काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।
तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ ।



कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।
‘धेरै चिल्लो तथा कार्बोहाइड्रेटयुक्त खाना खाने र शारीरिक रूपमा सक्रिय नहुने दैनिक व्यायाम नगर्ने व्यक्तिको शरीरमा बोसो जमेर मोटोपनको समस्या देखिन थाल्छ । त्यस्ता व्यक्तिमा मोटोपनको समस्यासँगै फ्याटी लिभरको समस्या पनि देखिन्छ,’ उनी भन्छन् ।

पहिले कलेजो सुन्निएर बिस्तारै कलेजो सुक्दै जाने र काम गर्न नसक्ने लिभर सिरोसिसको समस्या मदिरापनको अत्यधिक सेवन र हेपाटाइटिस बी र सीको कारण हुने गर्थ्यो । तर पछिल्लो समय फ्याटी लिभरका कारण लिभर सिरोसिस हुनेको संख्या बढेको पाइएको डा. कश्यप भन्छन् ।
धेरैजसो व्यक्तिमा फ्याटी लिभरको कुनै लक्षण नदेखाउन पनि सक्छ । तर केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा भारी महसुस हुन सक्ने उनी बताउँछन् ।
जटिलता
कलेजोमा बोसो जम्मा हुँदा कलेजोको कार्यक्षमता पूर्ण रूपमा प्रभावित हुन्छ र यसका कारण कलेजोले काम गर्दैन । यसको उपचार गरिएन भने यसबाट पीडित व्यक्तिलाई ‘लिभर सिरोसिस’को समस्या हुन सक्ने कश्यप बताउँछन् ।
‘लिभर सिरोसिस हुँदा खानाको नलीको नशा फुटेर मुखबाट रगत आउने, बेहोसपन, शरीरमा प्रोटिनको कमी भएर हातखुट्टा सुन्निने, पेटमा पानी भरिने र फ्याटी लिभरको समस्या बढ्दै जाँदा क्यान्सर लगायतका गम्भीर समस्या निम्तन सक्छ,’ उनी बताउँछन् ।
फ्याटी लिभरबाट कसरी बच्ने ?
स्वस्थ जीवनशैली अपनाएर, खानामा चिल्लो कम गरेर, लिभरलाई संक्रमण हुनबाट बचाएर फ्याटी लिभर तथा यसको जटिलताबाट जोगाउन सकिन्छ । त्यस्तै फ्याटी लिभर हुनबाट बच्ने एक उपाय मदिरा सेवन नगर्नु पनि हो ।
‘मोटोपन तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर भएमा शारीरिक गतिविधि बढाउनु पर्छ । दैनिक व्यायाम गरेर शरीरको बोसो घटाउनुपर्छ,’ डा. कश्यप भन्छन् ।
उपचार
फ्याटी लिभरको विभिन्न स्टेज हुन्छ । पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजपछि फाइब्रोसिस र सिरोसिसको स्टेजमा पुग्यो भने त यसको कुनै उपचार हुँदैन । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।
‘फ्याटी लिभरको अवस्था मात्र छ भने फाइब्रोसिस र सिरोसिसको अवस्थासम्म पुग्नबाट बचाउन सकिन्छ । यसको लागि खानपानमा विशेष ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्छ,’ डा. कश्यप भन्छन्, ‘कसैलाई लिभर फङसन टेस्ट गर्दा सामान्य आएन भने औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ ।’
ध्यान दिनुपर्ने कुरा
कलेजोमा बोसो जम्न नदिन चिल्लो र कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचापको समस्या भएकालाई यो समस्याले पनि सताउन सक्ने भएकाले उनीहरूले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।
फ्याटी लिभरको प्रारम्भिक चरणमा बिरामीमा कुनै लक्षण देखिंदैन । बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गर्दा फ्याटी लिभर भएको पाइएको छ । त्यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय-समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।


‘गृह मन्त्रालय हामीले शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले तपाईं पार्टी अध्यक्ष भएको हिसाबले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो, अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौं भन्ने थियो, त्यो नभएपछि हामी रहेनौं रवि लामिछाने भन्नुभयो।’



उनले आफूले पनि पुनः गृहमन्त्री बन्न चाहेको, तर सत्ता गठबन्धनमा स्वीकार्य नभएपछि सरकारबाट बाहिरिएको बताए । ‘हामीले गृह नै माग्नुको कारण छ । सरकारमा गइसकेपछि हामीले डेलिभेरी दिनुपर्ने हुन्छ । त्यो डेलिभेरी जहाँ हुन्छ, त्यहाँ जाने हो,’ उनले भने, ‘मैले नै नपाएका कारण सरकार छोडेको होइन ।
बारा / निजगढ
निजगढका लायन्स क्लबहरुले माघ ८ र ९ गते निजगढका विभिन्न वडाका अतिविपन्न परिवारमा सिरक वितरण गरेका छन ।
लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगगढ पिस, लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ निजगढ युथ, लायन्स क्लब अफ बारा ग्यालेक्सी र लायन्स क्लब अफ महागढीमाईले निजगढ नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ९, १० र १३ मा १ सय २६ थान सिरक संयुक्त रुपमा वितरण गरेको हो । लायन्स क्लबले यस अघि पनि विभिन्न विधामा रहेर सहयोगहरु गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउछन लायन्स क्लबका जोन चेयर पर्सन पवन श्रेष्ठ ।
सिरक वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा र सो वडाका वडा सदस्यहरुले विपन्न परिवारलाई सिरक सहयोग गरेकोमा लायन्स क्लब निजगढलाई धन्यवाद दिएका थिए ।
यसै बीच हिजो पनि लायन्स क्लब .निजगढले निजगढ नगरपालिकाको सिगौलका विपन्न परिवारमा ३० जनालाई सिरक वितरण गरेको थियो । क्लबले निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का अति विपन्न १०/१० गरी ३६ परिवारलाई हिजो न्यानो सिरक वितरण गरेको हो ।
सिरग वितरण कार्यक्रममा एडिस्नल क्याबिनेट ट्रेजर दीपेन्द्र श्रेष्ठ, एरिया कोर्डिनेटर होम प्रसाद न्यौपाने, डिस्ट्रिक चियर्स पर्सन खड्ग प्रसाद उप्रेती, जोन चियर्स पर्सन पवन श्रेष्ठ, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट अरुण सर्राफ , लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट विनोद घिमिरे, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट विष्णुगोपाल रिसाल, लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्ट जनक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । क्लबले यस अघि पनि हजारौँ थान विभिन्न प्रजातिका रुखका विरुवा र अतिविपन्न विद्यार्थिहरुलाई झोला वितरण , मेघा हेल्थ क्याम्प, महिला प्रजनन् स्वास्थ्य सम्बन्धी धेरै सामाजिक कार्यहरू गर्दै आएको छ ।
बारा /कोल्वि
चिसोबाट प्रभावित बाराका १०० भन्दा बढि गरिब तथा विपन्न समुदायका परिवारलाई शुक्रबार सिरक वितरण गरिएको छ ।
नुर स्मृति सेवा प्रतिष्ठान र ताण्डव रियल स्टेट प्रा.ली. द्वारा मुसहर समुदायका १०० भन्दा बढि गरिब तथा विपन्न परिवारलाई सिरक वितरण गरेको हो ।
पछिल्लो समयमा बढेको अत्यधिक जाडो बढेपछि कठ्यांग्रिएर जीवन धान्न बाध्य भएका विपन्न परिवारलाई सय भन्दा बढी परिवारलाई १/१ थानका दरले फाइबर सिरक प्रदान गरिएको हो । मध्य तराईमा केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा सो संस्थाले सिरक वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । बाराको कोहल्बि नगरपालिका वडा नं ९ स्थित मुसहर बस्तिमा मुसहर समुदायका १०० भन्दा बढी परिवारलाई सिरक वितरण गरिएको संस्थाका अध्यक्ष सहदेव राउतले जानकारी दिए । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको वडा अध्यक्षबाट तथ्याङ्क संकलन गरेर न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको उनले बताए ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।
सिरक बितरण कार्यक्रमको प्रमुख अतिथिमा कोहल्बि नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी, विशिष्ट अतिथिमा कोहल्बि नगरपालिकाका नगर उप-प्रमुख लक्ष्मीदेवि चौधरी, सभा अध्यक्षमा कोहल्बि नगरपालिका वडा नं ९का वडा अध्यक्ष दल बहादुर चौधरी , अतिथिमा कोहल्बि नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद कलवार,समाजसेवी भरतराज काफ्ले, नुर स्मृति सेवा प्रतिष्ठान र ताण्डव रियल स्टेट प्रा.ली.का संचालक सदस्य चरण सिंह क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन खडग प्रसाद उप्रेतीले गर्नु भएको थियो । संस्थाले आगामी दिनमा पनि गरिब तथा विपन्न समुदायका परिवारलाई पुन सहयोग गर्ने बताएको छ ।
एजेन्सी । जाडोमा मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । मनतातो पानीले निद्राबाट उठेपछिको सिथिल शरीरमा ऊर्जा दिने काम गर्छ । जसले गर्दा हामीलाई बिहानको नित्यकर्म गर्न सजिलो हुन्छ ।
जानौं न त मनतातो पानीका फाइदाहरु के कस्ता छन् :


- उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्व पिसाबसँगै बाहिर जान्छन् ।
- शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदी तपाईंले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या कम हुन्छ ।
- बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ ।
- घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
- तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पुर्याउँछ ।
- प्रायः महिला महिनाबारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो बेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा फाइदाजनक हुन्छ । यसले टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।
२३ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।



न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।
निर्वाचनमा सँगै रहेको वाम–लोकतान्त्रिक गठबन्धन सरकार निर्माणका बेलासम्म नटिकेपछि बागमतीमा पनि प्रदेश सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेको छैन । यसअघि पुरानै गठबन्धनबाट बागमतीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने लगभग पक्कापक्की थियो ।
देशकै ठूलो दल कांग्रेस सत्ताबाट एक दिनमै प्रतिपक्षको कित्तामा पुगेपछि बागमतीमा पनि सरकारको नेतृत्व गर्ने अवस्था रहेन । वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन ।
तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ । गठबन्धनभित्र भागवण्डा नटुंगिएकाले बागमतीमा कसले नेतृत्व गर्छ भन्ने अन्योलमै रहेको हो । प्रदेशमा सरकार बनाउन गठबन्धनका एमाले र माओवादीलाई राप्रपाको साथ अपरिहार्य छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक छ । तर, २७ सिटको एमाले र माओवादीको २१ सिट गरी कुल ४८ सिट हुन्छ । सरकार बनाउन एमाले र माओवालीलाई थप ८ सिट आवश्यक छ ।
एमाले र माओवादीले प्रदेशमा १३ सिट बोकेको राप्रपालाई छोडेर ७ सिटको नेकपा (एकीकृत समाजवादी)लाई साथमा लिए पनि सरकार बनाउन पुग्दैन । एमाले र माओवादीले एकीकृत समाजवादीले लिँदा पनि सरकार गठनमा थप १ सिट आवश्यक पर्छ । जसका लागि २–२ सिट भएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीमध्ये एउटालाई सरकारमा ल्याउनुपर्ने हुन्छ । तर, नेमकिपा र हाम्रो नेपाली पार्टी प्रतिपक्षमै बस्ने देखिएकाले साना दल मिलाउने सम्भावना न्यून छ ।
यसर्थ, वर्तमान गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादीलाई बागमतीमा सरकार बनाउन राप्रपाको बढी आवश्यकता छ । उता सरकारको नेतृत्व गर्ने मुखमा पुगेर फर्किएको कांग्रेसले पनि गठबन्धनको अन्तिम सहमतिलाई कुरेर बसेको छ । गठबन्धनमा भागवण्डा नमिल्नेबित्तिक्कै सरकारबाट राप्रपा बाहिरिएको स्थितिमा र कांग्रेसले राप्रपाको साथ पाएको अवस्थामा बागमतीमा नयाँ सरकार बन्न सक्छ । ३७ सिट रहेको कांग्रेससँग वर्तमान अवस्थामा नेकपा (एकीकृत समाजवादी)पनि साथमै रहेकाले यी दुई दलको कुल सिट ४४ हुन आउँछ ।


कांग्रेस र एकीकृत समाजवादीले राप्रपाको साथ पाए बागमतीमा ५७ सिटसहित बहुमत पुर्याएर सरकार बनाउन सक्ने देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी र राप्रपा मिले बागमतीमा साना दलको साथ पाएर पनि एमाले र माओवादीले सरकार बनाउन सक्दैनन् । जसका कारण बागमतीमा जता राप्रपा उतै सरकार बन्ने अंकगणित छ ।
सरकारमा एमाले, माओवादी केन्द्र र राप्रपा तीनवटै दलले दाबी गरेका छन् । सरकारको नेतृत्व गरेर प्रदेश खारेज गर्ने भनेको राप्रपाको दाबी भने रोचक छ । राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापाले हेटौँडा–१०, स्थित प्रदेशसभामा प्रदेश खारेजको मुद्दा बोकेर मुख्यमन्त्रीमा दाबी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा भनेका छन्, ‘हामी पहिला सरकार चलाउँछौँ । भित्रबाटै प्रदेश खारेजीको काम गर्छौं ।’ सरकारमै बसेर प्रदेश खारेजीको मुद्दा बोक्ने उनको भनाइ छ ।
एमालेबाट संसदीय दलको नेता जगन्नाथ थपलिया (जेएन) र माओवादी केन्द्रबाट दलको नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीका दाबेदार हुन् । थापासहित थपलिया र जम्मकट्टेल दुवैले सरकारमा नेतृत्वको दाबी गरिरहेका छन् ।
सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ।
साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।



सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ।
हेर्नुस् पूर्णपाठ:
न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा बिदा राख्नुपर्ने सर्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ।
पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्।
तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ।
राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।



संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएर विश्वासको मत लिन लागेका छन्। साथै विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी छ। प्रचण्डले गत पुस ११ मा शपथ लिँदै ८ जना मन्त्री नियुक्त गरेका थिए, अरू मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलमध्ये राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएका छैनन्।
नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट केही मन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले केही सर्त राखेका छन्- प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारमा सहभागीता हुनका लागि!
नागरिक उन्मुक्तिले पार्टीका सल्लाहकार रशेम चौधरीलाई जेलबाट छुटाउनुपर्ने र मुद्दा फिर्तालगायत माग राखेको छ। नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा ४ सांसद छन्।
यस्तै प्रतिनिधि सभामा १४ जना सांसद रहेको राप्रपाले पनि न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश भए सरकारमा जाने बताएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा बिदा दिनेलगायत राप्रपाले उठाएका माग समावेश भए सरकारमा पार्टी सहभागी हुने सेतोपाटीलाई बताए।
‘हामीले उठाउँदै आएका माग सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गर्यो भने पार्टी सरकारमा जान्छ। सरकारमा जाने स्थिति बनेमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा जान्छौं,’ उनले भने।
राप्रपाको केही समयअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश गरिए सरकारमा जाने र त्यो परिस्थितिमा पार्टीबाट अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने निर्णय गरेको थियो।
राप्रपाले सत्ता साझेदार दलका बैठकहरूमा कुरा उठ्दा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ। कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी रहेको श्रेष्ठ बताउँछन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । बढीमा तीन मन्त्रालय लिएर सरकारमा जाने तयारीमा पार्टी रहेको पार्टी उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ ।

“अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो,” स्रोतले भन्यो, “बढीमा तीन मन्त्रालयको दाबी हो । मन्त्रालय त कुन–कुन हो म भन्दिनँ । तर, विकास केन्द्रित मन्त्रालयको माग हाम्रो हो ।” पर्यटन मन्त्रालयमा राप्रपाको दाबी छ ।
राप्रपाले साझा न्यूतम कार्यक्रम आएपछि सत्तामा जाने निर्णय गरेको छ । कार्यक्रममा पृथ्वी जयन्तिमा बिदा दिनुपर्ने, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्ने लगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने उसको माग छ ।
अध्यक्ष लिङ्देनले साझा न्यूतम कार्यक्रम आएपछि मात्र सरकारमा जाने निर्णय हुने बताए । उनले आफ्ना एजेन्डा कार्यक्रममा सहभागी भएपछि कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जाने निर्णय हुने जानकारी दिए ।
“पहिला न्यूनतम साझा कार्यक्रम आउनुपर्यो । हाम्रो माग सम्बोधन भए पछि मात्र सरकारको विषय निर्णय गर्छौं” लिङ्देनले भने, “अहिले बाहिर आएको हल्ला जस्तो हामीले निर्णय गरिसकेका छैनौं ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पछि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरिसकेको छ ।