सदरमुकाम मलंगवामा रहेको जिल्ला प्रशासन कार्यालय सर्लाही आज (आइतवार) बाट खुल्दैछ ।
कार्यालयले नयाँ नागरिकता र नागरिकता प्रतिलिपी वितरण बाहेक अरु काम सूचारु गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समेतगरी ५ जना कर्मचारीमा एकैपटक कोरोना संक्रमण पाइएपछि गत असोज २५ गतेदेखि कार्यालयको सेवा बन्द गरिएको थियो ।
संक्रमित सीडीओ पौडेल र अन्य कर्मचारीहरु सेल्फ आइसोलेसनमै बस्ने र बाँकी कर्मचारीहरुले आजबाट काम सुरु गर्ने तयारी गरिरहेको कार्यालयका प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए ।
कार्यालयका सूचना अधिकारी समेत रहेका यादवका अनुसार भीडभाड हुन नदिन नागरिकता वितरणको काम तत्काललाई स्थगित नै राखेर विभिन्न खाले सिफारिस र नवीकरणको सेवा मात्रै सूचारु गर्न लागिएको हो । कार्यालय खुल्दा समेत नागरिकता लिन टोकन प्रणालीमार्फत धेरै दिन कुरेर लडाइँ नै गर्नुपरेको अवस्थामा पुनः अनिश्चित समयका लागि नागरिकता वितरणको काम रोकिएपछि सेवाग्राहीहरु भने मारमा परेका छन् ।
प्रशासकीय अधिकृत यादवले कोरोना संक्रमण पुष्टी हुनासाथ सेल्फ आइसोलेसन अर्थात आ–आफ्नो कोठामा बसिरहेका सीडीओ पौडेल र संक्रमित अरु कर्मचारीको आज थ्रोट स्वाब लिइने जानकारी दिए ।
उज्यालो अभियान बाट
कार्तिक २, रौतहट । बृन्दावन नगरपालीकाका प्रमुख रामस्नेहि यादवलाई मातृ शोक परेको छ । नगरप्रमुख यादवको आमा मन्तोरियादेवि यादवको शनिवार बिहान ८० बर्षको उमेरमा निधन भएको हो । उनको शनिवार नै अन्त्यष्टि गरिएको छ ।
अन्त्यष्टिका समयमा बृन्दावन नगरपालीकाका नेपाली कांग्रेस जिल्ला सभापती कृष्ण यादव, संबिधानसभा सदस्य जितेन्द प्रसाद यादव ‘सुनिल’, क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना, क्षेत्र नं. ३ का प्रत्यासि बिद्यायक राम नारायण यादव, गढिमाई नगरपालीकाका मेयर स्याम यादव, जिल्ला सदष्य वाल्मिकी यादव लगाएत सयौंले सहभागीता जनाएका छन ।
मृतक मन्तोरियादेविको शवलाई नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरिएको केन्द्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले बताएका छन ।
कार्तिक २ । नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ। बडादशैं अन्तरगत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ। नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।
ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ । मनुष्य जीवनको बाल्यावस्थापछिको दोस्रो उमेर साधना र ज्ञानको समय हो । सीप, साधना, तालिम र ज्ञानार्जन गर्न भगवती ब्रह्मचारिणीको उपासनाबाट सहज हुने गर्दछ । त्यस्तै सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीलाई सिद्धान्त, कर्तव्यपालना र भक्तिभावको प्रतीक पनि मान्ने गरिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनीसमेत भनी देवीभागवत लगायतका पुराण र अन्य धर्मग्रन्थहरूमा बताइएको छ । शास्त्रहरूमा उनको वदन र वर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल पुष्प धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रह्मस्वरूप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ सङ्केत गरेको छ । देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ र देवीमन्दिर र दुर्गाघरमा भेला हुने गर्दछन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि जारी रहने गर्दछ ।
यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको थियो। देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने हिन्दु पराम्परा रहेको छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ।
कातिक २ । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको छ।
यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो । सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ।
गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो।
गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो।
पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।
तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ। सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो।
गएको सेप्टेम्बर २७ देखि भएको हिंसामा ३०० जना भन्दा बढीको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।
कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो। तर अहिलेको भिडन्तले सघन रुप लिएको हो। गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।
त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए।
क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो। देशसन्चार बाट
कातिक २ । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् ।
दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो । नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो ।
भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
कातिक २,सर्लाही । हरिवनमा शनिवार प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
न्यू हरिवन तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न प्रतियोगितामा ४७ मेडलसहित हरिवन तेक्वान्दो डोजाङ पहिलो, २० मेडल सहित नवलपुर तेक्वान्दो डोजाङ दोस्रो र ११ मेडलसहित हरिपुर तेक्वान्दो डोजाङ तेस्रो भएका छन् ।
हरिवन–११ स्थित सूर्ति विकास खेल मैदानमा आयोजित प्रतियोगितामा हरिवन तेक्वान्दो डोजाङका ए र बी गरी दुई वटा डोजाङ तथा नवलपुर, बरहथवा र हरिपुर डोजाङबाट १०५ जना खेलाडी सहभागी भएका नेपाल तेक्वान्दो संघ सर्लाहीका कोषाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको शनिवार बिहान नेपाल तेक्वान्दो संघका जिल्ला अध्यक्ष खड्गबहादुर सापकोटाको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यता र संघका प्रदेश संयोजक गुरुप्रसाद गौतमको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
उज्यालो अभियान बाट
उत्तर कोरियाले अन्तरराष्ट्रिय प्रतिबन्धबाट बच्नका लागि के–कस्ता तरिका अपनाउँछन् त्यसबारे जानकारी दिँदै एउटा नयाँ डकुमेन्ट्री बनेको छ ।
यसमा उत्तर कोरियाली शासक किम जोङ उनको प्रशासनका अधिकारीसँग नक्कली रक्षा सम्झौता गरिएको कुरा पनि देखाइएको छ ।
डकुमेन्ट्रीका पात्र पनि कम अचम्मका छैनन् । एक पात्र डेनमार्कका एक बेरोजगार शेफ हुन् जो कम्युनिष्ट शासकतर्फबाट आकर्षित छन् ।
दोस्रा व्यक्ति स्पेनका एक धनाढ्य हुन् र तेस्रो पात्र उत्तर कोरियाका एक प्रचारक हुन् जसलाई सेनाको पोशाक लगाउन शौख छ ।
यसबाहेक डकुमेन्ट्रीमा एक पात्र फ्रान्सका एक पूर्व सैनिक हुन् जो कोकीनको तस्करीमा दोषी पाइएका छन् । उनलाई फिल्ममा एक रहस्यमयी व्यक्तिको रुपमा हेरिएको छ ।
तर के यी सबै वास्तविक हुन सक्लान् ? संयुक्त राष्ट्रका एक पूर्व अधिकारीले बीबीसीसँगकोकुराकानीमा यो फिल्मलाई विश्वसनीय मान्छन् ।
‘द मोल’ नामको यो फिल्म डेनमार्क मूलका फिल्म निर्माता मेड्स ब्रगरले बनाएका हुन् । उनले उत्तर कोरियाको अन्तरराष्ट्रिय कानूनको उल्लंघनको पर्दाफाश गर्नका लागि तीन वर्ष लामो र असाध्यै जटिल स्टिङ अपरेशन गरेको दाबी गरेका छन् ।
बेरोजगार शेफ अलरिच लार्सन निर्माता मेड्स ब्रगरको मद्दतले स्पेनबाट चल्ने उत्तर कोरियाको समर्थक समूह कोरियन फ्रेन्डशिप एसोसिएशन अर्थात् केएफएसँग जोडिन्छन् । लार्सनले यो समूहमा आफ्नो कद बढाए र अन्त्यमा उत्तर कोरियाका अधिकारीको विश्वास हासिल गरे ।
केएफएको सदस्यताले लार्सनलाई यो समूहका संस्थापक र अध्यक्ष एलेखान्द्रो चाओ डे बेनोस नजिक ल्यायो । उनी स्पेनका एक धनाढ्य हुन् र संसारभरी उनलाई ‘उत्तर कोरियाका चौकीदार’ मानिएका छन् ।
यो फिल्मका थुप्रै दृश्यमा बेनोस उत्तर कोरियाको सेनाका पोशाक लगाएको देखिन्छन् । डकुमेन्ट्रीमा उनी थुप्रै पटक उत्तर कोरियाली प्रशासनमा आफ्नो पकड र पहुँचबारे पनि घमण्ड देखाएको देखिएका छन् ।
यो फिल्मका एक पात्र पूर्व फ्रान्सेली सैनिक र कोकिनको तस्करीमा दोषी पाइएका लातार्शो क्वारट्रप हुन् जसले एक अन्तरराष्ट्रिय आर्म्स डिलरको भूमिका निभाएका छन् ।
१० वर्षमा बनेको हो यो फिल्म ?
मेड्स ब्रगरले आफूले यो फिल्ममा १० वर्ष खर्च गरेको दाबी गरेका छन् ।
अब बीबीसी र स्क्याडिनेवियाली देशका थुप्रै प्रसारक पनि साझा रुपमा यो फिल्मका सह–निर्माता बनेका छन् ।
ब्रगर स्वयं यो फिल्मबारे भन्छन्, ‘यो फिल्म रोचक छ, कतिपय ठाउँमा विश्वासिलो पनि छैन । म यस्तो फिल्म निर्माता हुँ जसले सनसनी पैदा गर्छन् ।’
तर सन् २०१४–२०१९ बीच उत्तर कोरियामा संयुक्त राष्ट्रका विशेषज्ञको प्यानलमा समावेश भएका ह्यू ग्रिफिथ्स यो फिल्मलाई निकै विश्वासिलो मान्छन् ।
ग्रिफिथ्स भन्छन्, ‘यो अध्यक्ष कि जोङ उनमाथि गरिएको अहिलेसम्मको सबैभन्दा भद्दा मजाक हो । यो फिल्म शौखका लागि बनाइएता पनि यसको अर्थ यो होइन कि यसमा विदेशी मुद्रा हासिल गर्ने नियत देखिएको छैन ।’
उनी भन्छन्, ‘फिल्ममा यस्ता थुप्रै कुरााहरु छन् जुन हामीलाई पहिले नै थाहा छ ।’
यो डकुमेन्ट्रीको धेरैजसो हिस्सा गोप्य क्यामराले खिचिएका बताइएको छ ।
कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको बताइएको छ ।
अहिले कोभिड–१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ ।
रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै समक्ष ल्याउन सफल भएको हो । रातोपाटी बाट ।
प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बाट लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–९, रामनगर बस्ने १८ वर्षीय सुशान्त चौधरी, २० वर्षीय अमृत कुमार साह र २१ वर्षीय राम प्रवेश साह रहेका छन् । भारततर्फबाट आउँदै गरेको ना १७ प १२२९ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा १२ सय वटा नाईट्राभेट ट्याब्लेट बरामद भएको प्रहरी चौकी मोहनपुरले जनाएको छ ।
यसअघि प्रहरीले पर्सा गाउँपालिका–३, नारायणपुरबाट ५ किलो गाँजासहित बीआर ३० एम ३४२९ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका हुन् ।
कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार भएको ‘यानी माया’को भिडियो निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमले गरेको छ ।
नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मनपर्ने गीत बनेको आस्थाको भनाई छ ।