२०८३ असार १९ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १९ शुक्रबार

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।

“अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ सरकार बनाउने कुरा आएको छ जुन स्वागतयोग्य छ”, बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, “यो सहमतिको मूल विन्दु भनेको संविधान संशोधन हो । संविधान संशोधनका लागि मुख्य र दोस्रो दल मिलेर सरकार बनाउने विषय सकारात्मक छ ।”

राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नयाँ समझदारी कायम गरेर जानुपर्ने धारणा पार्टीको रहेको अध्यक्ष लिङ्देनको भनाइ छ । बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने निचोड निकालेको छ ।

यसका निम्ति सबै राजनीतिक दलहरुबीच नयाँ समझदारी बन्नुपर्ने राप्रपाको धारणा छ । अध्यक्ष लिङ्देनले पछिल्लो विकसित राजनीतिबारे राजनीतिक दलहरुसँग निरन्तर छलफल रहने उल्लेख गर्नुभयो ।

बारा/

सर्लाहीकाे भरतताल जाँदै गरेका भारतीय पर्यटक सवार स्कारपिओ निजगढ-चपुर सडक खण्डकाे धन्सार पुलको पश्चिम मा दुर्घटनामा परेको छ ।

भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्लाबाट आएको BR 05 AT 5963 को स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा दुई जनाकाे मृत्युु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । जसमा एक जनाकाे घटनास्थलमै मृत्यु भएको हाे भने एक जनाकाे उपचारको क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय शेख सामना, २१ वर्षीय इदफान आलम रहेका छन् ।

घाइते हुनेमा चालक २२ वर्षीय स्वेल अमिर, २१ वर्षीय आसिफ रेजा, २७ वर्षीय अतिउल्लाह शेख, ३५ वर्षीय सद्दाम हुसेन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढकाे टाेलीले उद्वार गरेर घाइतेलाई उपचारको लागि वीरगन्ज पठाएको थियाे । चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ ।

भारत, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन्।

केजरीवाललाई दिल्लीको राउज एभिन्यू कोर्टले एक लाख भारू धरौटीमा जमानत दिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको थियो।

हालै सम्पन्न लोक सभा चुनावका निम्ति उनले २१ दिन जमानत पाएका थिए। चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी पुनः जेल गएका थिए।

Laxmi bank

अहिले उनले फेरि जमानत पाएका हुन्। उनी बोलाएका बेला हाजिर हुनुपर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्ने सर्त अदालतले राखेको छ।

Nchl
Ncell

केजरीवालका वकिलले जमानतका लागि दिएको याचिकामा बिहीबार सुनुवाइ थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा चरम विभेद गरिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट समावेश भएको वार्षिक विकास कार्यक्रम पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको खर्च कटौती प्रस्ताव राख्ने क्रममा लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् । 


ADVERTISMENT

shivam ISLAND

‘म आफैंले आफैंलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । भौतिक पूर्वाधारको पुस्तिका हातमा परेदेखि यति रिसाएको छु कि यसरी च्यातेर यसरी हुत्याउने (किताब च्यात्दै) मन छ, तर संसदीय मर्यादाविपरीत हुन्छ भनेर हुत्याउनुपर्ने ठाउँमा नभई यहाँ राख्छु,’ लिङ्देनले भने । 


ADVERTISMENT

चारवटा निर्वाचन क्षेत्रबाहेकका सबै सांसद भौतिक पूर्वाधार मन्त्रालयको बजेट विनियोजनलाई लिएर आक्रोशित रहेको उनले बताए । ‘मेरो मात्र मनको कुरा होइन, यो हलभित्र बसेका जुनसुकै पार्टीका भएपनि ४ वटा निर्वाचन क्षेत्रबाहेकका सांसदको मनको कुरा हो,’ उनले भने, ‘सामान्य लाजघिन नराखेर राज्यमाथिको मनपरि कति दिन सहेर बस्ने ? अहिले उन्नत भनिएको व्यवस्था आउनुभन्दा पहिला पनि यस्तो हुन्थेन ।’

जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर नाम नराखी पनि भौतिक पूर्वाधार मन्त्रीले आफ्नो क्षेत्रमा बजेट खन्याएको आरोप उनले लगाए ।

राप्रपाकै ज्ञानेन्द्र शाही, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह लगायतले पनि भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति आक्रोश पोखेका थिए 

सर्लाही । सर्लाहीमा बिहिबार भएको बस दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती १ रायमाझि चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखेको एन एल ०१ एएच ९२५२ नम्बरको लरिमा बस ठोक्किएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस लरिको पछाडिको भागमा ठोक्किन पुगेको थियो । सो दुर्घटनामा परी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका– ३ का ८५ वर्षीय दशरथ कोहार, सोही ठाउँका वर्ष ५० का रामकरण केवट र सोही जिल्लाको देवदह नगरपालिका– ११ बस्ने वर्ष ७० का कृष्णा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अन्य १७ जनाभन्दा बढी घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दिपक श्रेष्ठले बसमा ४० जना यात्रु सवार रहेको बताए । उनले बस चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको र लरि चालक फरार रहेकाले खोजी कार्य चलिरहेको जानकारी दिए ।

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाहीले ठूला ठूला फाइल खोल्छौं भनेको सरकारले गिरिबन्धु टि–स्टेटको फाइल कहिले खोल्छ भनेर प्रश्न गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गिरिबन्धु टी–स्टेटको फाइल खोलेको सुन्न आफूहरु सदनमा आतुर भएको बताए। 

यस्तै मेलम्ची, वाडबढी, फोर जी जस्ता प्रकरणका फाइलहरु कहिले खोलिन्छ? भन्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रश्न गरे। साथै उनले सहकारी प्रकरणमा जिबी राईलाई किन पक्राउ गर्न नसकिएको हो भन्दै प्रश्न गरे। देशभन्दा जिबी राई ठूलो हो? भनेर उनले टिप्पणी गरे। 

उनले भने, ‘यो देश ठूलो हो कि जिबी राई ठूलो हो। मलाई लाग्छ यो देशभदा जिबी राई ठूलो हो। हैन भने जिबी राईलाई किन पक्राउ गर्न सकिएको छैन?’

कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरुले काम गर्न सकेनन् भनेर नयाँलाई सदनमा पठाएको स्मरण गर्दै सांसद शाहीले नयाँ दलबाट आएर सरकारमा बसेकाहरुले पनि त्यही पारा देखाएको टिप्पणी गरे।

shivam cement

उनले भने, ‘कांग्रेस, एमाले र माओवादी लगायतका पुराना दलहरुले काम गर्न सकेनन् भनेर जनताले हामीलाई पठाए। तर गृहमन्त्रीज्यु यी ठूला प्रकरणमा जोडिएकाहरुलाई कहिले पक्रिनुहुन्छ। म माग गर्न चाहन्छु। गिरीबन्धु प्रकरणमा के भएको हो? फाइल खोल्नुहोस्।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु।’ उनले भने ।

व्यवस्थापनको जिम्मा संघीय सरकारले गर्न नसके काठमाडौं महानगरपालिकालई जिम्मेवारी दिन उनको सुझाव छ ।

‘यदि यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिइयोस् भन्ने म अनुरोध गर्दछु’ सांसद सिंहले भने ।

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राहदानी प्रकरण ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँले डेट गइसकेको नागरिकता प्रयोग गर्नुभएको थियो । अदालतले भन्दियो । उहाँले पनि त्यो स्वीकार गर्नुभयो । उहाँलाई अहिले पासपोर्टको मुद्दाले अल्झायो । प्रचण्डको साथ छोड्न नसक्नुको कारण नै पासपोर्ट हो । अरु कोही मान्छेलाई मुद्दा लाग्छ, त्यही मुद्दा रवि लामिछानेलाई लाग्दैन । उहाँले पुरानो नागरिकताबाट पासपोर्ट निकाल्नुभएको थियो । त्यो कानुनअन्तर्गत गलत हो । उहाँको नयाँ नागरिकताले लिएको भए त्यो गलत होईन । त्यो मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा रोकिएको छ,’– उनले भने ।

आफ्नो पासपोर्ट काण्ड जोगाउन लामिछानेले प्रचण्डका कोहीपनि मान्छेलाई नछोएको उनको आरोप छ । उनले पञ्चा सिंहलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । हिजो नाकको डाँडी भाच्छु भन्ने मान्छे आज प्रचण्डको खुट्टामा परेको उनको टिप्पणी छ । सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय समितिमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नामै तोकिनुपर्ने उनले बताए । नेता शाहीले छानविन गर्ने निकायको प्रमुख गृहमन्त्री आफैं भएकाले निश्पक्ष छानविन हुन नसक्ने भएर संसदीय समिति आवश्यक रहेको बताए । उनले भने, ‘छानविन कसले गर्छ ? गृह मन्त्रालयले होईन ? उहाँकै नाम जोडिएको विषयमा उहाँ आफैंले छानविन गर्न मिल्छ ? उहाँ गृहमन्त्री नभइदिएको भए उहाँको नाम राख्नु आवश्यक थिएन । छानविन गर्ने निकायको प्रमुख त गृहमन्त्री हुन्छन् नि त । आफूलाई आरोप लागेको कुरा आफैंले छानविन गर्न कहाँ मिल्छ ?’

साथै, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कारण देश बर्वाद भएको उनको आरोप छ । उनले वर्तमान व्यवस्थामा केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबै खराब देखिएको बताए । उनीहरुले सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन खुट्टा कमाएको नेता शाहीको टिप्पणी छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणका रोइलो गर्नुपर्ने आवश्कत्ता नरहेको उनले बताए । उनले सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको जिकिर गरे । उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी गरेको कुरामा के को रोइलो भनेको ? उहाँ निर्दोष भए त छुटिहाल्नुहुन्छ नि । उहाँले समाचार लेखेको भनेर पक्राउ गरेको हो र ? नागरिकताको केसमा पक्राउ गरेको हो । अब गृहमन्त्रीलाई कैलाश सिरोहियाले लेखेको न्यूज गलत हो भने मुद्दा हाल भन्नुपर्छ । कसैले कसैको बारेमा गलत न्यूज लेख्न हुँदैन ।’

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ ।

शुक्रवारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै अध्यक्ष लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको हो । उहाले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न नसक्ने समेत उल्लेख गर्नुभयो।

उहाले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताउनु भयो ।

उहाले भन्नुभयो, ‘नेपाल जस्तो जनसंख्या र भुगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन। आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ।’

उहाले मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको धारणा राख्नु भयो ।

अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताउनुभयो।

लिङदेनले भन्नुभयो, ‘मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभइ प्रतिनिधि सभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौति गर्नुपर्छ। मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु हामी सबैको कर्तव्य हो। आज संघीयता देशको समृद्धिको आधार होइन, आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको छ। प्रदेश राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने ठाउँ बनेको छ।’

उहाले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने बताउनु भयो।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष लिङदेनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। उहाले महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनहरु पेश गरेका जानकारी वताउनुभयो।

नेता श्रेष्ठले आज नै विभिन्न सात प्रदेशका प्रदेश अध्यक्षले प्रदेशको कार्यप्रगति विवरणसहितको प्रतिवेदन पेश गरेका पनि जानकारी दिनुभयो।

आजबाटै नै विभिन्न प्रतिवेदनमा छलफल हुने र शनिवार प्रतिवेदन र भुगोकेन्द्रित जिम्मेवारीका बारेमा गरेको प्रगति विवरणबारे बैठकलाई जानकारी गराउने कार्यसूचि रहेको सो पार्टीले जनाएकोछ ।

सबै प्रतिवेदनमा छलफल सकिएपछि जेठ १३ गते बैठकले निर्णय सार्वजनिक गर्ने जनाईएको छ ।

बुटवल  । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आज आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् । 

Tata

वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ घर जलेको जानकारी दिए । उनले सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । मानवीय क्षति नभएको बताउँदै उनले अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।