(बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।
समाचारमा बिबिसीले लेखेको छ ‘धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे ।’
राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशन अनुसार गाडी रोके । तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । प्रहरीलाई ती बालकले बताए अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।
एजेन्सी | संसारमा विचित्रका घटनाहरु सुनिन्छन | हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा अचम्मको घटना भएको छ | विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु यदाकदा सुनिन्छन |
श्रीमानलाई छोडेर पोइल गएका घटना त सुनिन्छन तर रोचक त् के भने, पोइलजानुको कारण अण्डासमेत बन्दो रहेछ | लोग्नेले अण्डा नल्याइदिएको निहुँमा एकजना महिला पोइल गएकी छिन्। गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् | तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन् |
चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको खुलासा गरेकी थिइन्। उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ।
गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन्। उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ | ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए |
आफ्नो यहीँ कमजोरीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन् |
इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।
विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु
गुगलले प्रयोग गर्ने गरेको भन्दै गुगलसँग उचित भुक्तानीको माग गर्दै आएका थिए । गुगलसँग त्यस्तो संघर्ष गर्नेमा युरोपेली मिडियाअरु अग्रपंक्तिमा थिए ।
गुगलका सिइओ सुन्दर पिचाईले गुगलको उक्त योजना बमोजिम नयाँ प्रडक्ट सार्वजनिक हुँदैछ । गुगल न्यूज शोकेस नामक उक्त सेवा सुरुमा जर्मनीमा लञ्च गरिनेछ । उक्त प्लाटफर्ममा जर्मनीका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु एकै ठाउँ पढ्न सकिनेछ । यसका लागि गुगलले जर्मन पत्रिकाहरु देर स्पाइगेल, स्टेर्न तथा दी चाइतसँग सम्झौता गरिसकेको छ । त्यस्तै ब्राजिलमा पनि फोल्हा दी सेन्ट पाउलो, ब्याण्ड तथा इन्फोबेसँग सम्झौता गरेको छ ।
आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।
ब्लुम्बर्गको एक रिपोर्टअनुसार गुगलले विभिन्न सामानहरु ग्राहकलाई प्रत्यक्षरुपमा बेच्ने प्रयोजनका लागि युट्युबको प्रयोग गर्ने योजना बनाएको छ ।



युट्युबमा विभिन्न खाले प्रडक्टहरुका भिडियो असंख्य छन् अहिले पनि । चाहे त्यो खेलौना होस् वा इलेक्ट्रोनिक्स अनि लत्ता कपडा हुन् वा कस्मेटिक । भविष्यमा ती सबै सामानहरु युट्युबमार्फत नै खरिद गर्न सकिने गरी युट्युबलाई इ कमर्स साइटको रुपमा विकास गर्ने योजना गुगलको छ ।
अहिले युट्युबरहरुले भिडियोमा देखाइएका सामानहरु खरिद गर्नका लागि अमेजन वा अन्य त्यस्तै इ-कमर्स साइटहरुको लिंक दिने गर्दछन् । तर यदि गुगलको योजनाले मूर्तरुप लियो भने भविष्यमा कुनै अर्को साइटमा नगइकन सिधै युट्युबमार्फत नै सामान खरिद गर्न सकिनेछ ।
ब्लुम्बर्गको रिपोर्टमा भनिएको छ, ‘गुगलसँग सम्बन्धित श्रोतका अनुसार युट्युबका भिडियोहरुलाई नै सरसामानको सूची अर्थात् क्याटालगको रुपमा विकास गर्ने र उपलब्ध सामानहरु प्रयोगकर्ताले सिधै अनलाइन खरिद गर्नसक्ने गरी युट्युबलाई रुपान्तरण गरिँदैछ । युट्युबबाटै सामान बिक्री गर्नका लागि गुगलले शपिफाइ कम्पनीलाई युट्युबसँग समायोजन गर्ने कार्यको परीक्षण पनि गर्दैछ ।’
कतिपय युट्युब च्यानलहरुमा यस्ता फिचरहरुको परीक्षण भैरहेको युट्युबले यसअघि नै खुलासा गरिसकेको छ ।
एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ ।
अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो ।



एप्पलले सार्वजनिक गरेका ४ नयाँ आइफोनका विषयमा चिनिया प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । एप्पलका कतिपय चिनियाँ फ्यानहरु नयाँ आइफोनको आगमनमा खुसी मनाउँदै चिनियाँ बजारमा उपलब्ध हुने दिनको व्यग्र प्रतिक्षामा छन् । तर चीनमा उल्लेख्य संख्याका स्मार्टफोन प्रयोगकर्ताहरु चाहिँ एप्पलको स्थानीय प्रतिद्वन्दी हुवावे कम्पनीले ल्याउने आसन्न स्मार्टफोनको पर्खाइमा छन् ।
चिनियाँ स्मार्टफोन कम्पनी हुवावे तथा शाओमीले चीनको अपग्रेडेड टेलिकम नेटवर्कमा चल्ने फाइभ जी स्मार्टफोनहरु यसअघि नै बजारमा ल्याइसकेको अवस्थामा एप्पलले बल्लतल्ल समय घर्किसकेपछि मात्र फाइभ जी आइफोनहरु सार्वजनिक गरेको कतिपयको टिप्पणी छ । जसका कारण एप्पलका फाइभ जी आइफोनले चिनियाँ बजारमा उत्साहप्रद व्यापार गर्न नसक्ने अनुमानसमेत गरिएको छ ।
लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ ।
इन्स्टाग्राममा थपिएका नयाँ फिचरमा Stories Map लगायतका फिचर छन् । त्यस्तै आपत्तिजनक कमेन्टहरु हाइड गर्ने तथा चेतावनी संकेतलाई विस्तार गर्ने पिचmर पनि इन्स्टाग्राममा थपिएको छ ।



इन्स्टाग्राममा थपिएको नयाँ स्टोरिज म्याप फिचर प्रयोगकर्ताले पछिल्लो ३ वर्षमा शेयर गरेका स्टोरिजको म्याप तथा क्यालेन्डर देखाउने प्राइभेट फिचर हो । प्रयोगकर्ताले ती स्टोरीलाई हाइलाइटको रुपमा शेयर गर्न, डाउनलोड गर्न तथा सेभ गर्न सक्दछन् ।
साथै इन्स्टाग्रामले गोपनीयता फिचरको रुपमा थप गरेको नयाँ फिचरले आपत्तिजनक कमेन्टहरु लुकाइदिन्छ बनाउँदछ । त्यसरी स्वचालित रुपमा हाइड भएका कमेन्टहरु हेर्नका लागि View Hidden Comments अप्सनमा ट्याप गर्नु पर्नेछ । जबकी सामाजिक नियम उल्लंघन गर्ने कमेन्टहरु भने पहिले जस्तै पूर्णरुपमा हटाइने इन्स्टाग्रामको भनार्य छ ।
इन्स्टाग्रामले थप गरेको Nudge Warnings फिचरले इन्स्टाग्राम प्रयोगकर्ताहरुलाई आपत्तिजनक कमेन्ट गरिरहँदा चेतावनी सन्देश पठाउँदछ । यसले गलत तथा आपत्तिजनक टिप्पणी गर्न चाहनेहरुलाई निरुत्साहित गर्ने र आपत्तिजनक शव्द सच्चाउनका लागि प्रयोगकर्ताहरुलाई उत्प्रेरित गर्ने बताइएको छ ।
गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो ।
ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको हो ।



गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।
स्मरण रहोस् उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।
प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दु:ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।
काठमाडौं : आइपीएल २०२० को मिड सिजन पूरा भएसँगै खेलाडीले क्लब बदल्न पाउने ट्रान्सफर विन्डो खुला गरिएको छ। मंगलबारदेखि पाँच दिनसम्मका लागि ट्रान्सफर विन्डो खुलाइएको हो।
विन्डो खुलाइएको पहिलो दिन कुनै पनि टीमले खेलाडी ट्रान्सफरका लागि आग्रह गरेका छैनन्। नियमअनुसार फ्रेन्चाइज टीमले आफ्ना खेलाडीहरूलाई लोनमा अर्को फ्रेन्चाइजमा स्थानतरण गर्न पाउने छन्।
ट्रान्सफर हुन चाहने खेलाडीले अहिलेसम्म भएका सात खेलमा केवल दुई या सो भन्दा कम खेल खेलेका हुनुपर्नेछ। ट्रान्सफर विन्डोका समयमा यी खेलाडी अर्को क्लबमा जान सक्छन्।
कुन टीमको नजर कुन खेलाडीमा ?
क्रिस लिन (मुम्बई बाट राजस्थान) : रेहित र डिककका कारण लिनले मुम्बईमा मौका पाइरहेका छैनन्। तर राजस्थान बटलरको जोडीका रुपमा उनलाई टीममा ल्याउन चाहन्छ।
इमरान ताहिर (चेन्नइ बाट कोलकाता) : सुनिल नरेनको एक्शन शंकास्पद भएसँगै कोलकाता एक अनुभवी स्पीनरको खोजीमा छ। कारणबस : नरेन खेल्न नपाएमा त्यसको परिपूर्ती ताहिरले गर्नेमा कोलकाता विश्वस्त छ।
मोइन अली (बैंगलोरबाट चेन्नई) : चेन्नईको मध्यक्रममा विस्फोटक ब्याट्सम्यानको कमी छ। टीम मोइन अलीमार्फत उक्त अभाव पुरा गर्न चाहन्छ। जसले ठूला सटहरू खेल्न सक्छन्।
धनगढी : धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन्। अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन्। स्वर्ण पदकसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छन्।
धनगढी कराते एकेडेमीकि कराते प्रशिक्षक रहेकी बर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ सहभागी भएकी थिइन्।
उक्त अनलाइन प्रतियोगितामा महिला तर्फको रजत पदक कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरले प्राप्त गर्दा पुरुषतर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रवीन्द्र मानन्धरलाई पराजित गर्दै जिते।
यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए।
विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय कराते च्याम्पियन विजय तामाङले गरेका थिए। काता र कुमिते दुवै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन वर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका वर्षहरुमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेकै छिन्।
काठमाडौं : युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज किंग्स इलावेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) खेल्दै छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ।
जारी सिजनमा आरसिबी राम्रो लयमा देखिएको छ। उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ। आरसिबी १० अंकका साथ तालिकामा तेस्रो स्थानमा छ।
यता पञ्चाब भने धेरै म्याचमा जित नजिक पुग्दा पनि लगातार पराजय ब्यहोरिरहेको छ। उसले सात खेलमध्ये एक म्याचमा मात्र जित हासिल गरेको छ। पञ्जाबले आरसिबीविरुद्ध नै जित हासिल गरेको थियो। पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ।
पञ्जाबमा यो सिजनमा केएल राहुल कप्तान छन्। व्यक्तिगत रूपमा उनको प्रदर्शन शानदार रहे पनि टिमले भने लगातार पराजय ब्यहोरिरहेको छ। आरसिबीमा भने यो पटक पनि विराट कोहली नै कप्तान छन्।
सुरुवातका केही म्याचमा सस्तैमा आउट भए उनी पछिल्ला खेलमा लयमा देखिएका छन्। शारजाहको मैदानमा अन्य स्टेडियमको तुलनामा बढी रन बनिरहेको छ।
यो मैदानमा केही म्याचमा दुई सय बढी रन पनि बनेको छ। तर, पछिल्लो केही म्याचमा यो मैदानमा पनि हाइस्कोरिङ म्याच देख्न पाइएको छैन। यद्यपि आज दुबै टिममा विस्फोटक ब्याट्सम्यान भएकाले चौका÷छक्काको वर्षा देख्न पाइने छ।
जारी संस्करणमा शारजाहमा ६ म्याच भएका छन्। जसमा पाँच पटक पहिला ब्याटिङ गर्ने टिमले जित हासिल गरेको छ। हालसम्म आईपीएलमा पञ्जाब र आरसिबीबीच २४ म्याच भएको छ। जसमा पञ्जाबले १४ र आरसिबीले ११ म्याच जितेको छ।
गेलको सम्भावना कति?
आइपिएलमा पञ्जाबले अहिलेसम्म राम्रो प्रदर्शन गर्न सकेको छैन। पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ। केएल राहुल र मयंक अग्रवालको उत्कृष्ट प्रदर्शनको बावजुद पञ्जाब लगातार हारिरहेको छ।
यस्तो अवस्थामा सबैको दिमागमा यो प्रश्न उठिरहेको छ कि ‘युनिभर्स बोस’ क्रिस गेल कहिले प्लेइङ–११ को हिस्सा हुनेछन्? जारी सिजनमा उनले हालसम्म एक खेल पनि खेलेका छैनन्। गेल टी–२० का ग्लोबल सुपरस्टार हुन्।
पञ्जाबले अघिल्लो खेलमा विदेशी खेलाडीको कोटामा निकोलस पूरन, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन र मुजिब उर रहमानलाई खेलाएको थियो। तर, उसका विदेशी खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक छैन्। निकोलस पूरनले केही रन बनाए पनि ग्लेन म्याक्सवेलको ब्याट जारी लिगमा चल्न सकेको छैन्।
जारी लिगमा क्रिस गेलले अहिलेसम्म कुनै पनि खेलमा खेल्ने अवसर पाएका छैनन्। यदि क्रिस गेललाई प्लेइङ ११ मा समावेश गरियो भने उनी सुरुमै धेरै छिटो स्कोर गर्न सक्छन्।
यसले केएल राहुलमाथि दबाब कम गर्दछ र उनी अन्त्यसम्म पारीलाई लब्याउन सक्छन्। ग्लेन म्याक्सवेलले मध्यक्रममा अझै पञ्जाबका लागि राम्रो प्रदर्शन गर्न सकेका छैनन्। न त उनी राम्रो लयमा नै देखिन्छ।
यस्तो अवस्थामा उनको स्थानमा किंग्स इलावेन पञ्जाबले आज गेललाई खेलाउन सक्छ। पन्जाबले आजको खेलमा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ। टिमले गेललाई स्थान दिनसक्छ।
गत सिजन राम्रो लयमा देखिएका गेलले १३ खेलमा ४९० रन बनाएका थिए। उनी सर्वाधिक रन बनाउने सूचीमा छैठौं स्थानमा थिए। गेल लिग इतिहासकै आठौँ सर्वाधिक रनकर्ता समेत हुन्। जसले १२५ खेलमा ४ हजार ४८४ रन बनाएका छन् जुन क्रममा सर्वाधिक ६ शतक र २८ अर्धशतक प्रहार गरेका छन्।
लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर अविजित १७५ रन पनि गेलकै नाममा रहेको छ। यसक्रममा उनले २०११ र २०१२ मा लगातार २ सिजन अरेन्ज क्याप जितेका थिए।
आरसिबीको सम्भावित प्लेइङ–११ः आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल।
पञ्जाबको सम्भावित प्लेइङ–११ः मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल (कप्तान), निकोलस पूरन, मन्दीप सिंह, क्रिस जोर्डन, मुर्गन आश्विन, रवि बिश्नोई, मोहम्मद शमी मुजीब उर रहमान र अर्शदीप सिंह।