ना गर्ने भएको हो ।
आइतबार भएको मन्त्री परिषदको बैठकले त्यस्तो निर्णय गरेको हो । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी शुरु गरेको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताउनुभयो ।
प्रदेश २ को आइतबार बसेको मन्त्री परिषद बैठकमा आफूले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेको र छठ पछि प्रहरी भर्ना लिने प्रकृया शुरु हुने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ । आइतबार बसेको प्रदेश २ को मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिनुभयो ।
यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।
त्यस्तै प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।
भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएको रौतहटको चन्द्रपुर नगरपालीका ४ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ ।
चन्द्रपुर ४ स्थित एक घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले आईतबारबाट आफ्नै भवनबाट शुरु गरेको हो । भवन चन्द्रपुर ४ स्थित दुर्गा माध्यमिक बिद्यालय नजिक जनएकता सामुदायिक बनको छेउमा रहेको छ ।
वडावासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गरि सेवा शुरु गरेको वडा नं. ४ का वडा अध्यक्ष अमर आलेले जानकारी दिनुभयो ।
रौतहटको गरुडा नगरपालिकाले नाईहरुलाई दोश्रो चरणको राहत सामाग्री बितरण गरेको छ । हालै बिश्व ब्यापी महामारिको रुपमा फैलिएको कोराना भाईरस कोभिड १९ बाट अति नै प्रभाबित भएका नाईहरुलाई गरुडा नगरपलिकाले राहत बितरण गरेको हो ।

नगरपालीका प्रमुख ईनु राय यादवले नेपाल नाई संघका जिल्ला अध्यक्ष रामधारी ठाकुरलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
गरुडा नगरपालिको प्राङ्गणमा भएको राहत बितरण कार्यक्रमा नेपाल नाई संघका प्रदेश २ उपाअध्यक्ष उदय ठाकुर, बिनोद ठाकुर प्रदेश सदस्य प्रमोद ठाकुर लगाएतको उपस्थिती रहेको थियो ।
नगरपालिकाले २८ जनाको नाममा उपलब्ध गराएको राहत सामाग्रीे जिल्ला नाई संघका अध्यक्ष ठाकुर मार्फत नेपाल नाई संघ गरुडाका नगर अध्यक्ष गगनदेव ठाकुलाई जिम्मा लगाईएको नाई संघ गरुडाका नगर सचिव राम नरायण ठाकुरले बताउनुभयो ।
नेपाली कांग्रेस सर्लाहीका नेताहरुले दशैंपछि सर्लाहीमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।
आईतबार धनकौल स्थित प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्रप्रसाद कुशवाहा र वीरेन्द्रप्रसाद सिंह लगायत नेताहरुले दशैं लगतै आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका हुन् ।
धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्मा एवं कांग्रेसका जिल्लास्तरीय विभिन्न नेताहरुको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा बोल्दै सांसद्हरुले आफूहरुमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले दुव्र्यबहार समेत गरेको आरोप लगाए ।
‘जनताबाट निर्वाचित हाँमी जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष सिंह राठौर तथा डीएसपी उद्यव सिंह भाटबाट भौतिक रुपमै र फोनबाट समेत दुव्र्यबहार भएको छ’, चार नं. क्षेत्रबाट निर्वाचित संघीय सांसद् डा. सिंहले भने, ‘पीडित जनतालाई न्याय देउ भनेर आवाज उठाउँदा जनप्रतिनिधि माथि दुव्र्यबहार गरेर नेपाल पुलिसका अधिकारीहरुले नेकपा पुलिसको व्यबहार देखाएका छन्, अब हाँमी पनि छाड्नेवाला छैनौं, दशैंपछि आन्दोलनको आँधीबेरी ल्याउने छौं ।’
एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानूनी कारबाहीका लागि समेत तयारी गरिरहेको संघीय सांसद् सिंहले जानकारी दिए ।
हिन्दुहरुको महान चाड दशैंका कारण हाललाई आन्दोलन स्थगीत गरिएको र कोजाग्रत पूर्णीमा लगतै चरणबद्ध रुपमा आन्दोलनको आँधीबेरी ल्याउने जिल्ला उपसभापति सिंहले चेतावनी दिए ।
आन्दोलनका कारण हुने सबैखाले अपृय घटनाको जिम्मेवार स्थानीय प्रहरी प्रशासन नै रहने समेत उपसभापति सिंहको भनाई रहेको उज्यालो अभियानमा खबर छ ।
नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ ।
नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ ।
काेलकाताले हैदराबादलाई सुपर ओभरमा हराएकाे हाे । सुपर ओभरमा हैदराबादले दिएकाे तीन रनकाे लक्ष्य काेलकाताले चाैथाे बलमा पूरा गर्याे ।
सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जाेनी बेयर्स्ट्राे क्रिजमा आएका थिए । काेलकाताका लागि लकी फर्गुसनले पहिलाे बलमा नै वार्नरलाई बाेल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दाेस्राे बलमा दुई रन जाेडे । तेस्राे बलमा फर्गुसनले समादलाई पनि बाेल्ड आउट गरेपछि काेलकाताले तीन रनकाे लक्ष्य पाएकाे हाे ।

तीन रनकाे लक्ष्य पाएकाे काेलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलाे बल मर्गनलाई डट राखे । दाेस्राे बलमा मर्गनले एक रन लिएका थिए ।
क्रिजमा रहेका कार्तिकले तेस्राे बल डट खेले, चाैथाे बलमा काेलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएकाे हाे ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काेलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएकाे थियाे । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिकले अविजित २९ र नितिश रानाले २९ रन बनाए ।
खेलकाे बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ हैदराबादका लागि टी नटराजनले दुई विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र राशिद खानले समान एकएक विकेट लिए ।
एक सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएकाे हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन मात्रै बनाउन सक्याे । उसका लागि डेभिड वार्नरले अविजित ४७, जाेनी बेयर्स्ट्राेले ३६ र केन विलियमसनले २९ र अब्दुल समादले २३ रन बनाए ।
बलिङतर्फ लकी फर्गुसनले तीन विकेट लिए । साथै प्याट कमिन्स, शिवम् माभी र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए ।
याे जितसँगै १० अङ्कका साथ काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ भने हैदराबाद ६ अङ्कसहित पाँचाैँ स्थानमा छ ।
यसैबीच दाेस्राे खेलमा मुम्बई र पञ्जाब खेलिरहेका छन् । अहिले टस जितेकाे मुम्बई ब्याटिङ गरिरहेकाे छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।
जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको यो तेस्रो हार हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो ।
दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो । जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ ।
पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।