सुनसरी — सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका आरोपीलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
विश्वकर्माले २०६१ मंसिर २३ गते एक १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा आयोजना गरेको आमसभा सम्पन्न भएको छ ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायतले सम्वोधन गरेका थिए ।
सभामा राप्रपाका नेता, कार्यकर्ता, सदस्य तथा सर्वसाधारणहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा हिन्दू अधिराज्य र संघियता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर गर्दै सयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए । डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।




काठमाडौं। ब्लाष्ट टाइम्स दैनिकका प्रबन्धक निर्देशक किशोरकुमार कार्की राप्रपामा प्रवेश गरेका छन्। नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका कार्की आज राप्रपामा प्रवेश गरेका हुन्।
राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्कीलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गराएका हुन्।
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।


काठमाडौं– प्यालेस्टिन लडाकु समूह हमासको आक्रमणपछि सरकारले इजरायलमा रहेका नेपालीहरु फिर्ताको प्रक्रिया थालेको छ। हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल ल्याउन पनि प्रक्रिया थालिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय र तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको बताइएको छ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवत जावत सुचारु भइरहेको जानकारी समेत प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।


इजरायलमा विकसित पछिल्लो घटनाक्रमपछि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको थियो। उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको बताइएको छ।
परराष्ट्र मन्त्रालयले इजरायलमा अलपत्र परेका नेपालीहरुको सम्पर्का लागि सम्पर्क व्यक्ति समेत तोकेको छ। इजरायलमा अलपत्र परेका व्यक्तिहरुले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकिएको हो।

इजरायलमा विकसित भएको पछिल्लो अवस्थाका कारण अलपत्र परेका तथा अन्य नेपाली नागरिकले स्वदेश फर्किन इच्छुक भएमा सम्पर्क राख्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
सम्पर्क व्यक्ति (परराष्ट्र मन्त्रालय)
१) सेवा लम्साल, प्रवक्ता, प्ररराष्ट्र मन्त्रालय ९८५१३१०२२९
२) शरदराज आरण, सहसचिव, परराष्ट्र मन्त्रालय ९८४४४९५८५८
३) दुरपदा सापकोटा, उपसचिव, परराष्ट्र मन्त्रालय ९८४१४०३३६२
४) कृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय ९८४९१७९५२०
नेपाली राजदूतावास, तेल अबिब, इजरायल
१) कान्ता रिजाल, राजदूत +०७२५४५८६४४२३
२) अर्जुन घिमिरे, प्रथम सचिव +९७२५२८२८९३००
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी राप्रपाले गर्ने उनले बताए ।
उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।
राप्रपाले देशको नेतृत्व नगरेसम्म यहाँ गरिखाने वातावरण सिर्जना नहुने उनको भनाइ छ । उनले दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
“यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो– संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ ।
त्यसकारण रक्तपातबिना, दबाबबिना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र, बाटो फेरौँ । र, नयाँ सहमति बनाऔँ,” उनले भने, “आज पनि भन्न चाहन्छु– यदि, यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन ।
होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दायित्व हुन्छ, तपाईं–हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मूकदर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि, देशको पहिचानको रक्षाका लागि सर्वांगीण रूपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस् वा हाम्रो जीवनकालमै देशमै गरिखाने वातावरण बनाउन होस्, अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ ।
त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।”
अध्यक्ष लिङदेनले भ्रष्टाचारविरुद्ध आफूहरू सडकमा उत्रिने बताए ।
काठमाडौं- चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरलेअनशन सुरु गरेकी छन्।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन्। न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ।
कैद मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध उनी अनशन बसेकी हुन्। रिगललाई आममाफी दिएकाे भन्दै राष्ट्रपति पाैडेलकाे अहिले चाैतर्फी आलाेचना भइरहेको छ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए। भारतीले राष्ट्रपति पौडेलकाे उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गराएकी छन्।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।
रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए।
काठमाडौं :पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मूल्यवृद्धिप्रति सरकार गम्भीर नभएको बताएका छन्। आइतबार बिहान उनले सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् भन्दै प्रश्न गरेका हुन्। उनले अतिले खति गर्ने दाबी गरे।

उनले भने,‘सरकार जनताप्रति यति असंवेदनशील किन र कसरी बन्छ? हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही वर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन्?’
भट्टराईले सबैतिर महंगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको भन्दै प्रश्न गरे। उनले भने,‘चौतर्फी मन्दीको फलस्वरूप अहिले प्रमुख चाडबाडको मुखमा गाउँशहर कतै उत्साह छैन, चहलपहल छैन। लालबालालाई नानाखाना जुटाउन धौधौ छ। बेरोकटोक महंगी छ! ढुवानी र यातायात भाडाको चर्को मार छ! यस्तो बेला सबैतिर महंगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको ?’
‘दशैं/तिहार/छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै बहानामा भएपनि इन्धनको मूल्य बढाउँदा सबैतिर महंगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको ? आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने बित्तिकै बढाउनैपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयमा बेलैमा पर्याप्त सञ्चय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउँमा सार्वजनिक आम्दानीको दोहन नगर्ने, विशिष्ठ अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्नुपर्दैन ?’ उनले ट्वीटरमा भने।
मूल्यवृद्धिको चौतर्फि विरोध भएपश्चात मन्त्री परिषद्को बैठकपश्चात सरकारले पुरानै मूल्य कायम गर्न निर्देशन दिएको छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउलगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताए ।


हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए । शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए ।
“अहिले पनि हङकङको समस्या समाधान भएको छैन । हङकङमा हजारौँ नेपाली आज पनि अलपत्र परेका छन् । आज पनि हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदाखेरि नेपालीहरुमा ठूलो समस्या पैदा भएको छ,” उनले भने, “त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन । त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ ।”
काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवतीको निधन भएको छ । मृत्यु हुनेमा नवलपुरासी पूर्व हुस्पेकोट गाउँपालिका-२ गाँडाखोलाकी २३ वर्षीया भुमिसरा आले रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी निरीक्षक गोपाल चालिसेका अनुसार शुक्रबार साँझ कोठामा मोबाइल चार्ज गर्ने क्रममा आलेलाई करेन्ट लागेकाे थियाे । लगत्तै परिवारले उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो । अस्पतालले साँझ करिब ८ बजे मृत घोषणा गरेको चालिसेले जानकारी दिए ।

“हामी पहिले अस्पताल गएर त्यसपछि घटनास्थलमा जाँदै छाैं,” चालिसेले भने, “हाम्रो कार्यालयबाट घटना भएको ठाउँ दुई-तीन घण्टाको दूरीमा छ । त्यसपछि मात्र यसबारे थप सूचना बाहिर आउनेछ ।”
प्रहरीका अनुसार निधन भएकी आलेका पतिसँगै एक छोरा र एक छोरी छन् ।