२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

काठमाडौं : किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ। बिहिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको हो।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे। जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए । बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो। 
जसमा विराट कोहलीले सर्वाधिक  ४८ रन बनाए।  पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २/२ विकेट लिए। 

जिते पनि किंग्स इलेभेन पन्जाब अंकतालिकाको पुछारमै रहेको छ।  पन्जाबको ८ खेलमा ६ मा हार र २ मा जित सहित ४ अंक रहेको छ। बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्र्तगत शुक्रवार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ। 

काठमाडौं : विश्वमा सर्वाधिक धेरै फेम र पैसा भएको इन्डस्ट्रीमा गनिन्छ फिल्म र स्पोर्टस। यि फरक दुई विधा कहिलेकाँही प्रेम प्रसङ्गका कारण एकैपटक चर्चामा आउँछन्।

यही मामिलामा कतिपय चर्चित क्रिकेटरहरु र बलिउड हिरोइनहरुले प्रेम मात्र होइन विवाह नै सम्भव बनाएका छन्। उनीहरु अहिले पनि हाँसीखुसी जीवन चलाइरहेका छन्। जहाँ कति जनाबीच अफेयरको खबर निकै चर्चित रहे तर विवाहमा परिणत हुन सकेनन्। यही प्रसंगमा केही चर्चित क्रिकेटरको लभ स्टोरी खोतल्ने प्रयास गरिएको छ।

महेन्द्र सिंह धोनी-लक्ष्मी राय

यो सूचीमा पहिलो नाम महेन्द्र सिंह धोनीको आउँछ। सर्वाधिक सफल क्रिकेटरको छवि बनाएका तथा आफ्नो समयमा कप्तान कुलको छवि बनाएका धोनी तमिल अभिनेत्री तथा मोडल लक्ष्मी रायसँग डेट गर्ने गरेका थिए। मिडिया रिपोर्टका अनुसार दुईबीच अफेयर थियो। तर उनीहरुको सम्बन्ध विवाहमा परिणत भएन। सन् २००९ मा उनीहरु रिलेशनमा रहेका थिए। उनीहरुबीच करिब पाँच वर्ष अफेयर चलेको लक्ष्मी आफैँले दाबि गरेकी छिन्।

रवि शास्त्री-अमृता सिंह

भारतीय टिमका प्रशिक्षक तथा पूर्व अलराउन्डर रवि शास्त्रीको नाम पनि नायिका अमृता सिंहग जोडिएको थियो। उनीहरुले क्यामेरासामु एकअर्काको सम्बन्ध स्विकारेका थिए। तर  यो सम्बन्ध पनि असफल रह्यो। १९९० मा रवि शास्त्रीले रितु सिंहसँग विवाह गरे। पछि अमृता सिंहले पनि सैफ अली खानसँग विवाह गरेकी थिइन्।

युवराज सिंह-किम शर्मा 

भारतीय क्रिकेट टिमका हेन्डसम खेलाडीका रुपमा युवराज सिंहले कुनै समयमा आफुलाई उभ्याएका थिए। मिडियाको दाबीलाई आधार मान्ने हो भने उनले ८ भन्दा बढी भारतीय नायिकासँग अफेयर चलाएका थिए। उनको फिमेल फ्यान फलोइङ लोभलाग्दो थियो। कुनै समय एक्ट्रेश किम शर्मासँगको रोमान्स पनि चर्चित रहे। उनी प्रायजसो कुनै न कुनै हिरोइन तथा मोडलसँग नाम जोडिएर मिडिया गसिपका पात्र बनिरहन्थे। तर पछि युवराजले हेजल किचसँग विवाह गरे । यो जोडी २०१६ मा विवाह बन्धनमा बाँधियो।

वासिम अक्रम-सुष्मिता सेन

पाकिस्तानी क्रिकेटर वासिम अक्रम र पुर्व विश्व सुन्दरी सुष्मिता सेनबीचको अफेयर पनि चर्चित रह्यो। उनीहरुको रिलेशनका समचार पनि धेरै आए तर यो सम्बन्ध पनि विवाहमा परिणत हुन सकेन।

रोहित शर्मा-सोफिया हयात

बोल्ड लुक्सका लागि चर्चित एक्ट्रेस सोफिया हयातले आफैंले रोहित शर्मासँगको अफेयर खुलाएकी थिइन्। सन् २०१२ मा उनीहरुले एक-अर्काको सम्बन्ध उजागर गरेका थिए। तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन।

शौरभ गांगुली-नगमा

सन् २००० को सुरुवातमा शौरभ गांगुली र मोडल तथा एक्ट्रेश नगमाबीच अफेयर चलेको थियो। साउथ एक्ट्रेश नगमा र गांगुलीबीचको प्रेम सम्बन्धलाई लिएर अनेक हल्ला चलाइए। कतिपयले जोडी मात्रै जान मिल्ने कोलकाताको एक मन्दिरमा दुई जना गएर पूजा गरेको हल्लासमेत चल्यो। नगमाले धेरै पटक सम्बन्धबारे स्वीकार गरेपनि गांगुलीले कहिले पनि सार्वजानिक रुपमा सम्बन्ध स्वीकारेनन्।

बिश्केक-किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन्। ।

राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लाग्नु भएको अनुमान गरिएको छ ।

राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु।’

राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन्।

किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ।

सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ।

फ्रान्समा बिहीबार एकै दिन ३० हजार ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार २२ हजार ५९१ जनामा सक्रमण देखिएको थियो।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरिसकेको छ। विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ।

यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न भनिएको छ। शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि रोक लगाइएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड तथा र जर्मनी जस्ता देशहरुमा बिहीबारदेखि परीक्षणलाई ठूलो मात्रामा बढाइएको छ।

बिहीबार रुसमा मात्रै २८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणले रुसमा यति धेरै मानिसले ज्यान गुमाएको यो पहिलो घटना हो।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख भन्दा बढी पुगेको छ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख १६ हजार ३१५ भन्दा बढी पुगेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख २२ हजार ७१७ भन्दा बढीको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या तीन करोड ९२ लाख २ हजार २८ भन्दा बढी रहेको छ।

अहिलेसम्म विश्वभर ११ लाख ३ हजार ३४३ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७० हजार ४६८ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६४ लाख ४८ हजार ६५८ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

विश्वभर भने संक्रमितको संख्या तीन करोड ९२ लाख २ हजार २८ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर ११ लाख ३ हजार ३४३ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।

एजेन्सी- साउदी अरबले सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला गरेको छ।

कोरोनाको माहामारी केही कम हुन थालेपछि तीन चरणमा मक्का मदिना खोलिने बताइएको छ। पहिलो चरणमा साउदीमा ६ हजार मानिसहरुलाई प्रवेश दिइनेछ।

यस्तै दोस्रो चरणमा अक्टोबर १८ देखि धेरै भन्दा धेरै १५ हजारलाई हजयात्रा र नमाजको लागि ४० हजारलाई अनुमति दिइनेछ। तर प्रवेशका लागि तीर्थयात्रीहरुलाई मोबाइलबाट आवेदन दिनु पर्नेहुन्छ।

यता, हजमन्त्रीले भनेका छन्, ‘देशका बाहिरबाट आउनेहरुलाई एक नम्बरबाट मक्का जान दिइनेछ।’

३० असोज । रौतहटमा ६५ औ प्रहरी दिवस भब्यताका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको प्राङ्गणमा “६५ औं प्रहरी दिवस २०७७“ को उपलक्ष्यमा आयोजित श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको प्रमुख आतिथ्यता र गौर न.पा.का उपप्रमुख किरण कुमारी ठाकुरको बिशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, संचारकर्मी, महिला संजाल, उद्योग व्यवसायी, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, बुद्धीजिवी, भद्र भलादमी, अमर प्रहरीका परिवार, पुर्व प्रहरी कर्मचारी, प्रहरी सहयोगी एवं प्रहरी कर्मचारीहरुको उपस्थितिमा यस कार्यालयको  प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट पुष्प उपहार तथा अन्य उपस्थित अतिथीहरुबाट पुष्प गुच्छा अर्पण पश्चात संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले “६५ औं प्रहरी दिवस २०७७“ को अवसरमा दिनु भएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ. भरत श्रेष्ठद्वारा वाचन गरिएको हो ।

साथै प्रमूख अतिथी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, विशिष्ट अतिथी गौर न.पा.का उपमेयर किरण कुमारी ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भई सोही अवसरमा प्रहरी संगठनलाई निःशुल्क जग्गा उपलब्ध गराएको जग्गा दाताहरु तथा प्रहरीलाई कोरोना  लगायत अन्य विपत्तिमा एवं प्रहरी कार्यमा सहयोग गर्नु हुने संगठन तथा व्यक्तित्वहरु गौर नगरपालिका परिवार आरडिसि नेपाल , माण्डवी परिवार र नागरीक समाजलाई कदर पत्र र उत्कृष्ट कार्य गर्ने १० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरी अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमूख शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रहरी दिवस कार्यक्रमको समाप्ति पछी अमर प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा पुनर्मिलन कार्यक्रमको आयोजना समेत गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

महिला माथि जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् ।

विभिन्न कारणले समाजमा महिलामाथि हिंसाको घटना हुने गरेकाले यस्ता घटनाका दोषीले उन्मुतmी पाउने गरेकाले कानुनी प्रावधानमा फाँसीको सजाय हुनु पर्ने उनीहरुले माग गरेका हुन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार मेची महाकाली बुहारी संयँुतm आवाजले गरेको कार्यक्रममा बोल्दै बतmाहरुले महिला तथा बालिका हिंसाका घटना बढेको प्रति चिन्ता व्यतm गर्दै कानुनमा फाँसीको सजाय भएमात्र निरुत्साहित हुने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले बन्दाबन्दीको अवधिमा हिंसा र अपराधका घटना बढेकाले समाजमा डर र त्रासको बाताबरण सिर्जना भएको बताउनुभयो । बिशेष गरि बालिका बलत्कारका घटना बढेको प्रति चिन्ता व्यतm गर्दै समन्नुत समाज निर्माणका लागि संघिय सरकारले उन्ुमतिm नदिई कानुनी प्रवधान र व्यवस्थामा कडा गर्नु पर्ने बताउनुभयो ।

भेदभाव रहित हिंसा र अपराधमुतm समाज बनाउन सवैले सहयोग अपिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले  रौतहटकै एक बालिका बलत्कारका घटनामा मेची महाकाली बुहारी संयँुतm आवाजले गरेको कार्यको प्रशंसा गर्नुभयो । सो कार्यक्रममा मेची महाकाली बुहारी संयँुतm आवाजका नारायणी अंञ्चल सल्लहकार संयोजक कल्पना पौडेलले महिला तथा बालिका माथि हुने जघन्य अपराधका घटना गाँउमा अझै लेनदेनमा नै मिलाईने गरेको प्रति दुख व्यतm गर्दै यस्तै विविध कारणले दोषीले उन्मुतिm पाउने र घटना दोहोरीने गरेको बताउनुभयो ।

उतm कार्यक्रममा संचारकर्मी संजय कार्कीले महिला मात्र नभई समाजमा पुरुष पनि हिंसामा पर्ने गरेको बताँउदै अधिकार खोज्दा कर्तव्य र दायित्व नभुल्न आग्रह गर्नुभयो । सो कार्यक्रममा संचारकर्मी शिव पूरी, फणिदेव महत, दिपेश पौडेल, बालविक्रम कार्की, लगायत मेची महाकाली बुहारी संयँुतm आवाजका बारा, सर्लाहीका संयोजक तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमको संञ्चालन जयमाला चौधरीले गर्नुभएको हो भने रौतहट सयोजक पुजा पाठकको अध्यक्षतामा सम्पन्न भएको छ ।

रौतहटको कटहरियामा बनाएको कालो पत्रे इस्टीमेट विपरित बनाइएको भन्दै स्थानियले काम रोकेका छन ।

विहिबार स्थानियले कटहरियाको वडा नम्बर ७ बगहीमा ठेकेदारले इस्टीमेट अनुसार कालोपत्रे नगरेको भन्दै सो काम रोकेका हुन । जलैया पुलदेखि बगहीसम्मको सडकखण्डमा अहिले कालो पत्रेको काम सञ्चालन भइरहेको छ ।

सो कालो पत्रेमा कमसल सामग्री प्रयोग भएको र नगरपालिकाका प्राविधिकले बनाइएको इस्टीमेट बमोजिम काम नगरेको स्थानियको आरोप रहेका छ । स्थानियले काम अवरोध गरेपछि ठेकेदार र स्थानियबिच छलफल भएको थियो ।

छलफलबाट कामदारहरुको गल्तिले इस्तीमेट अनुसार काम नभएको स्वीकार्दै अवस्थानियको माग बमोजिम कालोपत्रे गर्ने सहमति भएपछि पुन सो कालोपत्रे काम शुरु गरिएको सञ्चाचरकर्मी आरके श्रीवास्तवले बताउनु भयो ।  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।