२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

विश्व हात धुने दिवस रौतहटका मुसहर समुदायले पनि मनाएका छन । रौतहटका विभिन्न स्थानहरुमा मुसहर समुदायहरुले हात धुने तरिका सिक्दै सिकाउँदै मनाएका छन ।

रौतहटको गुजरा, फतुवा विजयपुर , चन्द्रपुर , गौर, बृन्दावन लगायतका मुसहर समुदाय बसोबास गर्ने स्थाहरुमा सबैले हात धोएर मनाइएको नेपाल राष्ट्रिय  मुसहर संघ रौतहट केन्द्रिय उपाध्यक्ष नथुनी मझीले जानकारी दिनु भयो ।

मुसहर जातीका बालबालिकाहरुले हात धुने तरिका बारे थाहा नभएकोले विहिबार यहि अवसरमा मुसहर समुदायका बालबालिकाहरुलाइ सिकाइएको रौतहट अध्यक्ष बिनोद माझीले बताउनु भयो ।

कार्यक्रममा सचिव मेथुन माझी ,सदस्य बलिराम माझी लगायत जनप्रतिनिथि , स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागीता रहेको थियो । 

क्षितिज विश्वकर्मा, असोज ३० । सर्लाहीको लालबन्दीमा आज एक कार्यक्रमका बिच २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि पुलको शिलान्यास गरिएको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ जोड्ने कालीञ्जोर पुलको शिलान्यास गरिएको हो । आज बिहान एक कार्यक्रमका बिच लालबन्दी नगरपालीकाका प्रमुख मान बहादुर खड्काले पुलको शिलान्यास गर्नुभएको हो ।

लालबन्दी नगरपालीका वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा उप–मेयर शान्ति लामा, वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा सहित स्थानिय नेकपा नेताहरु प्रकाश थापा, हेम गौतम, गोबिन्द अधिकारि, बलराम खड्का, सिताराम कार्कि लगाएत सुरक्षाकर्मि, पत्रकार एवं स्थानिय वासिको उल्लेख्य उपस्थिती रहेको थियो । १०३ मिटर लम्बाई भएको पुलको १३ करोड ९१ लाखमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि रसुवा एलाईट जेबि कन्स्ट्रक्सनले डाक घटाघटमा ठेक्का पाएको छ ।

पुलको शिलान्यास पछी सामुहिक फोटो खिचाउँदै । तश्विर : राज विश्वकर्मा

साबिकको परवानीपुर गाबिस वडा नम्बर १ मा पर्ने कालीञ्जोर खोलाले बर्षाको समयमा स्थानीयलाई खोला वारपार गर्न समेत समस्या पर्दै आएको थियो भने माध्यमिक स्तरको बिद्यालय समेत परवानीपुरचोक मा रहेकाले बिद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुने गरेको थियो । पुल बने सँगै स्थानियलाई वारपार गर्न सहज हुने छ भने बिकासको गतीले पनी तिब्रता पाउने स्थानीयको बुझाई छ ।

पुर्व पश्चिम राजमार्गबाट करिव १० किलोमिटर उत्तरतर्फ रहेको परवानीपुरमा भौगोलीक रुपमै फरक खालको महसुस हुने १५ र १६ नम्बर वडालाई जोड्नका लागी यो पुल कोशेढुंगा साबित हुने जानकारहरु बताउँछन ।

पुल बनेपछि भौगोलक रुपमा बिकट १५ नम्बर वडाका बिभिन्न ठाउँ सँगै वडा नम्बर १६ बाट पनी लालबन्दी आवत जावत गर्न सहज हुनेछ ।

साथै पुलको उद्घाटन गदै मेयर खड्काले नेपालीहरुको पर्व बिजयादशमिको सबैमा शुभकामना समेत दिनुभएको छ । कोरोना माहामारिले बिश्वमा आतंक मच्चाईरहेकाले सरकारले निर्धारण गरेका मापदण्ड भित्र रहि दशैँ मनाउन र आफुलाई सुरक्षित राख्न समेत मेयर खड्काले आग्रह गर्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।